तनहुँको दमौली–डुम्रे सडक सञ्चालनमा
नेपालबहस संवाददाता
साउन ९, २०७७ शनिबार ०:३१:४२
९ साउन, तनहुँ । बिहीबार रातिदेखि अवरुद्ध रहेको पृथ्वी राजमार्गअन्तर्गत तनहुँको दमौली–डुम्रे सडकखण्डमा आज दिउँसोदेखि साना सवारीसाधन सञ्चालनमा आएको छ । बन्दीपुर गाउँपालिका–१ नाहालामा सडक भासिएपछि निर्माण गरिएको वैकल्पिक मार्गमा फसेका सवारीसाधन निकालेपछि साना सवारीसाधन आवतजावत हुन थालेको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख रेशम रानाभाटले सडक अवरुद्ध भएपछि रोकिएका साना सवारीसाधनलाई गन्तव्यतर्फ पठाउन शुरु गरिएको जानकारी दिए । “वैकल्पिक मार्ग हिलाम्य भएकाले ठूला सवारीसाधन फसेर बाटो अवरुद्ध भएको थियो, त्यसलाई हटाएपछि अहिले साना सवारीसाधन सञ्चालनमा आएको छ”, उनले भने, “ठूला सवारीसाधन अझै सञ्चालन हुनसक्ने अवस्था छैन ।”
सो मार्ग मर्मत गर्नका लागि आज र भोलि ठूला मालवाहक गाडी सञ्चालनमा रोक लगाइएको छ । सो ठाउँमा एक ठाउँबाट जाने र अर्को ठाउँबाट आउन मिल्ने गरी सडक मर्मतको काम शुरु गरिएको छ । प्रहरीका अनुसार आँबुखैरेनीतर्फबाट आउने र दमौलीतर्फ जाने ठूला मालवाहक गाडीलाई प्रवेशमा रोक लगाइएको छ ।
निरन्तर परेको वर्षाका कारण मङ्गलबार सडक नै भासिएपछि सवारी सञ्चालनमा कठिनाइ हुँदै आएको छ । बन्दीपुर गाउँपालिका–१ का वडाध्यक्ष भानुभक्त पोख्रेलले सडक भासिएर वैकल्पिक मार्ग बनाइए पनि वैकल्पिक मार्गमै सवारी फस्न थालेपछि सडक अवरुद्ध हुन थालेको जानकारी दिए । “वैकल्पिक मार्गलाई बलियो नबनाएसम्म सवारीसाधन सञ्चालनमा समस्या आउने भयो”, उनले भने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबगरफाँट–भकिम्ली सडक: ‘ट्याक’ खुलेको १७ वर्षपछि स्तरोन्नति
मंसिर १५, २०८१ शनिबार
क्रेन लगाएर कन्टेनर हटाइयो, पूर्वपश्चिम राजमार्ग सुचारु
मंसिर १३, २०८१ बिहिबार
गलकोट–ताराखोला–म्याग्दी सडक स्तरोन्नतिसँगै धमाधम कालोपत्र
मंसिर १३, २०८१ बिहिबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
माओवादी, रास्वपा र स्वतन्त्र गरी ६ जना उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
मंसिर १४, २०८१ शुक्रबार
अल्लु अर्जुनको फिल्म ‘पुष्पा २’ रिलिज अगावै अमेरिकामा बनायो रेकर्ड
मंसिर १५, २०८१ शनिबार
चिया बगानमा विस्फोटक पदार्थ राखेको आरोपमा दुई जना पक्राउ
मंसिर १५, २०८१ शनिबार
परराष्ट्रमन्त्री डा राणा आज स्वदेश फर्कदै
मंसिर १५, २०८१ शनिबार
जासुसी गरेको भन्दै चीनले पठायो पत्रकारलाइ ७ बर्षको जेल सजाय
मंसिर १५, २०८१ शनिबार
बगरफाँट–भकिम्ली सडक: ‘ट्याक’ खुलेको १७ वर्षपछि स्तरोन्नति
मंसिर १५, २०८१ शनिबार