कामपाका विद्यालयमा अनिवार्य स्थानीय पाठ्यक्रम
नेपालबहस संवाददाता
साउन १३, २०७७ मंगलबार २१:१५:२७
१३ साउन, काठमाडौं । महानगरपालिकाले सबै संस्थागत र सामुदायिक विद्यालयमा अनिवार्य रुपमा १०० पूर्णाङ्कको स्थानीय पाठ्यक्रम लागू गर्ने भएको छ । कामपाले पहिलोपटक पहिचान र संस्कृतिबारे जानकारी दिने उद्देश्यले स्थानीय विषयको पाठ्यक्रम तयार पारी लागू गर्न लागेको हो ।
कामपा क्षेत्रभित्र रहेका सबै संस्थागत र सामुदायिक विद्यालयमा अनिवार्य रुपमा लागू गर्ने गरी कक्षा १ देखि ८ सम्म पठनपाठन गराउनका लागि स्थानीय विषयको पाठ्यक्रम तयार गरिएको छ । हाल कामपामा ९२ सामुदायिक विद्यालय र संस्थागत विद्यालय ६४० छन् ।
कामपामा मानिने चाडपर्व, संस्कार संस्कृति, सीप कौशल, व्यवसाय, नैतिक शिक्षा, भौगोलिक, स्वास्थ्य र सरसफाइ, रहनसहन, व्यक्तित्व परिचय, भाषा र लिपी जस्ता विषयबारे परिचित गराउने उद्देश्यले यस्तो पाठ्यक्रम तयार पारिएको कामपाले जनाएको छ । ‘पाठ्यक्रम नेपाल भाषाको माध्यमबाट पठनपाठन गरिने छ,’ पाठ्यक्रम तयार गर्न कामपाले गठन गरेको पाठ्यक्रम समितिका संयोजक डा चुन्दा बज्राचार्यले भने, “कक्षा १ देखि ८ सम्म पठनपाठन गराउन कामपाले नेपाल भाषाबाट तयार गरेको पाठ्यक्रम शिक्षा समितिबाट पारित गर्ने चरणमा छ । पाठ्यक्रम पारित हुनेबित्तिकै त्यसैको आधारमा पाठ्यपुस्तक पनि तयार हुनेछ ।”
‘यःमरी, मरुहिटी, क्वहिटी, थँहिटी आदि जस्ता रैथाने शब्द अरु भाषामा बुझाउन सकिँदैन, ती कुरालाई बुझ्न सकून् भन्ने उद्देश्यले त्यस्ता स्थानको अवलोकन भ्रमणसहित स्थानीय भाषामै पढाउने निर्णय भएको हो,’ डा बज्राचार्यले बताए । कामपा शहरी योजना आयोगका सदस्य गुजेश्वरी श्रेष्ठले यो विषय भाषाभन्दा पनि काठमाडौँको परिचयमा केन्द्रित रहेको बताए । कामपाका शिक्षा विभागका शाखा अधिकृत मोती भट्टराई काठमाडौँको कला, संस्कृति, सम्पदा संरक्षण गर्ने उद्देश्यले यो पाठ्यक्रम ल्याएको बताउछन् । कामपाको सातौँ नगरसभाले स्थानीय पाठ्यक्रमअन्तर्गत स्थानीय महत्वका विषयबारे कामपालाई परिचित गराउने उद्देश्यले स्थानीय भाषाबाटै पठनपाठन गर्ने निर्णय गरी तयार परिएको समितिको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलुम्बिनी बौद्ध विश्वविद्यालयको तेस्रो दीक्षान्त हुँदै
मंसिर ११, २०८१ मंगलबार
बीएण्डसीमा एमबीबीएस पठनपाठनको तयारी
मंसिर ९, २०८१ आइतबार
त्रिविले स्नातक तहका प्रश्नपत्र नेपाली र अंग्रेजी भाषामा सोध्ने
कात्तिक ६, २०८१ मंगलबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
माओवादी, रास्वपा र स्वतन्त्र गरी ६ जना उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
मंसिर १४, २०८१ शुक्रबार
अल्लु अर्जुनको फिल्म ‘पुष्पा २’ रिलिज अगावै अमेरिकामा बनायो रेकर्ड
मंसिर १५, २०८१ शनिबार
चिया बगानमा विस्फोटक पदार्थ राखेको आरोपमा दुई जना पक्राउ
मंसिर १५, २०८१ शनिबार
परराष्ट्रमन्त्री डा राणा आज स्वदेश फर्कदै
मंसिर १५, २०८१ शनिबार
जासुसी गरेको भन्दै चीनले पठायो पत्रकारलाइ ७ बर्षको जेल सजाय
मंसिर १५, २०८१ शनिबार
बगरफाँट–भकिम्ली सडक: ‘ट्याक’ खुलेको १७ वर्षपछि स्तरोन्नति
मंसिर १५, २०८१ शनिबार