शिक्षाशास्त्र हटाइएकोप्रति आपत्ति जनाउँदै विद्यार्थीहरुद्वारा विन्ध्यवासिनीलाई ज्ञापनपत्र
नेपालबहस संवाददाता
साउन २५, २०७७ आइतबार २१:०:४४
२५ साउन, कास्की । पोखरा महानगरपालिका वडा नम्बर १६ स्थित बाटुलेचौरमा रहेको विन्ध्यवासिनी माविमा शिक्षाशास्त्र विषय हटाइएकोप्रति आपत्ति जनाउँदै संयुक्त विद्यार्थी संगठन समूहले विद्यालयलाई ज्ञापनपत्र बुझाएका छन।
पटकपटक विद्यालयमा उपस्थित भएर मौखिक रुपमा असहमति जनाएपनि विज्ञान विषय सञ्चालनको नाममा शिक्षा विषय हटाइएपछि उक्त विवाद सिर्जना भएको विद्यार्थी सुदिक्षा बानियाँले जानकारी दिइन्।
विद्यालय व्यवस्थापन समितिका सदस्य यदुनाथ बन्जराको संयोजकत्वमा बनेको विषय छनौट समितिले प्रतिवेदन विद्यालय व्यवस्थापन समितिलाई बुझाइएपछि शिक्षा विषय हटाउने निर्णय गरिएको विद्यालयका प्रअ कृष्णप्रसाद आचार्यको भनाई छ।
विज्ञान विषय सञ्चालनमा पुर्ण साथ रहेपनि शिक्षाशास्त्र हटाउने निर्णयको विरुद्ध बारम्बार असहति प्रकट गरेपनि बेवास्ता गरेको हुदाँ बाध्य भएर ज्ञापनपत्र बुझाएको विद्यार्थी देव घर्ती मगरले बताए।
विद्यार्थीको मागप्रति अबपनि विद्यालय जिम्मेवार बनी निर्णय सच्चाउन तर्फ नलागे चरणबद्ध आन्दोलनमा जाने र विद्यार्थी आन्दोलनबाट सिर्जित सम्पुर्ण परिस्थितिको जिम्मेवारी विद्यालय प्रशासनले व्यहोर्नुपर्ने चेतावनी विद्यार्थी विराज मानन्धरले दिएका छन्।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलुम्बिनी बौद्ध विश्वविद्यालयको तेस्रो दीक्षान्त हुँदै
मंसिर ११, २०८१ मंगलबार
बीएण्डसीमा एमबीबीएस पठनपाठनको तयारी
मंसिर ९, २०८१ आइतबार
त्रिविले स्नातक तहका प्रश्नपत्र नेपाली र अंग्रेजी भाषामा सोध्ने
कात्तिक ६, २०८१ मंगलबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
माओवादी, रास्वपा र स्वतन्त्र गरी ६ जना उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
मंसिर १४, २०८१ शुक्रबार
अल्लु अर्जुनको फिल्म ‘पुष्पा २’ रिलिज अगावै अमेरिकामा बनायो रेकर्ड
मंसिर १५, २०८१ शनिबार
चिया बगानमा विस्फोटक पदार्थ राखेको आरोपमा दुई जना पक्राउ
मंसिर १५, २०८१ शनिबार
परराष्ट्रमन्त्री डा राणा आज स्वदेश फर्कदै
मंसिर १५, २०८१ शनिबार
जासुसी गरेको भन्दै चीनले पठायो पत्रकारलाइ ७ बर्षको जेल सजाय
मंसिर १५, २०८१ शनिबार
बगरफाँट–भकिम्ली सडक: ‘ट्याक’ खुलेको १७ वर्षपछि स्तरोन्नति
मंसिर १५, २०८१ शनिबार