शुक्रबारदेखि सवारीसाधनको ढोकामा अनिवार्य स्यानिटाइजर
नेपालबहस संवाददाता
भदौ २५, २०७७ शुक्रबार ५:२:६
२५ भदौ, ललितपुर । ललितपुर जिल्ला गाउँपालिका अध्यक्ष फोरमको बैठकले कोञ्ज्योसोम, वाग्मती र महाङ्काल गाउँपालिका प्रवेश गर्ने हरेक सवारीसाधनको ढोकामा अनिवार्यरुपमा स्याटिनाइजरको व्यवस्था गर्नुपर्ने निर्णय गरेको छ ।
दक्षिण ललितपुरका तीन गाउँपालिकाका अध्यक्ष सम्मिलित कोञ्ज्योसोममा आज बसेको चौँथो बैठकले दिनानुदिन कोरोना महामारी सङ्क्रमण बढ्दै गएको अवस्थालाई विचार गरेर उक्त निर्णय गरेको विज्ञप्तिमार्फत जनाइएको छ ।
विज्ञप्तिमा कोञ्ज्योसोम र महाङ्काल गाउँपालिका प्रवेश क्षेत्र विर्खेधारा, शङ्खु सडकखण्डको भैरव गण अगाडि र नल्लु भञ्ज्याङमा दुवै गाउँपालिकाको साझेदारीमा सिसि टिभी क्यामरा जडान गर्ने निर्णय गरेको उल्लेख छ ।
फोरमले तीन वटै गाउँपालिका क्षेत्रभित्र शुक्रबारदेखि लागु हुने गरी सवारीसाधन सञ्चालन गर्दा स्वास्थ्य मापदण्ड पालना गर्ने, भौतिक दूरी कायम गर्ने, यात्रु र सवारी चालकले अनिवार्य रुपमा मास्क प्रयोग गर्नुपर्ने, खाद्यान्नलगायत अन्य पसलको हकमा भौतिक दूरी कायम गरी बिहान ६ः०० देखि बेलुका ७ः०० बजेसम्म सञ्चालन गर्न दिने निर्णयसमेत गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलायन्स र निजी क्षेत्रबीच सहकार्य हुन्छ : अध्यक्ष ढकाल
मंसिर १, २०८१ शनिबार
छठका लागि जनकपुरमा पाँच करोडको केरा आयात
कात्तिक १९, २०८१ सोमबार
विदेशमा सिकेको ज्ञान र सीप मातृभूमिको उन्नयनमा उपयोग गर्न आग्रह
कात्तिक ११, २०८१ आइतबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
माओवादी, रास्वपा र स्वतन्त्र गरी ६ जना उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
मंसिर १४, २०८१ शुक्रबार
सरकारी वकिल कार्यालयमा बयान गराएर रविलाई अन्डरग्राउन्डबाट हिरासत फर्काइयो
मंसिर १४, २०८१ शुक्रबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
एनपीएलको उद्घाटन खेलमा जनकपुरले टस जित्यो
मंसिर १५, २०८१ शनिबार
अल्लु अर्जुनको फिल्म ‘पुष्पा २’ रिलिज अगावै अमेरिकामा बनायो रेकर्ड
मंसिर १५, २०८१ शनिबार
चिया बगानमा विस्फोटक पदार्थ राखेको आरोपमा दुई जना पक्राउ
मंसिर १५, २०८१ शनिबार
परराष्ट्रमन्त्री डा राणा आज स्वदेश फर्कदै
मंसिर १५, २०८१ शनिबार