वर्षाले सडक भासिएपछि आवतजावत ठप्प
नेपालबहस संवाददाता
साउन ७, २०७७ बुधबार २०:३०:१४
७ साउन, सिन्धुपाल्चोक । अविरल वर्षाले सडक भासिएपछि अरनिको राजमार्गमा आवतजावत प्रभावित भएको छ । बलेफी–५ मा सडक भासिएपछि आवागमन प्रभावित भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।
सडक भासिएका ठाउँमा ठूला सवारी साधन ओहोरदोहोर गर्न सक्ने अवस्था छैन । साना सवारी साधन एकतर्फी रुपमा मात्रै पास गराइएको छ । सडक भासिएपछि सिन्धुपाल्चोक, दोलखा र रामेछाप आवतजावत प्रभावित भएको छ । अहिले स्थानीय तहको सहयोगमा सडक पुनःसञ्चालन गर्ने प्रयास भइरहेको प्रनाउ काफ्लेले बताए ।
यस्तै अविरल वर्षापछि आएको बाढीपहिराले अरनिको राजमार्गको जुरेदेखि तातोपानीसम्मको सडकखण्ड कटान गरेपछि तत्कालै मर्मत गरेर सडक चलाउन भनिए पनि सडक कार्यालयले प्रभावकारी रुपमा काम नगर्दा समस्या भएको छ । सडक कार्यालय चरीकोटले सडक मर्मत गर्नका लागि एउटा स्काभेटर ल्याएर काम गरे पनि बिग्रिएपछि समस्या भएको बाह्रबीसे नगरपालिकाका प्रमुख निमफुञ्जो शेर्पाले जानकारी दिए।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबगरफाँट–भकिम्ली सडक: ‘ट्याक’ खुलेको १७ वर्षपछि स्तरोन्नति
मंसिर १५, २०८१ शनिबार
क्रेन लगाएर कन्टेनर हटाइयो, पूर्वपश्चिम राजमार्ग सुचारु
मंसिर १३, २०८१ बिहिबार
गलकोट–ताराखोला–म्याग्दी सडक स्तरोन्नतिसँगै धमाधम कालोपत्र
मंसिर १३, २०८१ बिहिबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
माओवादी, रास्वपा र स्वतन्त्र गरी ६ जना उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
मंसिर १४, २०८१ शुक्रबार
अल्लु अर्जुनको फिल्म ‘पुष्पा २’ रिलिज अगावै अमेरिकामा बनायो रेकर्ड
मंसिर १५, २०८१ शनिबार
चिया बगानमा विस्फोटक पदार्थ राखेको आरोपमा दुई जना पक्राउ
मंसिर १५, २०८१ शनिबार
परराष्ट्रमन्त्री डा राणा आज स्वदेश फर्कदै
मंसिर १५, २०८१ शनिबार
जासुसी गरेको भन्दै चीनले पठायो पत्रकारलाइ ७ बर्षको जेल सजाय
मंसिर १५, २०८१ शनिबार
बगरफाँट–भकिम्ली सडक: ‘ट्याक’ खुलेको १७ वर्षपछि स्तरोन्नति
मंसिर १५, २०८१ शनिबार