दोब्बर भाडा लिएपनि कोरोनामा यात्रु खचाखच !
नेपालबहस संवाददाता
साउन ७, २०७७ बिहिबार १:५१:४७
७ साउन, काठमाडौं । यातायात व्यवस्था विभागले सार्वजनिक यातायातमा सिट क्षमताभन्दा आधा कम मात्र यात्रु राख्न पाउने नियम बनाए पनि राजधानीको काँठ क्षेत्रमा लागू् हुन सकेको छैन । चार महिना लामो बन्दाबन्दी मङ्गलबार अन्त्य भएपछि धेरै मानिस बाहिर निस्कन थालेका छन् ।
सुन्दरीजलबाट रत्नपार्क चल्ने बा ३ ख ६२३ नम्बरको सार्वजनिक यातायातले जोरपाटीसम्म यात्रु उभ्याएर ल्याएको यात्रु सुरेन्द्र श्रेष्ठले बताए । सिट क्षमताभन्दा आधा कम मात्र यात्रु चढाउने नियम सरकारले लगाएको छ भनी सम्झाउँदा मानिस जान खोज्छन् भन्ने जवाफ परिचालकले दिएको उनले बताए ।
चक्रपथभित्र फाट्टफुट्ट मात्र चलेका सार्वजनिक सवारीमा नियमअनुसार नै यात्रु बसेका छन् । राजधानीकै काँठ क्षेत्रका नगरपालिकामा फाट्टफुट्ट चलेका सवारीले यात्रु ओसार्दा सिट क्षमताको आधामात्र यात्रु राख्ने नियमको ट्राफिक प्रहरीले अनुगमन गरेको छैन । चक्रपथभित्र बाहिर सिट भरिएपछि पनि यात्रु कुरेर चालकले समय बिताउँछन् । ट्राफिक प्रहरीले अनुगमन गर्ने भनिए पनि सबैतिर हुन सकेको छैन ।
महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथका प्रवक्ता वामदेव गौतम काँठ क्षेत्रमा कम जनशक्ति भएका कारण अनुगमन हुन नसकेको स्वीकार्छन् । “टोखामा पाँच, बूढानीलकण्ठमा चार जनामात्र ट्राफिक प्रहरी छन्, यसअघि मुख्य शहरमै ट्राफिक प्रहरी केन्द्रित गरिएकामा आजदेखि सार्वजनिक यातायातमा सामाजिक दूरी अनुगमन टोली मोटरसाइकलमा खटाइएको छ”, उनले भने ।
यस्तो टोली, साँखु, गोकर्ण, भैँसेपाटीलगायत उपत्यकाका काँठ क्षेत्रमा पठाइएको हो । अनुगमनका क्रममा सिट क्षमताको आधाभन्दा बढी यात्रु राखेको पाइएमा तत्काल सार्वजनिक सवारीलाई नियन्त्रणमा राख्ने आदेश दिइएको महाशाखाले जनाएको छ ।
अनुगमनका क्रममा मङ्गलबार उपत्यकामा १८ सार्वजनिक यातायात र २७७ निजी सवारीलाई नियन्त्रणमा लिइएको प्रवक्ता गौतमले सुनाए । समातिएका सवारीलाई दिनभर नियन्त्रणमा लिएर बेलुकी ८ बजे भोलिपल्टदेखि दूरी कायम गरेर यात्रु चढाउने शर्तमा छोड्ने गरेको महाशाखाले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलायन्स र निजी क्षेत्रबीच सहकार्य हुन्छ : अध्यक्ष ढकाल
मंसिर १, २०८१ शनिबार
छठका लागि जनकपुरमा पाँच करोडको केरा आयात
कात्तिक १९, २०८१ सोमबार
विदेशमा सिकेको ज्ञान र सीप मातृभूमिको उन्नयनमा उपयोग गर्न आग्रह
कात्तिक ११, २०८१ आइतबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
माओवादी, रास्वपा र स्वतन्त्र गरी ६ जना उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
मंसिर १४, २०८१ शुक्रबार
बगरफाँट–भकिम्ली सडक: ‘ट्याक’ खुलेको १७ वर्षपछि स्तरोन्नति
मंसिर १५, २०८१ शनिबार
स्वास्थ्य बीमा भएका वडामा निःशुल्क भिडियो एक्सरे सेवा
मंसिर १५, २०८१ शनिबार
व्यापार घाटा तीन खर्ब ५२ अर्ब ३७ करोड
मंसिर १५, २०८१ शनिबार
भारतमा सबैभन्दा बढी कर तिर्ने पाँच सेलेब्रेटी, साउथ हिरो पनि परे
मंसिर १५, २०८१ शनिबार
महाराजगञ्जलगायतका स्थानमा आज बिजुली काटिने
मंसिर १५, २०८१ शनिबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर १५, २०८१ शनिबार