ग्रामीण कच्ची सडक २८ वर्षपछि कालोपत्रे
नेपालबहस संवाददाता
भदौ २७, २०७७ शनिबार १६:१:४२
२७ भदौ, तनहुँ । जिल्लाको व्यास नगरपालिका वडा नं १३ र १४ अन्तर्गत पर्ने गुँदीफच्याङ ग्रामीण कच्ची सडक २८ वर्षपछि कालोपत्रे गर्न थालिएको छ । सदरमुकाम दमौलीदेखि झण्डै १४ किलोमिटर दूरीमा रहेको उक्त ग्रामीण सडक कालोपत्रे गरिन लागेको हो । सो मार्गबाट व्यास नगरपालिका, बन्दिपुर गाउँपालिका हुँदै पृथ्वीराजमार्ग अन्तर्गत डुम्रे बजार पुगेर जोडिएको छ ।
सो सडकमा यसअघि ग्राबेल, नाला निर्माण र आवश्यक स्थानमा ह्युमपाइप राखेर यातायात सञ्चालन भएको थियो । विसं २०४८ पछि कच्चीमार्गको रुपमा सडक चलेपनि कालोपत्रे नहुँदा वर्षामा हिलोले कष्टकर यात्रा गर्नुपर्ने बाध्यता छ । नगरपालिकाको १४ नं वडा केशवटारस्थित रुम्सी ढाक्रेस्वाँरा चोकदेखि आँपटोल डाँडासम्म करिब ६०० मिटर दूरी कालोपत्रे गर्न थालिएको वडाध्यक्ष काजीमान श्रेष्ठले जानकारी दिए ।
गण्डकी प्रदेशको समानीकरण बजेट व्यास नगरपालिकामार्फत आएपछि सडक कालोपत्रे थालिएको हो । उनले भने, “कात्तिक मसान्तभित्र उक्त दूरीमा कालोपत्रे सम्पन्न गर्ने लक्ष्य छ ।” रु एक करोड २५ लाखको समानीकरण बजेट विनियोजन पश्चात कालोपत्रे कार्य थालिएको हो । गण्डकी प्रदेश सरकारबाट उक्त मार्ग कालोपत्रे गर्नका लागि गत वर्ष डेढ करोड र यसवर्ष सवा करोड विनियोजन गरेपनि टेण्डर नै नगराई काम रोकिएको वडाध्यक्ष श्रेष्ठले जानकारी दिए ।
गतवर्ष र यसवर्ष बजेट विनियोजन गरी काम नगरेपछि स्थानीयवासी डेलिगेशन जाने तयारीमा जुटिरहेको उनले बताए । व्यास नगरपालिकाद्वारा विनियोजित रु एक करोड बजेट रकमले दमौली बजारबाट केशबटार जाने उक्त सडक मार्गको पनि कालोपत्रे कार्य थालिएको छ । दमौली–केशवटार गुदीफच्याङ मार्गको करिब १४ किलोमिटरमध्ये हालसम्म करिब ४ किलोमिटर सडक मार्ग कालोपत्रे सम्पन्न भैसकेको बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलायन्स र निजी क्षेत्रबीच सहकार्य हुन्छ : अध्यक्ष ढकाल
मंसिर १, २०८१ शनिबार
छठका लागि जनकपुरमा पाँच करोडको केरा आयात
कात्तिक १९, २०८१ सोमबार
विदेशमा सिकेको ज्ञान र सीप मातृभूमिको उन्नयनमा उपयोग गर्न आग्रह
कात्तिक ११, २०८१ आइतबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
माओवादी, रास्वपा र स्वतन्त्र गरी ६ जना उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
मंसिर १४, २०८१ शुक्रबार
सरकारी वकिल कार्यालयमा बयान गराएर रविलाई अन्डरग्राउन्डबाट हिरासत फर्काइयो
मंसिर १४, २०८१ शुक्रबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
एनपीएलको उद्घाटन खेलमा जनकपुरले टस जित्यो
मंसिर १५, २०८१ शनिबार
अल्लु अर्जुनको फिल्म ‘पुष्पा २’ रिलिज अगावै अमेरिकामा बनायो रेकर्ड
मंसिर १५, २०८१ शनिबार
चिया बगानमा विस्फोटक पदार्थ राखेको आरोपमा दुई जना पक्राउ
मंसिर १५, २०८१ शनिबार
परराष्ट्रमन्त्री डा राणा आज स्वदेश फर्कदै
मंसिर १५, २०८१ शनिबार