सवारी नचल्दा बाढीपहिरो प्रभावितलाई खाद्यान्न अभाव
नेपालबहस संवाददाता
साउन ११, २०७७ आइतबार १७:२२:५९
११ साउन, सिन्धुपाल्चोक । बाढीपहिरो प्रभावितहरु खाद्यान्न अभावको चपेटामा पर्न थालेका छन् । बाह्रबिसेदेखि तातोपानी नाकासम्मको २६ किलोमिटर क्षेत्रका विभिन्न स्थानमा नदीले सडक कटान गरेपछि सवारी नचल्दा खाद्यान्न अभाव भोग्नुपरेको प्रभावितले गुनासो गरेका छन् ।
गत असार २५ गते बाढीले पुल बगाएपछि बाह्रबिसे नगरपालिकाको जम्बु, खागदलसहित भोटेकोशी गाउँपालिकाको चाकु, हिन्दी र लिपिङका स्थानीयवासी समस्यामा परेका छन् । सडकले बाह्रबिसे र भोटेकोशी जोड्न नसक्दा खोलाको जोखिम मोलेर स्थानीयवासी खाद्यान्न जोहो गर्न घण्टौँ पैदल हिँड्नुपर्ने बाध्यता रहेको स्थानीयवासीले बताएका छन् । यस्तै बाह्रबिसे नगरपालिकाको मानेश्वारा र भोटेकोशी गाउँपालिकाका पाँचवटै वडा खाद्यान्न अभाव भएको जनाइएको छ ।
धान निकै कम मात्रमा उत्पादन हुने यस क्षेत्रका स्थानीयवासी पानी धेरै परेर बाटो भत्किएपछि खाद्यान्न ढुवानीमा असहज हुँदा पीडित प्रशासन र स्थानीय सरकारको भर पर्नुपरेको छ । छिमेकी मुलुक चीनसँगको साझेदारीमा ४० मेट्रिक टन खाद्यान्न बाढीपीडितका लागि आउने प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालको भनाइ छ । “चीनको न्यालाम जिल्लासँग कुरा भएको छ, एक साताभित्रै टेण्ट र खाद्यान्न आउँछ”, उनले भने ।
राजमार्गमा सडक भासिने क्रम बढ्यो
राजधानी जोड्ने अरनिको राजमार्गमा पर्ने कोठे–बलेफी खण्डको कोठेभिरमा सडक २०० मिटर भासिएको छ । भिरमा वर्षौँदेखि एकतर्फी मात्रै ट्र्याक थियो । त्यही ट्र्याक पनि नदीले कटान गरेपछि भासिएको हो । यस्तै बाह्रबिसेनजिकै महभिरमा पनि नदीले सडक कटान गरेको छ । केही दिनदेखि सो खण्डमा दैनिकरूपमा सडक भासिन थालेको थियो । त्यस्तै जुरे पहिरो भएको क्षेत्रमा पनि सडकलाई सुनकोशी नदीले कटान गरेको छ भने माथिबाट लेदोले सडक ढाकेको छ ।
सडक जोगाउन नदीबाट लगाउनुपर्ने मेसेरेनरी पर्खाल, प्लम्ब ढलान, जाली गाह्रोजस्ता संरचना गुणस्तरहीन भएपछि नदीले सडक कटान गर्ने र भासिदै जाने क्रम देखिएको हो । सडक डिभिजन कार्यालय चरिकोटका प्रमुख विजयकुमार महतोले नदीमा बाढी आएपछि सडक कटान गर्ने र भासिने गरेको बताए । राजमार्ग अवरुद्ध हुन नदिन चौबिसै घण्टा डोजर तैनाथ गरेर काम गर्दै आएको उनले जानकारी दिए ।
क्यान्सरपीडितलाई सहयोग
लामो समयदेखि क्यान्सरले थलिनुभएकी वलेफी–६ माङ्खाकी नानु तामाङको उपचारमा सहयोग जुटेको छ । नेपाल हस्पिटल एण्ड क्यान्सर रिसर्च सेन्टरमा उपचाररत नानुको उपचारमा कुपकन्या कृषि सहकारीका अध्यक्ष तेजबहादुर पराजुली र माङ्खा–काठमाडौँ सम्पर्क समाजका अध्यक्ष कृष्ण कोपिलाले रु एक लाख चार हजार सहयोग हस्तान्तरण गरेको हो । सिन्धुपाल्चोक–दक्षिण कोरिया समाजका तर्फबाट वेदनाथ आचार्यमार्फत रु ५२ हजार र बाँकी दुवै संस्थासम्बद्व सदस्यबाट आर्थिक सङ्कलन भएको हो ।
“गत वर्ष पेटमा ट्युमर पलायो, त्यसको शल्यक्रिया पनि भयो अब त ठीक हुन्छ भन्नेमा थिएँ, तर पछि आएर थाहा भो आन्द्रामा क्यान्सर भएछ ।” उपचाररत नानुले पीडा पोख्दै भने, “एक वर्ष निरन्तर उपचार गर्दा सात लाख जति सकियो । अब उपचार गर्न सक्ने अवस्था थिएन । सहयोग पाएको रकमले उपचार गर्छु ।”
विपन्न नागरिकलाई गम्भीर प्रकृतिको रोगको उपचारवापतको सहुलियतमा उपचार गराउँदै रहेको परिवार स्रोतले जनाएको छ । उपचारमा अझै रकम अपुग हुने परिवारले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबगरफाँट–भकिम्ली सडक: ‘ट्याक’ खुलेको १७ वर्षपछि स्तरोन्नति
मंसिर १५, २०८१ शनिबार
क्रेन लगाएर कन्टेनर हटाइयो, पूर्वपश्चिम राजमार्ग सुचारु
मंसिर १३, २०८१ बिहिबार
गलकोट–ताराखोला–म्याग्दी सडक स्तरोन्नतिसँगै धमाधम कालोपत्र
मंसिर १३, २०८१ बिहिबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
माओवादी, रास्वपा र स्वतन्त्र गरी ६ जना उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
मंसिर १४, २०८१ शुक्रबार
बगरफाँट–भकिम्ली सडक: ‘ट्याक’ खुलेको १७ वर्षपछि स्तरोन्नति
मंसिर १५, २०८१ शनिबार
स्वास्थ्य बीमा भएका वडामा निःशुल्क भिडियो एक्सरे सेवा
मंसिर १५, २०८१ शनिबार
व्यापार घाटा तीन खर्ब ५२ अर्ब ३७ करोड
मंसिर १५, २०८१ शनिबार
भारतमा सबैभन्दा बढी कर तिर्ने पाँच सेलेब्रेटी, साउथ हिरो पनि परे
मंसिर १५, २०८१ शनिबार
महाराजगञ्जलगायतका स्थानमा आज बिजुली काटिने
मंसिर १५, २०८१ शनिबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर १५, २०८१ शनिबार