१४ दिनपछि खुल्यो बेँसीशहर–चामे सडक
नेपालबहस संवाददाता
साउन १७, २०७७ आइतबार ४:९:५
१७ साउन, लमजुङ । अविरल वर्षाले पहिरो जाँदा करिब दुई सातादेखि अवरुद्ध बेँसीशहर–चामे सडक सञ्चालनमा आएको छ । करिव ६५ किलोमिटरको लमजुङ–मनाङ जोड्ने सोे सडकखण्डअन्तर्गत विभिन्न स्थानमा गएको पहिरो पन्छाएसँगै सडक सञ्चालनमा आएको हो ।
यही साउन ४ गते पहिरो जाँदा यस सडकखण्डअन्तर्गत लमजुङ बेँसीशहर नगरपालिकाको खरखरे भीर, पुवाखोला, मस्र्याङ्दी गाउँपालिकाको रामबजार, घोप्टेभिर, स्यागे, च्याम्चे, त्यस्तै मनाङको नासों गाउँपालिकाको म्यार्दी र तालडाँडालगायतका स्थानमा गएको पहिरोले सडक अवरुद्ध बनाउँदै आएको थियो ।
यीमध्ये केही पहिरो केही दिनमा हटाए पनि पहिरो हटाउन समय लागेको लमजुङतर्फको मस्र्याङ्दी गाउँपालिकामा पर्ने च्याम्चे र मनाङको नासों गाउँपालिकास्थित म्यार्दी र तालडाँडाको पहिरो हटाएसँगै यतिबेला सडक सञ्चालनमा आएको सडक डिभिजन कार्यालय दमौलीका सवइञ्जीनियर सुमन अधिकारीले जानकारी दिए।
यस सडकखण्डको म्यार्दी र तालडाँडामा गएको पहिरो कार्यालयको एक्साभेक्टरले पन्छाउन नसकेपछि चामे र नासों गाउँपालिकाले संयुक्तरूपमा आठवटा ब्लास्टिङ गरेर सो स्थानमा पहिरो हटाउन सफल भएको उनको भनाइ छ । यसबाहेकका अन्य पहिरो भने एक्साभेक्टरको माध्यमबाट करिब दुई सातादेखिको लगातारको प्रयासबाट हटाउन सफल भएको कार्यालयले जनाएको छ ।
बेँसीशहर–चामे सडकमा करिब दुई साताबाट सवारी सञ्चालन हुन नसक्दा यात्रु निकै मर्कामा पर्दै आएका थिए । खाद्यान्नदेखि विभिन्न निर्माण सामग्रीका सवारी साधन सञ्चालनमा आएका छन् । सडकमा पहिरो हटे पनि समस्या भने हट्न सकेको छैन । वर्षायाम भएकाले विभिन्न बेलामा आएको बाढीपहिरोले सडक जीर्ण बनाएको छ । यस सडकको दर्जनौँ स्थानमा जोखिम कायमै छ ।
सडक साँघुरो हुनुका साथै विभिन्न स्थानमा सडक भत्किएको तथा सानासाना पहिरो गइरहेका छन् । सडकमा यात्रा भने सहज भइसकेको छैन । यस सडकमा अहिलेको मात्र समस्या नभई वर्षौँदेखिको समस्या हो ।
हिमाली जिल्ला मनाङलाई सडक सञ्जालसँग जोड्ने सरकारको योजनाअनुरुप सडक डिभिजन कार्यालले विसं २०५१ बाट सडक निर्माण गरेको थियो । विविध कारणले विसं २०५७ मा तत्कालीन नेपाली सेनाले निर्माणको जिम्मा लियो ।
सेनाले यस सडक विसं २०६९ मा निर्माण सम्पन्न गर्दै सडक डिभिजन कार्यालयलाई हस्तान्तरण गरेको थियो । सडक सञ्चालनमा आएयता वर्षेनी बर्खायाममा पटकपटक सवारी साधन अवरुद्ध हुँदै आएको छ ।
यस सडकमा मस्र्याङ्दी नदीमाथि ३०० देखि एक हजार मिटरमाथि हुँदै सवारी साधन सञ्चालन हुन्छ । वर्षेनी सरकारले करोडौँ रकम खर्च गर्दै आए पनि सडकको गुणस्तर भने हालसम्म पनि हुन नसक्दा जोखिमपूर्ण यात्र गर्न यात्रुहरु बाध्य हुँदै आएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलायन्स र निजी क्षेत्रबीच सहकार्य हुन्छ : अध्यक्ष ढकाल
मंसिर १, २०८१ शनिबार
छठका लागि जनकपुरमा पाँच करोडको केरा आयात
कात्तिक १९, २०८१ सोमबार
विदेशमा सिकेको ज्ञान र सीप मातृभूमिको उन्नयनमा उपयोग गर्न आग्रह
कात्तिक ११, २०८१ आइतबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
माओवादी, रास्वपा र स्वतन्त्र गरी ६ जना उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
मंसिर १४, २०८१ शुक्रबार
अल्लु अर्जुनको फिल्म ‘पुष्पा २’ रिलिज अगावै अमेरिकामा बनायो रेकर्ड
मंसिर १५, २०८१ शनिबार
चिया बगानमा विस्फोटक पदार्थ राखेको आरोपमा दुई जना पक्राउ
मंसिर १५, २०८१ शनिबार
परराष्ट्रमन्त्री डा राणा आज स्वदेश फर्कदै
मंसिर १५, २०८१ शनिबार
जासुसी गरेको भन्दै चीनले पठायो पत्रकारलाइ ७ बर्षको जेल सजाय
मंसिर १५, २०८१ शनिबार
बगरफाँट–भकिम्ली सडक: ‘ट्याक’ खुलेको १७ वर्षपछि स्तरोन्नति
मंसिर १५, २०८१ शनिबार