१६ किलोमा चट्टान फोर्दै पहिरो पन्छाउँदै
नेपालबहस संवाददाता
साउन ७, २०७७ बुधबार १८:१७:२१
७ साउन, काठमाडौं । नारायणगढ–मुग्लिन सडक खण्ड अन्तर्गत १६ किलोमा चट्टान फोरेर पहिरो पन्छाउन थालिएको छ । भरतपुर महानगरपालिका–२९ को बालुवा पुल नजिकै मङ्गलबार राति ठूला चट्टानसहितको पहिरो खसेपछि आज बिहान १० बजेबाट चट्टान फोरेर पहिरो पन्छाउन थालिएको हो ।
डिभिजन सडक कार्यालय भरतपुरका ईञ्जिनीयर विजय दराईका अनुसार चट्टान फोर्नुपर्ने भएपछि एक्साभेटरमा ब्रेकर राखेर फोर्न थालिएको छ । नारायणगढ तर्फको भागमा एक्साभेटरले बिहान १० बजेबाट ढुङ्गा फोर्न शुरु गरेको हो । मुग्लिन तर्फबाट बिहान ९ बजेबाट लोडरले पहिरो पन्छाउन थालेको छ ।
पहिरोले सडकको झण्डै १५० मिटर भाग ढाकेको छ । दराईले भन्नुभयो “माथि २५० मिटर जतिबाट पहाडै खसेको छ ।” करिब पाँच घण्टामा पहिरो पन्छाउन सकिने अनुमान गरिएको उनले जानकारी दिए । अर्को एउटा एक्साभेटर पनि खोजी गरिएको दराईको भनाइ छ । साना ढुङ्गा, गिट्टी, बालुवा सहजै पन्छाउन सकिने भए पनि ठूला ढुङ्गालाई ब्रेकरले फोरेर पन्छाउनुपर्ने हुन्छ।
सो सडकको चार किलोमा सोमबार बिहान खसेको पहिरो पन्छाएर मङ्गलबार दिउँसो ४ः३० बजे सडक एकतर्फी खोलिएको थियो । त्यसै राति ८ः४५ बजे १६ किलोमा ठूला चट्टानसहित पहिरो खसेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबगरफाँट–भकिम्ली सडक: ‘ट्याक’ खुलेको १७ वर्षपछि स्तरोन्नति
मंसिर १५, २०८१ शनिबार
क्रेन लगाएर कन्टेनर हटाइयो, पूर्वपश्चिम राजमार्ग सुचारु
मंसिर १३, २०८१ बिहिबार
गलकोट–ताराखोला–म्याग्दी सडक स्तरोन्नतिसँगै धमाधम कालोपत्र
मंसिर १३, २०८१ बिहिबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
माओवादी, रास्वपा र स्वतन्त्र गरी ६ जना उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
मंसिर १४, २०८१ शुक्रबार
अल्लु अर्जुनको फिल्म ‘पुष्पा २’ रिलिज अगावै अमेरिकामा बनायो रेकर्ड
मंसिर १५, २०८१ शनिबार
चिया बगानमा विस्फोटक पदार्थ राखेको आरोपमा दुई जना पक्राउ
मंसिर १५, २०८१ शनिबार
परराष्ट्रमन्त्री डा राणा आज स्वदेश फर्कदै
मंसिर १५, २०८१ शनिबार
जासुसी गरेको भन्दै चीनले पठायो पत्रकारलाइ ७ बर्षको जेल सजाय
मंसिर १५, २०८१ शनिबार
बगरफाँट–भकिम्ली सडक: ‘ट्याक’ खुलेको १७ वर्षपछि स्तरोन्नति
मंसिर १५, २०८१ शनिबार