लुकिङ लण्डन टकिङ टोकियो :- कम्युनिष्ट चरित्र
नेपालबहस संवाददाता
असोज २०, २०७७ मंगलबार २१:३५:७
बोली र व्यवहारमा जहिले विरोधाभाष । जहिले गरिबको नाममा गरिब लुटेर आफु मालामाल हुने प्रपन्च । कथनी र करनीमा विविधता । घुमाउरा र झट्ट सुन्दा कर्णप्रिय शब्दजालमा आफुलाई लुकाउने राजनीतिका चार्ल्स शोभराजहरु ।
बौद्धिक फटाहाहरुको जमात नै नेपालको सन्दर्भमा कम्युनिष्टको परिचय बन्दै गएको छ भन्दा अशोभनिय नहोला । समानताका कुरा गरेर नथाक्ने तर संधै आफनालाई मात्रै पोस्ने शोषक सामन्तको चरित्र अंगिकार गर्ने फटाहा र लफङ्गाहरुलाई ताला चावी सुम्पिएर सुखी नेपाली हुने बाटोमा अग्रसर मेरो देश कहिले समृद्ध हुने हो र एकछाक पेटभरी खान पाउने हुन् कसैलाई थाहा छैन् ।
हत्या, हिंसा, लुटपाट, दलाली, तस्करी, बलात्कार, भ्रष्टचार, देशद्रोहमा लिप्त हुनु अनि भेद खुलेपछि पार्टी र जनताको लागि आवश्यक भनेर जष्टिफाई गर्नु भन्या बामपन्थी विचारधारामा अपरिहार्य योग्यता भित्र पर्छ कि कुन्नि ? नत्र दैनिक यस्ता क्रियाकलापहरु नदोहोरिनु पर्ने हो । यी उल्लेखित योग्यता नभईकन के कम्युनिष्ट पार्टीको अगुवा नेता हुनु सम्भव नै छैन र ?
यी मिथ्या आरोप मात्रै हैनन् बामपन्थी राजनीतिको दुर्घन्धित सत्य पनि हो । जब जनमानसमा स्थापित राजनीतिक पार्टीका नेताहरु अनि जनताबाट म्यान्डेट लिएर सिङ्गो राज्यलाई विवेकपूर्ण तरिकाले संचालन गर्ने जिम्मेवारी बोकेका व्यक्तित्वहरु वैधानिक तरिकाले राज्य संचालनमा दिनहुँ चुक्दै जान्छन र आफ्ना गल्तीहरु स्वीकार्नुको सट्टा त्यसैलाई उचित ठहर्याउन अनर्गल कुतर्क गरेर जग हसाउँछन अनि माथिको शीर्षक सटिक लाग्न थाल्छन् ।
हाम्रो जस्तो दुई शक्ति सम्पन्न विशाल मुलुकका बीच अवस्थित भूपरिवेष्ठित मुलुक आपसी वैमनश्यता मेटेर अगाडि बढ्न सकेन भने रसातलमा पुग्छ भन्ने सामान्य ज्ञान नभएका विज्ञहरु देखेर दिक्क लाग्छ । हैन, यो हुँदै नभएको जुङ्गाको लडाईको के तुक छ ? एउटा अबुझ पहेली बनेको छ । कमसेकम अलिकति नै भएपनि जुँगा भैदिएको भए सुहाउँथ्यो अनि सच्चा देशप्रेमीलाई गर्व पनि लाग्थ्यो । साथ र सहयोग पनि दिन्थे यहाँ तर जता कनिका देख्यो उतै सोच विचारै नगरी हामफाल्नु त मुर्खता हो ।
किनकी कलो खाएपछि आफ्नो पक्षमा भुकाई छाड्छन् मालिकहरुले । अटेर गर्यो खैरियत छैन चट् । हामीलाई महसुस हुन थालेको छ, हाम्रो सरकार वेश्याले झैं जसले सर्वाधिक पैसा तिर्छ उसैको तालमा नाचे जस्तो देखिंदै आएको छ । संवैधानिक पदमा बस्ने सरकार संचालकहरुलाई के कुराको चेतना हुनुपर्छ भने, सरकार र वेश्यालय कि नगरवधु भन्या फरक फरक हुन् । मुखमा छिमेकीले फाल्देको हड्डी च्यापेको कुकुर झैं पुच्छर लुकाएर संधै कुँई कुँई मात्रै गर्ने हो भने त यसले भोलिको पुस्तालाई समेत नराम्ररी न्याक्ने छ र सम्भवत औपनिवेशिक भड्खालोमा नजाक्ला पनि भन्न सकिन्न ।
हाम्रो जस्तो अशिक्षित तथा अल्पज्ञानी जमातको भोट तान्न वा चुनाव जित्न कमवेसी उल्टापुल्टा आश्वासन दिनुलाई पनि त्यति सारै गलत मान्न सकिन्न तर कमसेकम पुरा हुनसक्ने र सर्वाधिक आवश्यक काम त गर्नु पर्दैन र ? इतिहास मै सर्वाधिक शक्तिशाली सरकारले जनताका न्युनतम आवश्यकता परिपूर्ति गर्नेतर्फ छुसुक्क केही नगर्नु त सरासर बेइमानी होइन र ?
उल्टै डा. गाेविन्द केसी, कुलमान घिसिङ जस्ता नेपाली जनताको सेवा गर्ने राष्ट्रका सपुतहरुको तेजोवध गर्नु त आफ्नै लागि खाल्डो खन्नु जस्तै आत्मघाती कदम भएन र ? अन्धालाई चस्मा बेच्ने कला छ भन्दैमा सारा जनता वेकुफ ठान्नु त सरासर गलत हो ।
“अति सर्वत्र वर्जते” भने झैं अति भयो सरकार । जनताको धैर्यताको परिक्षा नलिईयोस । जनताको धैर्यताको बाँध भत्कियो भने सुनामी आउने छ अनि तपाईका मालिकहरु तपाईका NGO / INGO ले तपाइको आस्तित्व जोगाउन सक्लान र ? उखानटुक्काको रिहर्सल छोडेर विश्व इतिहासका पुस्तक पल्टाउनु होस्, जनगुनासो नसुन्नेको हविगत कस्तो भयो । आफ्ना आसेपासेको घेरा तोडेर निस्किनुहोस् अझै सुधार्नै नसकिने गरि भत्किसकेको छैन् ।
हरेक खलनायक भित्र एउटा नायक पनि विधमान हुन्छ भन्छन् । केवल व्यक्तिको प्रवल इच्छाशक्ति, अटुट धैर्यता भए मात्रै पुग्छ । कुपात्रबाट सुपात्र हुने ठाउँ नै नभएको पनि हैन । सस्तो लोकप्रियताको पिछा छोडेर मुठ्ठीभर पिछलग्गुहरुको घेरा तोडेर गुट उपगुटको नेता बन्नु भन्दा देशकै नेता हुने अवसर किन गुमाउने ? सधैं सबैलाई समयले यस्तो अवसर दिंदैन ।
तीन करोड जनताको मन छुने कामको थालनी गर्नुस्, सामान्य जनता मात्रै हैन आलोचकहरु पनि नतमस्तक हुनेछन् । नत्र दशकौंसम्म जनजिब्रोमा यो पार्टी, यसका नेता र वर्तमान सरकारका प्रति दुत्कार बाहेक केही निस्किने छैन् । नेपाली जनता अझै पनि आशान्वित छन् । चेतना भया !!! फ़्र्याङ्कफर्ट, जर्मनी ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएनपिएल क्रिकेट : कोशेढुङ्गा बन्ने अपेक्षा
मंसिर १४, २०८१ शुक्रबार
नेपालमा स्की खेलको सम्भावना
मंसिर ११, २०८१ मंगलबार
भान्सामा नै छ बालबालिकाको पौष्टिक भोजन
मंसिर ११, २०८१ मंगलबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
माओवादी, रास्वपा र स्वतन्त्र गरी ६ जना उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
मंसिर १४, २०८१ शुक्रबार
अल्लु अर्जुनको फिल्म ‘पुष्पा २’ रिलिज अगावै अमेरिकामा बनायो रेकर्ड
मंसिर १५, २०८१ शनिबार
चिया बगानमा विस्फोटक पदार्थ राखेको आरोपमा दुई जना पक्राउ
मंसिर १५, २०८१ शनिबार
परराष्ट्रमन्त्री डा राणा आज स्वदेश फर्कदै
मंसिर १५, २०८१ शनिबार
जासुसी गरेको भन्दै चीनले पठायो पत्रकारलाइ ७ बर्षको जेल सजाय
मंसिर १५, २०८१ शनिबार
बगरफाँट–भकिम्ली सडक: ‘ट्याक’ खुलेको १७ वर्षपछि स्तरोन्नति
मंसिर १५, २०८१ शनिबार