कालीगण्डकी करिडोरको बागलुङ खण्डमा ठाउँठाउँमा पहिरो
नेपालबहस संवाददाता
साउन १, २०७७ बिहिबार १९:३३:२६
बागलुङ । नेपाली सेनाले १० मिटर चौडा गरेर सात महिनाअघि सडक विभागको जिम्मा लगाएको कालीगण्डकी करिडोरको सडकखण्ड बर्खा लागेसँगै प्रयोगमा आउन छोडेको छ । वर्षाले ठाउँ–ठाउँमा पहिरो झरेपछि करिडोरको मालढुङ्गा–बलेवा विमानस्थल खण्ड अवरुद्ध भएको हो ।
सडकमा पहिरा खसेको दुई साता बितिसक्दासमेत सरोकारवालाले पहिरो पन्छाउन बेवास्ता गर्दा सडक अवरुद्ध भएको स्थानीयले बताए । करिडोर अवरुद्ध हुँदा सदरमुकाम बागलुङ बजारबाट जिल्लाको दक्षिणी क्षेत्रमा चल्ने सवारी सधान प्रभावित भएका छन् । लकडाउनका कारण सार्वजनिक सवारीसाधन पर्याप्त नचलेको भए पनि निजी तथा अत्यावश्यक बस्तु तथा सेवाको आपूर्ति गर्ने सवारी प्रभावित भएका हुन् । करिडोरको यो खण्ड नेपाली सेनाले सडक विभागको करिडोर आयोजना कार्यालयलाई बुझाएको निर्माण कार्यदलका प्रमुख रेश्मीराज भट्टराईले बताए ।
गत वर्षको वर्षा याममा समेत कयौँ पहिरोहरुको सामना गरेको यो खण्डलाई नेपाली सेनाले बेला–बेलामा मर्मत गरेर सहज बनाउँदै आएको थियो । करिडोर आयोजना कार्यालयमा हस्तान्तरण भएपछि खसेका पहिरो हप्तौसम्म पन्छाउने काम नभएको स्थानीय भवानी शर्मा बताउछन् । आयोजनाको कार्यालय पाल्पामा रहेकाले बागलुङमा सडक अवरुद्ध भएको विषयमा हल्ला मात्रै पाल्पा पुग्ने गरेको छ ।
सकड विभागको करिडोर आयोजनालाई हस्तान्तरण भएकाले उक्त खण्डमा खसेका पहिरो पन्छाउने र सडक खुलाउने जिम्मेवारी आयोजनाकै भएको बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले बताए । “यो ठूलो आयोजना हो, भूभाग हाम्रोमा परेपनि काम आयोजना कार्यालयको हो”, पौडेलले भने, “विकल्प नै नभएको भए एउटा कुरा हुन्थ्यो, हामीले अरु वैकल्पिक सडक निरन्तर चलाएर सवारी आवतजावत गरेका छन् ।” वर्षामा गएको पहिरो पन्छाउँदा थप जोखिम व्यहोर्नुपर्ने भएकाले बर्षा रोकिएपछि मात्रै सडक सफाई गर्ने करिडोर आयोजना कार्यालय पाल्पाले जनाएको छ ।
“विकल्पै नभए एक मिनेट रोकिँदैन तर विकल्प प्रशस्तै छन्, किन जोखिम मोल्नु’ आयोजना कार्यालय पाल्पाका डिभिजन इञ्जिनीयर नगेन्द्र सुवेदीले भने, “वर्षा रोकियो भने हामीले पहिरो पन्छाउँछौँ ।” बागलुङ–कुश्मीशेरा–बरेङ शान्तिपुर सडक कालोपत्रेको काम चलिरहेकाले करिडोरको वैकल्पिक सडक मानिएको उक्त खण्ड बेला–बेलामा अवरुद्ध हुने गरेको छ । सवारी चालक बाबुराम शर्माले भने, “लामो बाटो र पहिराको सास्तीले १ घण्टाको यात्रा चार घण्टामा पुगेको छ ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपक्रेन लगाएर कन्टेनर हटाइयो, पूर्वपश्चिम राजमार्ग सुचारु
मंसिर १३, २०८१ बिहिबार
गलकोट–ताराखोला–म्याग्दी सडक स्तरोन्नतिसँगै धमाधम कालोपत्र
मंसिर १३, २०८१ बिहिबार
मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड धमाधम कालोपत्र हुँदै
मंसिर १२, २०८१ बुधबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
माओवादी, रास्वपा र स्वतन्त्र गरी ६ जना उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
मंसिर १४, २०८१ शुक्रबार
एनपिएलको पहिलो संस्करण आजबाट सुरू हुँदै
मंसिर १५, २०८१ शनिबार
भारतको आर्थिक वृद्धिदर सेप्टेम्बरमा ५.४ प्रतिशतमा झर्यो
मंसिर १४, २०८१ शुक्रबार
शृङ्खलाबद्ध चोरी/डकैतीमा संलग्न गिरोह पक्राउ
मंसिर १४, २०८१ शुक्रबार
नेपाली क्रिकेटरसँग खेल्न उत्साहित छु : शिखर धवन
मंसिर १४, २०८१ शुक्रबार
सहायक निरीक्षकले आफैँलाई गोली प्रहार गरे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार