भीमफेदी–कुलेखानी सडक खुल्यो
नेपालबहस संवाददाता
साउन २२, २०७७ शुक्रबार ०:३१:२४
२२ साउन, काठमाडौं । भीमफेदी–कुलेखानी सडकखण्डमा पर्ने इन्द्रसरोवर गाउँपालिका–२ फाखेलको सल्लेरी र सुकौरामा गएको पहिरो हटाइ आज अपराह्नदेखि काठमाडौं हेटौँडातर्फको फाखेल सडकखण्डमा यातायात सेवा पुनः सञ्चालनमा ल्याइएको स्थानीय फाखेल प्रहरी चौकीले जनाएको छ ।
बुधबार दिउँसो आएको अविरल वर्षाका कारण गएको पहिराले स्थानीय सल्लेरी र सुकौरा सडकमा ७–८ ठाउँमा पहिरो जाँदा भीमफेदी–कुलेखानी हुँदै काठमाडौँ जानेतर्फको यातायात सेवा आज बिहानैदेखि अवरुद्ध भएको थियो ।
काठमाडौँको बल्खुबाट हेटौँडातर्फ आइरहेको सयौँ सवारी साधन पहिरो पन्छाइएपछि कुलेखानी हुँदै काठमाडौँ र काठमाडौँबाट कुलेखानी हुँदै हेटौँडातर्फ यातायात सेवा सञ्चालनमा रहेको पनि भीमफेदी इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुरेन्द्र श्रेष्ठले बताए ।
यसैगरी, त्रिभुवन राजपथको नौविसे सडकखण्डदेखि हेटौँडासम्मको सडकखण्डमा अहिले दैनिक यातायात सेवा सञ्चालमा रहिरहेको र काठमाडौँ उपत्यकाको लागि आवश्यक इन्धन, खाद्यान्न, निर्माण सामग्री, लत्ताकपडा र औषधि आपूर्तिको लागि वीरगञ्जबाट काठमाडौँतर्फ दैनिक यातायात सेवा सञ्चालित भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता इन्द्रबहादुर रानाले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलायन्स र निजी क्षेत्रबीच सहकार्य हुन्छ : अध्यक्ष ढकाल
मंसिर १, २०८१ शनिबार
छठका लागि जनकपुरमा पाँच करोडको केरा आयात
कात्तिक १९, २०८१ सोमबार
विदेशमा सिकेको ज्ञान र सीप मातृभूमिको उन्नयनमा उपयोग गर्न आग्रह
कात्तिक ११, २०८१ आइतबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
माओवादी, रास्वपा र स्वतन्त्र गरी ६ जना उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
मंसिर १४, २०८१ शुक्रबार
अल्लु अर्जुनको फिल्म ‘पुष्पा २’ रिलिज अगावै अमेरिकामा बनायो रेकर्ड
मंसिर १५, २०८१ शनिबार
चिया बगानमा विस्फोटक पदार्थ राखेको आरोपमा दुई जना पक्राउ
मंसिर १५, २०८१ शनिबार
परराष्ट्रमन्त्री डा राणा आज स्वदेश फर्कदै
मंसिर १५, २०८१ शनिबार
जासुसी गरेको भन्दै चीनले पठायो पत्रकारलाइ ७ बर्षको जेल सजाय
मंसिर १५, २०८१ शनिबार
बगरफाँट–भकिम्ली सडक: ‘ट्याक’ खुलेको १७ वर्षपछि स्तरोन्नति
मंसिर १५, २०८१ शनिबार