‘नन् सेड्युल’ उडान सञ्चालन गर्न वायुसेवा सञ्चालकको अनुरोध
नेपालबहस संवाददाता
साउन ९, २०७७ शनिबार ०:२५:४५
९ साउन, काठमाडौं । वायुसेवा सञ्चालकको छाता सङ्गठन वायुसेवा सञ्चालक सङ्घ नेपालले प्राकृतिक प्रकोपको अवस्थालाई मध्यनजर गरी ‘नन् सेड्युल’ उडान सञ्चालन अनुमति प्रदान गर्न सरकार समक्ष अनुरोध गरेको छ ।
सङ्घका अध्यक्ष क्या रामेश्वर थापाले आज एक विज्ञप्ति जारी गर्दै मौजुदा प्राकृतिक प्रकोपको अवस्थामा हवाई सेवाले राहत पु¥याउन सक्ने अवस्था रहेकाले सरकारबाट स्वीकृत हवाई भाडाको सीमाभित्र रही आवश्यकताअनुसार उडान सञ्चालनको अनुमति प्रदानका लागि अनुरोध गरेका हुन् ।
हालको अविरल वर्षाका कारण प्रायःजसो सबै राजमार्ग तथा लोकमार्गमा बाढी र पहिराले क्षतिग्रस्त भएकाले लामो दूरीका यातायात अति कष्टकर भएको भन्दै सङ्घले बाढी पहिराका कारण तुरुन्त राहत पु¥याउन एवं आवतजावत गर्न सम्भव नहुने भएकाले आन्तरिक उडान सञ्चालनले राहत पुग्ने जनाएको छ ।
आन्तरिक वायुसेवा कम्पनीले स्वास्थ्य मन्त्रालय तथा नेपाल नागरिक उड्डयन प्राधिकरणको कोभिड–१९ को निर्देशिकाअनुसार उडान सञ्चालनका लागि सम्पूर्ण तयारी गरी सकिएको र उडान सञ्चालनको ड्रिल गरी सकेको सङ्घलले उल्लेख गरेको छ । यसबाट भदौ १ देखि शुरु हुने नियमित उडान सञ्चालनको तयारीको आँकलन गर्न वायुसेवा कम्पनी तथा नियामक निकायलाई अवसर प्राप्त हुने उल्लेख गरेको छ ।
सरकारले भदौ १ गतेदेखि आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने निर्णय गरेको थियो । बन्दाबन्दीका कारण झण्डै पाँच महिनापछि हुने उडानको तयारीका लागि एयरलाइन्सले सुरक्षित उडानको तयारी गरिरहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलायन्स र निजी क्षेत्रबीच सहकार्य हुन्छ : अध्यक्ष ढकाल
मंसिर १, २०८१ शनिबार
छठका लागि जनकपुरमा पाँच करोडको केरा आयात
कात्तिक १९, २०८१ सोमबार
विदेशमा सिकेको ज्ञान र सीप मातृभूमिको उन्नयनमा उपयोग गर्न आग्रह
कात्तिक ११, २०८१ आइतबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
माओवादी, रास्वपा र स्वतन्त्र गरी ६ जना उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
मंसिर १४, २०८१ शुक्रबार
बगरफाँट–भकिम्ली सडक: ‘ट्याक’ खुलेको १७ वर्षपछि स्तरोन्नति
मंसिर १५, २०८१ शनिबार
स्वास्थ्य बीमा भएका वडामा निःशुल्क भिडियो एक्सरे सेवा
मंसिर १५, २०८१ शनिबार
व्यापार घाटा तीन खर्ब ५२ अर्ब ३७ करोड
मंसिर १५, २०८१ शनिबार
भारतमा सबैभन्दा बढी कर तिर्ने पाँच सेलेब्रेटी, साउथ हिरो पनि परे
मंसिर १५, २०८१ शनिबार
महाराजगञ्जलगायतका स्थानमा आज बिजुली काटिने
मंसिर १५, २०८१ शनिबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर १५, २०८१ शनिबार