चार नगरपालिकाका सडकसडकको नामकरण हुँदै
नेपालबहस संवाददाता
भदौ ११, २०७७ बिहिबार २३:५९:४७
११ भदौ, गोदावरी । सुदूरपश्चिम प्रदेशमा भइरहेको शहरीकरणलाई व्यवस्थित पार्ने क्रममा सरकारले यहाँका चार नगरपालिकामा तत्कालै वैज्ञानिक ठेगाना प्रणाली लागू गर्न लागेको छ ।
सहरी विकास मन्त्रालयअन्तर्गत सञ्चालित क्षेत्रिय शहरी विकास आयोजनाले धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका, शुक्लाफाँटा नगरपालिका र भीमदत्त नगरपालिकामा यो प्रणाली लागू गर्न लागिएको हो । सोअन्तर्गत सडकको नाम, ठेगाना र क्षेत्र विभाजन गरिने छ । नगरभित्रका सबै घरले मेट्रिक प्रणालीअन्तर्गत वैज्ञानिक तवरले घर नम्बर प्राप्त गर्नेछन् ।
यसरी बाटाको नाम र घरघरमा नम्बर प्रदान गरेपछि कुनैपनि बाटो र घर एकीन गर्न सजिलो हुने क्षेत्रिय आयोजना कार्यान्वयन एकाइ धनगढीका आयोजना व्यवस्थापक परिक्षित कडरियाले जानकारी दिए । यसका लागि संस्थागत विकास परामर्शदाताबाट कार्य भइरहेको उनले बताए। उनका अनुसार चारवटै नगरमा सर्वेक्षण टोली घर घरमा पुगिरहेका छन् ।
मेट्रिक ठेगाना प्रणालीमा प्रदान गरिने घर नम्बर मूल सडकको केन्द्रबाट घरको मूल गेटको दुरीमा आधारित भएको जीआइएस प्रणाली विज्ञ उमेश कुँवरले बताए। यसबाट बाटो पत्ता लाग्ने वित्तिकै घर कति टाढा छ भन्ने सजिलै थाहा पाउन सकिन्छ । घर नम्बर दिँदा बाटोको बायाँपट्टी बिजोर र दायाँपट्टी जोर नम्बर दिइने कुँवरले बताए ।
ठेगाना प्रणाली लागु भएसँगै हरेक घरले घर नम्बर देखिने गरी राख्नुपर्नेछ । पछि थपिने घरका लागि सम्बन्धित नगरपालिकाबाटै घर नम्बर प्रदान हुने पनि आयोजनाले जनाएको छ । यसरी पूर्णरुपमा घर नम्बर प्रदान गरिसकेपछि पत्राचारलगायत आफ्नो ठेगाना लेख्दा पूर्णरुपमा नयाँ ढाँचामा लेख्नुपर्ने र त्यसरी लेखिएको ठेगाना सजिलै पहिचान हुने पनि आयोजनाको भनाइ छ ।
हाल स्थान र बाटोको नामकरण सम्बन्धी कार्य भइरहेकोले नामकरणको क्रममा स्थानीय चलनचल्ती, ऐतिहासिकतालगायतका आधारमा नाम उपलब्ध गराउने कार्यमा सहयोग गर्न सबै स्थानीयवासीलाई आयोजनाले आग्रह गरेको छ । नामाकरणको क्रममा एक भन्दाबढी वडामा पर्ने सडकको नामाकरण सम्बन्धित नगरपालिकाबाट हुने बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलायन्स र निजी क्षेत्रबीच सहकार्य हुन्छ : अध्यक्ष ढकाल
मंसिर १, २०८१ शनिबार
छठका लागि जनकपुरमा पाँच करोडको केरा आयात
कात्तिक १९, २०८१ सोमबार
विदेशमा सिकेको ज्ञान र सीप मातृभूमिको उन्नयनमा उपयोग गर्न आग्रह
कात्तिक ११, २०८१ आइतबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
माओवादी, रास्वपा र स्वतन्त्र गरी ६ जना उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
मंसिर १४, २०८१ शुक्रबार
अल्लु अर्जुनको फिल्म ‘पुष्पा २’ रिलिज अगावै अमेरिकामा बनायो रेकर्ड
मंसिर १५, २०८१ शनिबार
चिया बगानमा विस्फोटक पदार्थ राखेको आरोपमा दुई जना पक्राउ
मंसिर १५, २०८१ शनिबार
परराष्ट्रमन्त्री डा राणा आज स्वदेश फर्कदै
मंसिर १५, २०८१ शनिबार
जासुसी गरेको भन्दै चीनले पठायो पत्रकारलाइ ७ बर्षको जेल सजाय
मंसिर १५, २०८१ शनिबार
बगरफाँट–भकिम्ली सडक: ‘ट्याक’ खुलेको १७ वर्षपछि स्तरोन्नति
मंसिर १५, २०८१ शनिबार