बेँसीशहर–चामे सडकलाई ‘राष्ट्रकवि मार्ग’ नामकरण गर्न माग
नेपालबहस संवाददाता
भदौ १४, २०७७ आइतबार २०:५१:४६
१४ भदौ, लमजुङ । गण्डकी प्रदेशअन्तर्गत लमजुङ–मनाङ जिल्ला जोड्ने ६५ किलोमिटरको बेँसीशहर–चामे सडकको नाम ‘राष्ट्रकवि मार्ग’ राख्न एक कार्यक्रमका सहभागीले माग गरेका छन् । मस्र्याङ्दी गाउँपालिका–६ पुस्तुनमा पुस्तुन बाहुनडाँडा घिमिरे समाजद्वारा आज राष्ट्रकवि माधवप्रसाद घिमिरेको १३ औंँ दिनका पुण्यतिथिमा आयोजित श्रद्धाञ्जलि कार्यक्रममा सो माग गरिएको हो ।
पुस्तुनमा जन्मी राष्ट्रिय–अन्तरराष्ट्रिय क्षेत्रमा चर्चित घिमिरेका नामबाट बेँसीशहर–चामे सडकको नाम राख्न सकेमा उहाँको योगदान र जन्मथलोप्रति सम्मान जनाइएको छ ।
पुस्तुन बाहुँनडाँडा–घिमिरे समाजका अध्यक्ष प्रेमनाथ घिमिरे, सोही गाउँपािलका वडा नम्बर ६ का वडाध्यक्ष लीलाप्रसाद घले, घिमिरे समाजका संस्थापक अध्यक्ष भक्तबहादुर घिमिरे, राष्ट्रकवि माधवप्रसाद घिमिरे उद्यान निर्माण समितिका अध्यक्ष चन्द्रकान्त घिमिरे, बाघेता युनाइटेड क्लबका अध्यक्ष विष्णु गुरुङलगायत समाजसेवी, जनप्रतिनिधि, स्थानीयवासीलगायतले सो माग गर्नुभएको हो । मस्र्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले मनाङ तथा लमजुङका जनप्रतिनिधि र सरोकार निकायसँंग सल्लाह र समन्वय गरी सोका लागि पहल गरिने बताए ।
कार्यक्रममा राष्ट्रकविको तस्वीरमा सहभागीले फूल, अबीर र माला अर्पण गरी श्रद्धाञ्जलि व्यक्त गरेका थिए । विक्रम संवत् १९७६ असोज ७ गते हालको मस्र्याङ्दी गाउँपालिका बाहुनडाँडास्थित पुस्तुनमा जन्मीएका उनको यही भदौ २ गते काठमाडौं लैनचौरस्थित आफ्नै निवासमा १०१ वर्षका उमेरमा निधन भएको थियो ।
उनका नवमञ्जरी, गौरी ‘शोककाव्य’, मालती मङ्गले, ‘गीतिनाटक’, हिमालपारि हिमालवारि ‘गीतिनाटक, साझा पुरस्कार २०५४०, राजेश्वरी, इन्द्रकुमारी, राष्ट्रनिर्माता, किन्नरकिन्नरी ‘गीतसङ्ग्रह’, चारु चर्चा ९निबन्ध, साझा पुरस्कार २०५८०, आफ्नो बाँसुरी आफ्नै गीत ‘निबन्ध’ लगायत कृति प्रकाशित छन् । घिमिरेले २०६७ सालमा पद्मश्री साधना सम्मानसमेत प्राप्त गरेका थिए र घिमिरेलाई विसं २०६० मा ८५ वर्षका उमेरमा राष्ट्रकविको उपाधि दिइएको थियो । उनलाई २०७४ सालमा नेपाली सेनाको मानार्थ सहायक रथीको पदवीसमेत प्रदान गरिएको थियो ।
उनका ‘गाउँछ गीत नेपाली !!! ’, ‘नेपाली हामी रहौँला कहाँ नेपालै नरहे !!!’ साथै तारादेवीले गाएको’ मनको बाँध’ चलचित्रको’ फूलको थुँगा बगेर गयो’ तथा नारायणगोपालले गाएको ‘आजै र राति के देखेँ सपना’जस्ता गीत चर्चित छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलायन्स र निजी क्षेत्रबीच सहकार्य हुन्छ : अध्यक्ष ढकाल
मंसिर १, २०८१ शनिबार
छठका लागि जनकपुरमा पाँच करोडको केरा आयात
कात्तिक १९, २०८१ सोमबार
विदेशमा सिकेको ज्ञान र सीप मातृभूमिको उन्नयनमा उपयोग गर्न आग्रह
कात्तिक ११, २०८१ आइतबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
माओवादी, रास्वपा र स्वतन्त्र गरी ६ जना उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
मंसिर १४, २०८१ शुक्रबार
अल्लु अर्जुनको फिल्म ‘पुष्पा २’ रिलिज अगावै अमेरिकामा बनायो रेकर्ड
मंसिर १५, २०८१ शनिबार
चिया बगानमा विस्फोटक पदार्थ राखेको आरोपमा दुई जना पक्राउ
मंसिर १५, २०८१ शनिबार
परराष्ट्रमन्त्री डा राणा आज स्वदेश फर्कदै
मंसिर १५, २०८१ शनिबार
जासुसी गरेको भन्दै चीनले पठायो पत्रकारलाइ ७ बर्षको जेल सजाय
मंसिर १५, २०८१ शनिबार
बगरफाँट–भकिम्ली सडक: ‘ट्याक’ खुलेको १७ वर्षपछि स्तरोन्नति
मंसिर १५, २०८१ शनिबार