बजेट सकियो, सडक छैन : स्थानीय आक्रोशित
नेपालबहस संवाददाता
साउन २५, २०७७ आइतबार २३:३:५५
२५ साउन, स्याङ्जा । स्याङ्जाको वालिङ १० मदिखोला देभीभञ्याङे, गौमुख पकवादी हुदै चापाकोट सडक असारमा निर्माण भएर सम्पन्न नहुदै जिर्ण बनेको छ । गण्डकी प्रदेश सरकारले ५० लाखमा खर्चेर निर्माण गरिएको सडक एक महिना नहुदै भत्किएर जिर्ण बनेपछि स्थानीय आक्रोशित बनेका छन् ।
न सडक न बजेट भन्दै सडक उपभोग गर्ने स्थानीयहरु आक्रोशित बनेका हुन् । १५ बर्षदेखि निरन्तर १२ महिना यातायात सुचारु भएको सडकको स्तरोन्नती गर्ने नाममा निर्माण गर्दा भत्किएर जिर्ण अवस्थामा पुगेको छ । वालिङ १० मोदिखोलाबाट ३ स्थानीय पालिकाका वासिन्दा आवातजावत गर्ने सडक अविरल बर्षाका कारण भत्किएर जिर्ण बनेपछि यहाँका स्थानीय वासिन्दा आक्रोशित बनेका हुन् ।
५० लाखमा ७ सय मिटर सडकको स्तरोन्नती गर्न गण्डकी प्रदेश सरकारले टेण्डर आव्ह्रान गरेको थियो । आर्थिक बर्ष २०७६-०७७ मा सम्पन्न हुने गरि आव्ह्रान गरिएको सडक निर्माण भएको एक महिना नपुग्दै उपभोग गर्न नपाउने गरी छिन्नभिन्न भएको छ ।
गएको आर्थिक बर्षमा सम्पन्न भएको सडक साउन महिनामै भत्किएर जिर्ण बनेपछि यातायात आवतजावतमा समस्या बनेको छ । सडक भत्किएर अवरुद्ध भएपछि ग्रामिण क्षेत्रका बासिन्दा खाद्यन्न ओसार पासार देखि बिरामी भएर उपचारमा जान समेत कठिन भएको स्थानीयहरु बताउछन् ।
सडक निर्माण गर्दा बस्तीलाई समेत उठिबास बनाउने गरी निर्माण भयो स्थानीय हिमनीधि पंगेनीले भने,“ सरकारी पैसाको न सदुपयोग भयो न सडक बन्यो ।” जनताले तिरेको रकमलाई हिनामिना गर्नेहरु माथी कारवाहि हुनुपर्छ उनले भने । स्थानीय उपभोक्तलाई समेत थाहा नदिएर मनपरी डोजर प्रयोग गर्दो सडकको अवस्था बेहाल भएको स्थानीयहरु बताउछन् ।
सडक निर्माण सम्पन्न गरेको एक महिना नवित्दै भत्किएर जिर्ण बनेपछि छानविनको समेत स्थानीयले माग गरेका छन् । सडक राम्रो बनाउने भन्दा पनि कमाई खाने भाडोको रुपमा सडकलाई प्रयोग गरेको आरोप स्थानीय अगुवा समाजसेवी राजेन्द्र गैहे्रले बताए । सुनका गहना धरौटी राखेर १५ बर्ष अगाडी निर्माण गरिएको सडक स्तारोन्नतीका नाममा झनै जिर्णोद्धार हुने गरी काम भएको गैह्रले आरोप लगाए । ठेकेदार र इन्जिनीयरयको लापरवाहिले गर्दा सडक कामै नलाग्ने गरी बिग्रियो यसको छानविन हुनुपर्छ गैह्रेले भने ।
भौतिक पुर्वाधार विकास मन्त्रालय गण्डकी प्रदेश बाट बिनियोजित रकमबाट सिद्धबावा निर्माण सेवाले काम गरेको थियो । ५० लाखमा सडकको के के काम गरियो भन्ने सम्मको अवस्था पनि नदेखिने गरी निर्माण भएको सडकको बारेमा छानविन हुने वालिङ १० का वडा अध्यक्ष अनन्तराज गैह्रेले बताए ।
सडक निर्माण बारे आफुहरु अनविज्ञ रहेको बताउदै अध्यक्ष गैह्रेले यसको सत्यतथ्य बाहिर आउने विश्वास दिलाए । १२ महिना यातायात सुचारु भइरहेको सडक स्तरोन्नतीका नाममा झनै विकराल अवस्था आउनुले शंका उत्पन्न भएको छ । प्राविधिक नापजाँच नभई जनताले तिरेको करबाट निर्माण भएको सडक असारमा सम्पन्न साउनमा भत्किने गरि बनाउने क्रियाकलापको अन्त्य हुनु जरुरी छ । यस तर्फ सम्वन्धित निकायको चासो हुनु आवश्यक छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलायन्स र निजी क्षेत्रबीच सहकार्य हुन्छ : अध्यक्ष ढकाल
मंसिर १, २०८१ शनिबार
छठका लागि जनकपुरमा पाँच करोडको केरा आयात
कात्तिक १९, २०८१ सोमबार
विदेशमा सिकेको ज्ञान र सीप मातृभूमिको उन्नयनमा उपयोग गर्न आग्रह
कात्तिक ११, २०८१ आइतबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
माओवादी, रास्वपा र स्वतन्त्र गरी ६ जना उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
मंसिर १४, २०८१ शुक्रबार
अल्लु अर्जुनको फिल्म ‘पुष्पा २’ रिलिज अगावै अमेरिकामा बनायो रेकर्ड
मंसिर १५, २०८१ शनिबार
चिया बगानमा विस्फोटक पदार्थ राखेको आरोपमा दुई जना पक्राउ
मंसिर १५, २०८१ शनिबार
परराष्ट्रमन्त्री डा राणा आज स्वदेश फर्कदै
मंसिर १५, २०८१ शनिबार
जासुसी गरेको भन्दै चीनले पठायो पत्रकारलाइ ७ बर्षको जेल सजाय
मंसिर १५, २०८१ शनिबार
बगरफाँट–भकिम्ली सडक: ‘ट्याक’ खुलेको १७ वर्षपछि स्तरोन्नति
मंसिर १५, २०८१ शनिबार