पृथ्वीराजमार्ग दुईतर्फी खुलाउने तयारी
नेपालबहस संवाददाता
भदौ १३, २०७७ शनिबार १५:४२:२८
१३ भदौ, दमौली । सुख्खा पहिराेले शुक्रबार बिहान अवरुद्ध भएको तनहुँको आँबुखैरेनी–मुग्लिङ सडकखण्ड दुईतर्फी खुलाउने तयारी गरिएको छ । आँबुखैरेनी गाउँपालिका र सडक विभागको सहयोगमा हिजो नै सडक एकतर्फी बनाइएको थियो ।
आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरा नजिक खसेको पहिरो डोजरले हटाएर एकतर्फीरुपमा सञ्चालन गरिएपनि दुईतर्फी सञ्चालनमा आउन अझै केही समय लाग्ने जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । साना–साना ढुङ्गा हिजै डोजरको सहायताले हटाइएपनि ठूला ढुङ्गा हटाउन ब्रेकरको प्रयोग गर्नुपर्ने भएकाले केही समय लाग्ने देखिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सिनाले जानकारी दिए ।
आँबुखैरेनी–मुग्लिङ सडकखण्ड अन्तर्गत उक्त ठाउँमा बेला–बेलामा पहिरो गएर राजमार्ग अवरुद्ध हुने गरेको छ । वर्षा नभएको बेलामा पनि यहाँ सुख्खा पहिराको समस्या रहँदै आएको छ । कोत्रेदेखि मुग्लिङ खण्ड अन्तर्गत तनहुँको ७२ किमि राजमार्गमा सबैभन्दा बढी पहिरो जाने ठाउँ नै यही हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलायन्स र निजी क्षेत्रबीच सहकार्य हुन्छ : अध्यक्ष ढकाल
मंसिर १, २०८१ शनिबार
छठका लागि जनकपुरमा पाँच करोडको केरा आयात
कात्तिक १९, २०८१ सोमबार
विदेशमा सिकेको ज्ञान र सीप मातृभूमिको उन्नयनमा उपयोग गर्न आग्रह
कात्तिक ११, २०८१ आइतबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
माओवादी, रास्वपा र स्वतन्त्र गरी ६ जना उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
मंसिर १४, २०८१ शुक्रबार
अल्लु अर्जुनको फिल्म ‘पुष्पा २’ रिलिज अगावै अमेरिकामा बनायो रेकर्ड
मंसिर १५, २०८१ शनिबार
चिया बगानमा विस्फोटक पदार्थ राखेको आरोपमा दुई जना पक्राउ
मंसिर १५, २०८१ शनिबार
परराष्ट्रमन्त्री डा राणा आज स्वदेश फर्कदै
मंसिर १५, २०८१ शनिबार
जासुसी गरेको भन्दै चीनले पठायो पत्रकारलाइ ७ बर्षको जेल सजाय
मंसिर १५, २०८१ शनिबार
बगरफाँट–भकिम्ली सडक: ‘ट्याक’ खुलेको १७ वर्षपछि स्तरोन्नति
मंसिर १५, २०८१ शनिबार