बागलुङ बाढी : मृतकको सङ्ख्या १७ पुग्यो, २१ अझै बेपत्ता
नेपालबहस संवाददाता
भदौ २२, २०७७ सोमबार २१:४९:२७
२२ भदौ, गलकोट । बागलुङको ढोरपाटन नगरपालिकाको भुजीखोलामा आएको बाढीले तटीय क्षेत्रका घर बगाउँदा अहिलेसम्म मृत्यु हुनेको सङ्ख्या १७ पुगेको भने २१ जना बेपत्ता छन् । बुधबार राती साढे ११ बजेतिर आएको बाढीले खोलाको तटीय क्षेत्रका आधा दर्जन घर बगाएको थियो । बेपत्ता खोज्ने क्रममा आज अन्दाजी ३४ वर्षीय पुरुषको शव बडीगाड गाउँपालिका–७ स्थित बढीगाड खोलामा फेला परेको उद्धारमा खटिएका इलका प्रहरी कार्यालय बुर्तिवाङका प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार मृतक १७ जनामध्ये १५ जनाको मात्रै सनाखत हुन सकेको छ । सनाखत भएका शवको अन्तिम संस्कारका लागि आफन्तको जिम्मा लगाइसकिएको छ । पहिचान हुन बाँकी दुई जनाको शव बुर्तिवाङ स्वास्थ्य केन्द्रमा राखिएको प्रहरी निरीक्षक भण्डारीले जानकारी दिए । अधिकांश शव बाढीले बगाएको गाउँभन्दा धेरै तल बडीगाड खोलामा फेला परेको उनको भनाइ छ । बेपत्ताको खोजीका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी परिचालन गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआज देशभरको मौसम सफा रहने, हिमाली भागमा हल्का हिमपात हुने
माघ १७, २०८१ बिहिबार
तराईमा लागेको हुस्सु र कुहिरो अपराह्नपछि सुधार हुने
माघ १६, २०८१ बुधबार
विपदमा क्षतिग्रस्त संरचना पुनर्निर्माण गर्न एक खर्ब एक अर्ब लाग्ने अनुमान
पुष २९, २०८१ सोमबार
कस्तो छ तपाईको आजको राशीफल ?
माघ २१, २०८१ सोमबार
अमेरिकी डलरको भाउ स्थिर, अन्य विदेशी मुद्रा कतिमा हुँदैछ कारोबार ?
माघ २१, २०८१ सोमबार
राती एक्कासी कसरी आयो इन्टरनेटमा समस्या ?
माघ २०, २०८१ सोमबार
फुटबल क्लब र गोल्डकप विजेता क्लबलाई ललितपुर महानगरको आर्थिक सहयोग
माघ २०, २०८१ आइतबार
टिपरको ठक्करबाट आमाको मृत्यु, छोरा घाइते
माघ २०, २०८१ आइतबार
इरानले गर्यो नयाँ ब्यालेस्टिक क्षेप्यास्त्र प्रदर्शन, पश्चिमा देशहरू चिन्तित
माघ २०, २०८१ आइतबार