धर्मनाशकलाई कुर्सीबाट गलहत्याउ
नेपालबहस संवाददाता
जेठ ४, २०७७ आइतबार २३:३७:२४
यज्ञप्रसाद भट्टराई
नेपाल सनातन हिन्दू राष्ट्र हो । विश्वमा कैयन ईसाई, बौद्ध, जैन र मुस्लिम राज्यहरु भए झै नेपाल निर्विकल्प हिन्दू राज्य थियोे । नेपालमा रहेका करोडौ हिन्दूहरुको आस्थाको केन्द्र मात्र हैन विश्वमा रहेका तमाम हिन्दूहरुकोसमेत धरोहरको रुपमासमेत नेपाल रहेको थियो । विश्व मानचित्रमा नेपाललाई विश्वको एकमात्र हिन्दू राष्ट्रको रुपमा आम नेपालीहरुले लगायत विश्वका तमाम हिन्दु धर्मावलम्बिहरुले जोगाएर राखेको अस्मितामाथि नेपालमा भित्र्याईएका विदेशीका भाडाका टट्टुहरुले सांघातिक धार्मिक प्रहार गरेर नेपाललाई धर्म निरपेक्ष राष्ट बनाउन सफल भएको आजकै दिन अर्थात २०६३ साल जेष्ठ ४ गते नेपालको सनातन तथा बैदिक धार्मिक पहिचान गुमाएको दिनको रुपमा हेरिन्छ ।
आजकै दिन अर्थात जेष्ठ ४ गते नेपालमा उम्रिएका विदेशी धर्मका हात्तिबारहरुले हिन्दू धर्मलाई छेकारो हालेको दिन । हामी वीचबाट हाम्रै आँखा अगाडि हामीलाई नै दर्शक बनाएर हाम्रै धर्म लुटिएको दिन । हिन्दू धर्मका आस्थाका केन्द्र पशुपतिनाथमाथि धावा बोलिएको दिन । अझ भनौ विश्वमा रहेका तमाम हिन्दू धर्माबलम्बिहरुको चिरहरण भएको दिन । समग्रमा हिन्दू धर्मावलम्बिहरुले आजको दिनलाई कालो दिनको रुपमा मनाउदै आएका छन् ।
नेपाल यस्तो विविधतामा एकता भएको देश हो जहाँ विभिन्न प्रकारका धर्म मान्ने नेपालीहरु एक आपसमा अतिनै घुलमिल भएर मिलेर बस्ने गर्दछन् । यहि देशमा आदिम कालमा ऋषि, महर्षि तथा साधु शन्त मुनीहरुले साधना गरेका थिए । संसारमै सबैभन्दा पुरानो मानिएको सिंगो वेदको निर्माण भएको यस तपोभूमिलाई विदेशीका हलिहरुले कौडिको दाममा बेचिदिए ।
राजनैतिक दलहरुले आफ्ना दलका एजेण्डाहरु बोकेर राजनैतिक परिवर्तनका आन्दोलनहरु सञ्चालन गर्ने गर्दछन् । राजनैतिक बिचार र धार्मिक विचार फरक फरक चिजहरु हुन । धार्मिक अगुवा अथवा धार्मिक दार्शनिकहरुले या धार्मिक गुरुहरुले संसारमा कहिल्यै पनि राजनिति गर्दैनन् । राजनैतिक एजेण्डा धार्मिक बिचारधारामा अटाउदैन ।
धर्मको नाममा राजनिति गर्नेहरु राजनितिज्ञहरु हुदैनन् धार्मिक अभियन्ता, पथप्रदर्शक र सामाजिक अगुवाहरु हुन्छन् । तर नेपालको राजनैतिक ईतिहाँसमा २०६३ साल यस्तो अफाव सिद्ध बर्ष हुन पुग्यो जसले हाम्रो देशमा राजनैतिक परिवर्तनका आडमा सिंगो धार्मिक सहिष्णुतामा र नेपालीहरुको एकतामा पुरा हुन नसक्ने दरार सिर्जना गरेर गयो ।
नेपालमा धर्ममाथिको प्रहार २०४६ सालको राजनैतिक परिवर्तन पछि बिस्तारै शुरु हुन थालेको हो । केहि राजनैतिक संगठनहरुले आफ्नो राजनैतिक दर्शन र विचारधारा मात्र विदेशी ल्याएनन, धर्म संस्कार र सस्कृति पनि विदेशी भित्र्याउन सफल भए । हिन्दू धर्म माथिको निरन्तरको प्रहारबाट नै देशमा नेपाली नेपालीमा फुट र धार्मिक गुटको बिजारोपणसमेत गराउन सफल भए ।
विदेशीहरुको हरियो घाँसमा चर्न पल्किएका साँढेहरुका लागि आफ्नो ईमान, ईज्जत, धर्म, संस्कार र नेपाली संस्कृति बेच्न कुनै आईतबार कुर्नु परेन । नेपालको बिबिधतामासमेत एकता रहेको जातिय, बर्गिय, धार्मिक र सनातनी प्रथा तथा परम्पराहरुलाई एक पछि अर्को गर्दै यिनै राजनितिका गोठालाहरुले धरासायी बनाउदै लगे । जसलाई २०६३ सालको आजकै दिनले सिंगो नेपालीलाई एकताको माखेसांङ्गलोबाट चुडाएर आपस आपसमा धर्मको नाममा लडन र लडाउन सफल भयो ।
नेपालमा झण्डै सयभन्दा बढी जातजातिहरु रहेका छन् ।
उनिहरुका आ–आफ्नै धर्म छन्, संस्कार छन्, संस्कृतिहरु छन् । नेपाल यस्तो बिबिधतामा एकता भएको देश हो जहाँ बिभिन्न प्रकारका धर्म मान्ने नेपालीहरु एक आपसमा अतिनै घुलमिल भएर मिलेर बस्ने गर्दछन् । यहि देशमा आदिम कालमा ऋषि, महर्षि तथा साधु शन्त मुनीहरुले साधना गरेका थिए । संसारमै सबैभन्दा पुरानो मानिएको सिंगो वेदको निर्माण भएको यस तपोभूमिलाई विदेशीका हलिहरुले कौडिको दाममा बेचिदिए ।
राजनितिको छद्यभेषमा पसेर विदेशी धर्मको ब्यापार गर्न पल्किएकाहरुलाई देश लुटेर मात्र पुगेन । धर्म समेत बिक्री गरेर सिंगो नेपालीलाई विश्व सामू नाङ्गो र उधाङ्गो पारिदिए । धर्मले जोडेको नाता, धर्मले जोडेको संस्कार, धर्मले बचाएको एकता, संस्कार र संस्कृतिलाई केहि नसपिसाचहरुले नेपालीको रगतमा होली खेलेर मात्र अघाएनन् । हिन्दू धर्मलाईसमेत टुकुचामा लगेर बगाईदिए ।
नेपाल मात्र यस्तो देश हो जहाँ राजनैतिक दलको आवरण भित्र आफ्नो सनातन धर्मलाई समेत तिलाञ्जली दिन्छन् । राजनैतिक दलको निर्देशनमा धार्मिक सम्पदा भत्काउँछन् । विदेशीको पैसाका लागि आफ्नै आमाको छातिमा बलात लात हान्छन् । यसले सिंगो नेपालीहरुलाई भिन्न भिन्न रंगमा परिवर्तन गराई फुटाउ र राज गर भन्ने शिद्धान्त लागू गर्छन् ।
जनताको मत या अभिमत भन्दामाथि उठेर लिईएका यस्ता राजनैतिक निर्णयहरुले कालान्तरमा देशको अस्तित्व समाप्त हुने निश्चित छ । जाबो देशको दश गज जमिन विदेशीबाट फिर्ता ल्याउन नसक्ने नेपालका राजनैतिक दलहरुबाट सिंगो मुलुकको अस्मिता जोगिन्छ भन्ने के ग्यारेन्टी ??
नेपालमा हिन्दू मात्रै बसोबास गर्दैनन् । यहाँ शिख, ईसाई, बौद्ध, जैन लगायतका धार्मिक ब्यक्तिहरुको बसोबास छ । हिन्दू धर्मले कुनै पनि धर्म मान्नेलाई कसैलाई पनि काखा र पाखा गर्दैन । तर देशलाई धर्म निरपेक्षतमा लगेर हिन्दू धर्म सिध्याउने पश्चिमा रणनितिले भने अहिले देशमा ज्यादै ठूलो धार्मिक खाडल निर्माण भएको छ । जसलाई पुर्ति गर्न नेपाललाई अझै दशकौं लाग्न सक्छ ।
यहाँ बुद्ध, जैन, मुस्लिम, उधौलि, उभौली, छैट, साकेला लगायतका चाडपर्वहरुलाई राष्ट्रिय पर्वको रुपमा मनाईन्छ । जुन नेपालमै सदियौंदेखि मानिदै आएका धर्म र संस्कारहरु हुन जुन अझै हजारौ बर्षसम्म निरन्तर रुपमा मानिने छन् । तर क्रिस्श्चियनहरुको ठाँडो हस्तक्षेप र नाङ्गगो दादागिरी आम नेपालीलाई किमार्थ पाच्य हुँदैन । त्यसैले आजकै दिन सम्पूर्ण नेपालीले फेरि एक पटक प्रण गर्न जरुरी छ । हिन्दू धर्म लगायतका हाम्रा स्वदेशी धर्म, संस्कार र संस्कृतिको जगेर्ना गर्दै आयातित धर्मलाई प्रतिस्थापित गर्न अब फेरि सम्पूर्ण नेपालीहरु एक भएर अगाडि बढन जरुरी छ ।
पहाडको टुप्पोमा बस्ने हिन्दू र पहाडको फेदिमा बस्ने बुद्धिस्टहरुको एकता, लिम्बुवान र खम्बुवान अति किराँत र मगरातको एकता, जातजाति वीचको आपसी भाईचारालाईसमेत धार्मिक निरपेक्षताले निमिट्यान्न पारिदिएको छ । यसको प्रमूख कारक भनेकै विदेशीको ईसारामा नेपालमा राजनिति गर्ने राजनैतिक दलहरु बाहेक अरु कोहि होईनन् भन्न सकिन्छ ।
नेपाललाई हिन्दू राष्ट्र बनाउन र सबै नेपालीहरुको एकता कायम गर्न आजकै दिन फेरि एक पटक सबै नेपालीले एउटा अति नै महत्वपूर्ण प्रण गर्न जरुरी छ । देशलाई विदेशीको चंगुलबाट बाहिर ल्याउदैं होलीवाईनका डफेदारहरुलाई अब देशको राज्यसत्ता सञ्चालकहरुको कुर्सीबाट गलहत्याउनु आवश्यक भैसकेको छ । राजनितिले जनताको धार्मिक आस्थामा प्रहार गर्नु हुँदैन । आफ्ना राजनैतिक गतिबिधिहरु सञ्चालन गर्ने निहुमा देशलाई धार्मिक द्वन्दमा पार्ने कार्यबाट जोगाउन अब जरुरी भैसकेको छ ।
नेपाल यस्तो देश हो जहाँ जन्मनेदेखि मृत्यू पर्यन्त हिन्दू धर्म र संस्कार अनुसार कार्य गरिन्छ । अझै पनि दशैलाई राष्ट्रिय पर्वको रुपमा सार्वजनिक रुपमा बिदा दिने प्रचलन छ । यहाँ बुद्ध, जैन, मुस्लिम, उधौलि, उभौली, छैट, साकेला लगायतका चाडपर्वहरुलाई राष्ट्रिय पर्वको रुपमा मनाईन्छ । जुन नेपालमै सदियौंदेखि मानिदै आएका धर्म र संस्कारहरु हुन जुन अझै हजारौ बर्षसम्म निरन्तर रुपमा मानिने छन् । तर क्रिस्श्चियनहरुको ठाँडो हस्तक्षेप र नाङ्गगो दादागिरी आम नेपालीलाई किमार्थ पाच्य हुँदैन ।
त्यसैले आजकै दिन सम्पूर्ण नेपालीले फेरि एक पटक प्रण गर्न जरुरी छ । हिन्दू धर्म लगायतका हाम्रा स्वदेशी धर्म, संस्कार र संस्कृतिको जगेर्ना गर्दै आयातित धर्मलाई प्रतिस्थापित गर्न अब फेरि सम्पूर्ण नेपालीहरु एक भएर अगाडि बढन जरुरी छ । यसले बर्तमानमा केहि आर्थिक उपार्जनका सहुलियत गरेजस्तो देखिए पनि कालान्तरमा सिंगो हिन्दु धर्म लगायतका अन्य हाम्रा देशका धर्म, संस्कार र संस्कृतिहरुलाई भदौंको भेलले झै बढारेर लैजादैन भन्न सक्ने के ग्यारेन्टि ???
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसाना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
पुष २२, २०८१ सोमबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
लस एन्जलसको भयानक डढेँलोबाट बालाबाल बचिन् बलिउड अभिनेत्री नोरा फतेही
पुष २६, २०८१ शुक्रबार
अमेरिकाको भर्जिनियामा कार हिउँमा चिप्लिदा २ नेपालीको मृत्यु
पुष २६, २०८१ शुक्रबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
‘निजामती विधेयकमा ट्रेड युनियन खारेज होइन, व्यवस्थित गरौँ’
पुष २६, २०८१ शुक्रबार
हलेसीमा रैथाने बाली प्रवर्द्धन कार्यक्रम : पाँच मुरीभन्दा बढी बदाम फलाउनेलाई प्रोत्साहन
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
२५ दिनमा ८ सय २२ फरार प्रतिवादी पक्राउ
पुष २६, २०८१ शुक्रबार