स्वास्थ्य सुरक्षा अपनाएर लामो दूरीका सवारी सञ्चालन गर्न कार्यदलको आग्रह
नेपालबहस संवाददाता
साउन १२, २०७७ मंगलबार २:५:४६
१२ साउन, काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ र मजदुर सङ्गठन सम्मिलित कार्यदलले स्वास्थ्य सुरक्षा अपनाएर लामो दूरीका सवारी साधन सञ्चालनको वातावरण मिलाउन सरकारलाई आग्रह गरेको छ ।
कार्यदलले आज संयुक्त विज्ञप्ति जारी गरी जिल्ला–जिल्लामा सवारी साधन सञ्चालन गर्दा एक जिल्लाबाट अर्को जिल्लामा जाने यात्रुले धेरै दुःख भोग्नुपरेको भन्दै स्वास्थ्य सुरक्षा अपनाएर लामो दूरीका सवारी साधन सञ्चालनको वातावरण मिलाउन सरकारलाई आग्रह गरेको हो ।
“एक जिल्लाबाट अर्को जिल्लामा जाँदा झिटिगुन्टा, बालबच्चा बोकेर घामपानी नभनी हिँडिरहेका छन्, वृद्धवृद्धा र बालबच्चाको अवस्था पीडादायी हुँदै गएको छ, यसरी हिँड्दा कोरोनाको सङ्क्रमण दरसमेत बढ्न जाने देखिन्छ, त्यसैले स्वास्थ्य सुरक्षा अपनाएर सार्वजनिक यातायात निर्वाध ढङ्गले चल्न दिन आग्रह गर्दछौँ”, कार्यदलद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
कार्यदलले सवारी तथा यातायात व्यवस्था ऐन २०४९ अनुसार लामो, मध्यम, छोटो र स्थानीय रुटमा सार्वजनिक सवारी साधन सञ्चालन गर्ने वैधानिक प्रावधान भएकाले सोही बमोजिम लामो दूरीमा सार्वजनिक सवारी साधन सञ्चालनको वातावरण मिलाउनुपर्ने बताएको हो । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले निजी सवारी साधनले चर्को भाडा लिएर यात्रु ओसारेको भन्दै भाडाका सार्वजनिक सवारी साधन स्वास्थ्य सुरक्षा अपनाएर सञ्चालन गर्न दिन आग्रह गरे ।
कोभिड–१९ को सङ्क्रमणका कारण बन्द भएको यातायात सहज रुपमा सञ्चालनका लागि सरकारसँग आवश्यक छलफल गरी समस्यालाई समाधान गर्नका लागि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्य र तीनवटै मजदुर सङ्गठनका अध्यक्षसमेत रहेको कार्यदल गठन गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलायन्स र निजी क्षेत्रबीच सहकार्य हुन्छ : अध्यक्ष ढकाल
मंसिर १, २०८१ शनिबार
छठका लागि जनकपुरमा पाँच करोडको केरा आयात
कात्तिक १९, २०८१ सोमबार
विदेशमा सिकेको ज्ञान र सीप मातृभूमिको उन्नयनमा उपयोग गर्न आग्रह
कात्तिक ११, २०८१ आइतबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
माओवादी, रास्वपा र स्वतन्त्र गरी ६ जना उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
मंसिर १४, २०८१ शुक्रबार
अल्लु अर्जुनको फिल्म ‘पुष्पा २’ रिलिज अगावै अमेरिकामा बनायो रेकर्ड
मंसिर १५, २०८१ शनिबार
चिया बगानमा विस्फोटक पदार्थ राखेको आरोपमा दुई जना पक्राउ
मंसिर १५, २०८१ शनिबार
परराष्ट्रमन्त्री डा राणा आज स्वदेश फर्कदै
मंसिर १५, २०८१ शनिबार
जासुसी गरेको भन्दै चीनले पठायो पत्रकारलाइ ७ बर्षको जेल सजाय
मंसिर १५, २०८१ शनिबार
बगरफाँट–भकिम्ली सडक: ‘ट्याक’ खुलेको १७ वर्षपछि स्तरोन्नति
मंसिर १५, २०८१ शनिबार