पृथ्वी राजमार्ग तीन दिनदेखि एकतर्फी
नेपालबहस संवाददाता
भदौ १४, २०७७ आइतबार १८:३:३८
१४ भदौ, तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी–२ स्थित ऐनापहरा नजिक सुक्खा पहिरो खस्दा अवरुद्ध भएको राजमार्ग तीन दिनदेखि एकतर्फीपमा सञ्चालनमा आएको छ । गत शुक्रबार बिहान सडकभन्दा माथि डाँडाबाट सुक्खा पहिरोसँगै ठूलाठूला ढुङ्गा खसेपछि हटाउन नसक्दा एकतर्फी मात्रै सवारी सञ्चालनमा ल्याइएको हो ।
ठूला ढुङ्गा खसेर सडक अवरुद्ध हुँदा ठूला सवारीलाई आवतजावतमा समस्या भएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक विकास थापाले जानकारी दिए । पहिरोले राजमार्ग अवरुद्ध भएलगत्तै दुई डोजर प्रयोग गरेर माटो पन्छाए पनि ढुङ्गा हटाउन नसक्दा समस्या आएको हो । उनले भने, “ढुङ्गा हटाएर दुईतर्फी सवारी साधन सञ्चालनमा ल्याउन पहल भइरहेको छ ।”
अवरुद्ध राजमार्ग एक घण्टाको अवधिमा पहिरो हटाएर एकतर्फी सवारीसाधान सञ्चालन गरिए पनि ढुङ्गा हटाउन नसक्दा दुईतर्फी गर्न कठिनाइ भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख एवं प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिए ।
वर्षायामको समय उक्त क्षेत्रमा पटक–पटक पहिरो खसेर राजमार्ग अवरुद्ध हुने गरे पनि वर्षा नभएको समयमा समेत सुक्खा पहिरो खस्दा सर्वसाधारणले सहजरूपमा आवतजावत गर्न पाएका छैनन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलायन्स र निजी क्षेत्रबीच सहकार्य हुन्छ : अध्यक्ष ढकाल
मंसिर १, २०८१ शनिबार
छठका लागि जनकपुरमा पाँच करोडको केरा आयात
कात्तिक १९, २०८१ सोमबार
विदेशमा सिकेको ज्ञान र सीप मातृभूमिको उन्नयनमा उपयोग गर्न आग्रह
कात्तिक ११, २०८१ आइतबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
माओवादी, रास्वपा र स्वतन्त्र गरी ६ जना उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
मंसिर १४, २०८१ शुक्रबार
अल्लु अर्जुनको फिल्म ‘पुष्पा २’ रिलिज अगावै अमेरिकामा बनायो रेकर्ड
मंसिर १५, २०८१ शनिबार
चिया बगानमा विस्फोटक पदार्थ राखेको आरोपमा दुई जना पक्राउ
मंसिर १५, २०८१ शनिबार
परराष्ट्रमन्त्री डा राणा आज स्वदेश फर्कदै
मंसिर १५, २०८१ शनिबार
जासुसी गरेको भन्दै चीनले पठायो पत्रकारलाइ ७ बर्षको जेल सजाय
मंसिर १५, २०८१ शनिबार
बगरफाँट–भकिम्ली सडक: ‘ट्याक’ खुलेको १७ वर्षपछि स्तरोन्नति
मंसिर १५, २०८१ शनिबार