सोमबारदेखि पाँचौं चरणको चार्टर उद्धार उडान सुरु हुँदै
नेपालबहस संवाददाता
साउन ३२, २०७७ आइतबार १९:५८:१४
३२ साउन, काठमाडौं । सरकारले पाँचौं चरणको चार्टर उद्धार उडान भोलि सोमबारबाट थाल्ने भएको छ । कोरोना भाइरसका कारण विभिन्न मुलुकमा अलपत्र नेपालीलाई स्वदेश फर्काउन सरकारले सोमबारदेखि १५ भदौसम्म पाँचौं चरणको चार्टर उद्धार उडान सञ्चालन गर्न लागेको हो ।
कोरोना भाइरसको संक्रमणका कारण विदेशमा रोकिएका नेपाली नागरिकको उद्धारका सिलसिलामा सोमबारबाट पाँचौ चरणको उद्धार सुरु हुँदैछ । अगष्ट ३१ तारीखसम्म ४० भन्दा बढी उडानबाट नेपालीलाई घर ल्याइँदैछ ।
वायुसेवा कम्पनीहरुका अनुसार राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सले यो बीचमा १७ उडान गर्दैछ । हिमालय एयरलाइन्सले १५ वटा उडानको अनुमति पाएको छ । अन्य विदेशी एयरलाइन्सले ११ वटा उडानको अनुमति पाएका छन् ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार यूरोप र अमेरिकामा रोकिएका नेपालीलाई स्वदेश फर्काउन टर्कीस एयरलाइन्सले इस्तानबुलबाट अनुमति पाएको छ । यो बीचमा दक्षिण कोरियाबाट कोरियन एयरसमेत नेपाल आउने छ ।
सिल्क एयरले अष्टे्रलियाबाट नेपालीलाई काठमाडौं ल्याउने छ । यो बीचमा नेपाल एयरलाइन्स जापान पुगेर नेपालीलाई घर ल्याउने छ । सरकारले १५ भदौसम्म हुने उद्धार उडानको तयारी गरेको छ । १६ भदौबाट भने वयवसायिक उडान शुरु हुने मिति तोकिएको छ ।
मन्त्रिपरिषद्को निर्णय अनुसार नेपाल नागरिक उड्डयन प्राधिकरणले १६ भदौबाट आन्तरिक तथा बाहृय उडान हुने निर्णय भएको परिपत्र सबै वायुसेवा कम्पनीलाई गराइसकेको छ । सरकारले १ भदौबाट नै व्यवसायिक उडान खोल्ने घोषणा गरेको थियो । तर, मुलुक भित्र संक्रमण बढेको निष्कर्ष निकाल्दै सरकारको व्यवसायिक उडान रोकेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलायन्स र निजी क्षेत्रबीच सहकार्य हुन्छ : अध्यक्ष ढकाल
मंसिर १, २०८१ शनिबार
छठका लागि जनकपुरमा पाँच करोडको केरा आयात
कात्तिक १९, २०८१ सोमबार
विदेशमा सिकेको ज्ञान र सीप मातृभूमिको उन्नयनमा उपयोग गर्न आग्रह
कात्तिक ११, २०८१ आइतबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
माओवादी, रास्वपा र स्वतन्त्र गरी ६ जना उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
मंसिर १४, २०८१ शुक्रबार
अल्लु अर्जुनको फिल्म ‘पुष्पा २’ रिलिज अगावै अमेरिकामा बनायो रेकर्ड
मंसिर १५, २०८१ शनिबार
चिया बगानमा विस्फोटक पदार्थ राखेको आरोपमा दुई जना पक्राउ
मंसिर १५, २०८१ शनिबार
परराष्ट्रमन्त्री डा राणा आज स्वदेश फर्कदै
मंसिर १५, २०८१ शनिबार
जासुसी गरेको भन्दै चीनले पठायो पत्रकारलाइ ७ बर्षको जेल सजाय
मंसिर १५, २०८१ शनिबार
बगरफाँट–भकिम्ली सडक: ‘ट्याक’ खुलेको १७ वर्षपछि स्तरोन्नति
मंसिर १५, २०८१ शनिबार