सडक हिलाम्य भएपछि गाउँगाउँबीच सम्पर्क विच्छेद
नेपालबहस संवाददाता
असार १५, २०७७ सोमबार २१:४४:५२
१५ असार, वीरगञ्ज । मनसुन सक्रिय भएपछि परेको वर्षाका कारण पर्साको ग्रामीण भेगका सडक हिलाम्य भएपछि एक गाउँदेखि अर्को गाउँबीच सडक सम्पर्क विच्छेद भएको छ । वर्षामा हुने असारे विकासको कारण पश्चिमी पर्साको थरुहट, पोखरीय लङ्गडी, हुलाकीखण्डलगायतका सडकमा माटो खसालेकाले एक वडाबाट अर्को वडासम्म्को सम्पर्क विच्छेद भएको, सडक जीर्ण तथा हिलाम्य रहेकोले यस्तो अवस्था आएको ठोरी गाउँपालिकाका वीरबहादुर श्रेष्ठले राससलाई बताए ।
सडक डिभिजन कार्यालय तथा ठेकेदारको लापरवाहीले वर्षा याममा ती सडकमा माटो खसालेपछि बिग्रेका कच्ची सडकमा साना सवारीसाधन जान नसकेकोले वडा वडाबीच सम्पर्क विच्छेद भएको छ । पर्साकै छिपहरमाई गाउँपालिका, धोविनी, सखुवा प्रसौनी, पटेर्वा सुगौली, जगरनाथपुर, जिराभावानीलगायतका गाउँपालिकामा सडक बिग्रेकाले स्थानीयवासी एक वडाबाट अर्को वडासम्म जान सक्ने अवस्था नरहेको स्थानीय किसान विजय पण्डितको गुनासो छ ।
सदरमुकाम वीरगञ्जलाई पर्साको ग्रामीण क्षेत्रसम्म जोड्ने वैकल्पिक मार्गको रुपमा रहेको जनता सडक पनि जीर्ण तथा हिलाम्य भएपछि पटेर्वासुगौलीको सुगौली देउकी तथा धर्मपुर गाउँको पनि अवस्था यस्तै रहेको स्थानीयवासीको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलायन्स र निजी क्षेत्रबीच सहकार्य हुन्छ : अध्यक्ष ढकाल
मंसिर १, २०८१ शनिबार
छठका लागि जनकपुरमा पाँच करोडको केरा आयात
कात्तिक १९, २०८१ सोमबार
विदेशमा सिकेको ज्ञान र सीप मातृभूमिको उन्नयनमा उपयोग गर्न आग्रह
कात्तिक ११, २०८१ आइतबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
माओवादी, रास्वपा र स्वतन्त्र गरी ६ जना उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
मंसिर १४, २०८१ शुक्रबार
महाराजगञ्जलगायतका स्थानमा आज बिजुली काटिने
मंसिर १५, २०८१ शनिबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर १५, २०८१ शनिबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १५, २०८१ शनिबार
उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपात हुने, पर्वतारोहणमा जानेहरुलाई सतर्कता अपनाउन आग्रह
मंसिर १५, २०८१ शनिबार
एनपिएलको पहिलो संस्करण आजबाट सुरू, उद्घाटन खेलमा विराटनगर र जनकपुर खेल्दै
मंसिर १५, २०८१ शनिबार
भारतको आर्थिक वृद्धिदर सेप्टेम्बरमा ५.४ प्रतिशतमा झर्यो
मंसिर १४, २०८१ शुक्रबार