मातृभाषालाई जीवन्त राख्न पाठशाला सञ्चालन
नेपालबहस संवाददाता
साउन २३, २०७७ शुक्रबार १३:५३:४५
२३ साउन, तनहुँ । तनहुँको बन्दीपुर गाउँपालिकाले मातृभाषालाई जीवन्त राख्न संरक्षण शुरु गरेकोे छ । मातृभाषा बोल्न नजान्ने नयाँ युवापुस्तका लागि मातृभाषा पाठशाला सञ्चालन गर्न लागेको हो । भाषा संरक्षण एवं संवद्र्धन गर्ने उद्देश्यले मातृभाषा पाठशाला सञ्चालन गर्न लागिएको गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले जानकारी दिए।
मातृ भाषा बोल्न नजान्न्नेलाई लक्षित गरी गाउँपालिकाले पहिलोपटक पाठशाला सञ्चालन गर्न लागेको हो । यसका लागि गाउँपालिकाले रु तीन लाख बजेट विनियोजन गरिसकेको छ । उनले भने, “लोप हुँदै जान थालेको आदिवासी जनजातिका भाषा संरक्षणमा थप सहयोग पुग्ने विश्वास गरिएको छ ।”
पाठशालामा भाषा सिक्न इच्छुक हुने अन्य गैरजातिलाई पनि समावेश गर्न सकिने गरी व्यवस्था मिलाइको छ । विशेषगरी गुरुङ, मगर तथा नेवार समुदायको बाहुल्यता रहेको बन्दीपुरमा आदिवासी जनजातिको भाषा संरक्षणमा सहयोग पु¥याउने उद्देश्य रहेको गाउँपालिकाले जनाएको छ ।
जनजातिको बाक्लो बस्ती रहेको यस गाउँपालिकामा आफ्नो मातृभाषा बोल्न नजान्ने हुँदा भाषा मर्दै गएकाले त्यसको संरक्षण गर्न मातृभाषा कार्यक्रमलाई प्राथामिकतामा राखेर सञ्चालन गर्न लागेको हो । बन्दीपुरमा गुरुङ, मगर, नेवारलगायतका विभिन्न जनजातिको बाहुल्यता रहेको छ । उनले भने, “यहाँका पुराना पिँढीले आ–आफ्नो भाषा बोल्ने गरे पनि नयाँपुस्ताले पश्चिमेली संस्कृतिको सिको गर्दै जाँदा भाषा लोप हुने देखिएकाले संरक्षण गर्न खोजिएको हो ।”
नयाँ युवापिँढीलाई आफ्नो संस्कार र संस्कृतिका बारेमा ज्ञान दिने उद्देश्यले मातृभाषा पाठशाला कार्यक्रम सञ्चालनमा ल्याउन खोजिएको हो । उनले भने, “कोभिड–१९ को अवस्थालाई मध्यनजर गर्दै सहज स्थिति बनेपछि सञ्चालन गरिने छ ।” मातृभाषा पाठशाला शुरु गर्ने तयारी गरिरहे पनि देशमा भएको विषम परिस्थितिका कारण तत्कालै सञ्चालनमा ल्याउन नसकिएको हो । आफ्नो भाषाप्रतिको मोह बढाउन र संस्कृतिको जगेर्ना गर्न गाउँपालिकाले नयाँ उपाय अवलम्बन गरेको गाउँपालिका कार्यालयले जनाएको छ ।
लोप हुन लागेको संस्कृतिलाई जीवन्त राख्न गाउँपालिकाले मातृभाषालाई संरक्षण गर्न प्राथमिकतामा राखेको प्रमुख प्रशासकीय अधिकृत नरहरि सापकोटाले जानकारी दिए । विभिन्न जनजातिको कक्षा सञ्चालन गरी भाषा संरक्षणका बारेमा जानकारी गराइने छ ।
भाषा संरक्षण र त्यसको जगेर्नाका लागि चलनचल्तीको भाषा बोल्न लगाइने छ । उनले भने, “नेवार, गुरुङ, मगर जातिलाई छुट्टाछुट्टै राखेर भाषा प्रशिक्षणको व्यवस्था गरिने छ ।” उक्त मातृभाषा सिक्नका लागि आउने सङ्ख्या भने यकिन नगरिएको गाउँपालिकाले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलुम्बिनी बौद्ध विश्वविद्यालयको तेस्रो दीक्षान्त हुँदै
मंसिर ११, २०८१ मंगलबार
बीएण्डसीमा एमबीबीएस पठनपाठनको तयारी
मंसिर ९, २०८१ आइतबार
त्रिविले स्नातक तहका प्रश्नपत्र नेपाली र अंग्रेजी भाषामा सोध्ने
कात्तिक ६, २०८१ मंगलबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
माओवादी, रास्वपा र स्वतन्त्र गरी ६ जना उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
मंसिर १४, २०८१ शुक्रबार
अल्लु अर्जुनको फिल्म ‘पुष्पा २’ रिलिज अगावै अमेरिकामा बनायो रेकर्ड
मंसिर १५, २०८१ शनिबार
चिया बगानमा विस्फोटक पदार्थ राखेको आरोपमा दुई जना पक्राउ
मंसिर १५, २०८१ शनिबार
परराष्ट्रमन्त्री डा राणा आज स्वदेश फर्कदै
मंसिर १५, २०८१ शनिबार
जासुसी गरेको भन्दै चीनले पठायो पत्रकारलाइ ७ बर्षको जेल सजाय
मंसिर १५, २०८१ शनिबार
बगरफाँट–भकिम्ली सडक: ‘ट्याक’ खुलेको १७ वर्षपछि स्तरोन्नति
मंसिर १५, २०८१ शनिबार