लकडाउनमा म्याद सकिएका लाइसेन्सको नवीकरण जरिवाना छुट
नेपालबहस संवाददाता
भदौ ८, २०७७ सोमबार २३:५८:५
८ भदौ, काठमाडौं । निषेधाज्ञा थप गरिएपछि यातायात व्यवस्था विभागले सवारी लाइसेन्स धनीलाई विशेष छुट दिएको छ । चैत ११ पछिको लकडाउन अवधिमा लाइसेन्सको म्याद सकिएर पनि नवीकरण गर्न नपाएका सवारी धनीलाई जरिवाना तिर्नु नपर्ने व्यवस्था विभागले गरेको हो ।
विभागले सूचना जारी गर्दै लकडाउन अवधिमा म्याद सकिएका सवारी धनीले भदौ मसान्तसम्म नवीकरण गर्दा जरिवाना तिर्नुनपर्ने जानकारी दिएको हो ।
यसअघि पनि यस्तो सुविधा दिने भनिएपनि प्रणालीमा त्यस्तो छुट दिने गरी व्यवस्था नगर्दा यातायात कार्यालयले जरिवाना उठाएका थिए । अहिले विभागले सिस्टमलाई ‘मोडिफिकेसन’ गरेर भदौसम्म नवीकरण गर्दा जरिवाना नलाग्ने व्यवस्था गरेको हो ।
पछिल्लो समय लकडाउनका कारण नवीकरण गर्ने र कर तिर्नेको ठूलो संख्या कार्यालयमा देखिने गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलायन्स र निजी क्षेत्रबीच सहकार्य हुन्छ : अध्यक्ष ढकाल
मंसिर १, २०८१ शनिबार
छठका लागि जनकपुरमा पाँच करोडको केरा आयात
कात्तिक १९, २०८१ सोमबार
विदेशमा सिकेको ज्ञान र सीप मातृभूमिको उन्नयनमा उपयोग गर्न आग्रह
कात्तिक ११, २०८१ आइतबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
माओवादी, रास्वपा र स्वतन्त्र गरी ६ जना उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
मंसिर १४, २०८१ शुक्रबार
अल्लु अर्जुनको फिल्म ‘पुष्पा २’ रिलिज अगावै अमेरिकामा बनायो रेकर्ड
मंसिर १५, २०८१ शनिबार
चिया बगानमा विस्फोटक पदार्थ राखेको आरोपमा दुई जना पक्राउ
मंसिर १५, २०८१ शनिबार
परराष्ट्रमन्त्री डा राणा आज स्वदेश फर्कदै
मंसिर १५, २०८१ शनिबार
जासुसी गरेको भन्दै चीनले पठायो पत्रकारलाइ ७ बर्षको जेल सजाय
मंसिर १५, २०८१ शनिबार
बगरफाँट–भकिम्ली सडक: ‘ट्याक’ खुलेको १७ वर्षपछि स्तरोन्नति
मंसिर १५, २०८१ शनिबार