नेपाली इतिहासकै निर्लज्ज सरकार
नेपालबहस संवाददाता
कात्तिक ३, २०७७ सोमबार २२:२३:२५
कर त डरले हैन रहरले तिर्नुपर्ने हो । जनतालाई कर तिर्न उर्दी जारी गर्ने भ्रष्ट सरकारहरुले जनतालाई उत्साहित भएर आफै कर तिर्न जाने वातावरण भने अझैसम्म पनि बनाउन सकिरहेको छैन् । जनतालाई कर मात्रै तिर भन्ने अनि जनताका लागि भने अब केही पनि गर्न सकिन्न भन्ने सरकारलाई अब नागरिकले पनि किन खाई नखाई गरेर कर तिर्ने ??
आफै भ्रष्टाचारको दुर्गन्धमा फसेपछि, देशको प्रधानमन्त्री भैसकेको ब्यक्तिले आम नागरिकका सामु भ्रष्टाचारको रकम समेत उल्लेख गरेर भ्रष्टाचारी भनेर सार्वजनिक गरिसकेपछि पनि निर्लज्जताका साथ हामी भ्रष्टाचारमा शुन्य सहनशिलता अपनाउँछौ भन्दै कुर्लिनुको के नै पो अर्थ राख्छ र ? कि यस्तो बोल्ने पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई बिरुद्ध किन यस्तो कुरा भन्दै हिडेको ? भनेर समातेर कार्वाही गर्न यो सरकारलाई डर लाग्छ र ?
लामाे समयदेखिको महामारीका कारण नागरिकको गुम्दै गएको रोजगारी र महामारीका रुपमा फैलँदै गएको रोगका कारण नागरिकमा भुषको आगो झै फैलँदै गएको त्रासका कारण नागरिकहरु सडकमा थाल थाप्न आउनु पर्ने अवस्था सृजना भैरहेको छ । गहिरिएर हेर्ने हो भने जनतामा आम्दानीको श्रोत नै नभएको अवस्था अहिले आईसकेको छ ।
तर सोझासिधा नागरिक र ईमान्दार व्यापारीहरुलाई डण्डा बजाएर कर असुल्ने अभियानमा लागेको सरकार आफ्ना हितैषी, शुभचिन्तक तथा ठूला ब्यापारी, उद्योगी र घरानाहरुबाट भने सुको पनि कर असुल्न नसक्ने निरिह अवस्थाको देखिएको छ । जनताको दैनिकीसमेत चल्न समस्या परेर श्रमजीवी नागरिकहरु जनता सामु राहतको लागि हात फैलाईरहेका बेलासमेत नागरिकहरुलाई कर छुटको प्रावधानसम्म ल्याउन नसक्नु सरकारको अति नै अशाेभनिय कार्य बन्दै गैरहेको छ ।
बिद्युत, पानी, घर, जग्गा, उद्योग, कलकारखाना, ब्यापार, ब्यवसाय, भौतिक सम्पत्ति तथा निजी तथा सार्वजनिक सम्पत्तिहरुको नियम संगत कर लिनु सरकरको दायित्व हो । भन्सारमा भित्रिने र बाहिर पठाईने चिज तथा बस्तुहरुमा लिईने करको दायरा सरकारको नीति तथा कायक्रम र बजेट भाषणमार्फत तय भएकै हुन्छ ।
जनताबाट उठाईएको आनासुकी करको रकम समेत राजनैतिक दलका नेता तथा कार्यकर्ताहरुलाई दशैं भत्ता र कोरोना भत्ताका रुपमा मात्र हैन डन भत्ता, गन भत्ता, टोले भत्ता, झोले भत्ता, मुन्द्रे र पाखुरे भत्ताका रुपमा उपयोग हुने क्रममा तिब्रता आएपछि यस्तो नालायक सरकार र सरकार सञ्चालन गर्ने दलका नेता तथा कार्यकर्ताहरुलाई अनाहकमा बाँडिने रकमका लागि आम नागरिकमा किन तिर्ने कर ? भन्ने चर्को बहस अहिले बजारमा शुरु हुन थालेको छ ।
नागरिकले बिरामी हुँदा पाउने न्यूनतम स्वास्थ्य सुबिधा पनि अहिले पाउन सकिरहेका छैनन् । बेहोश नभईकन या मरेको लाईसेन्स लिनुपर्ने अवस्था नआएसम्म अस्पताल नआउनु भनेर उर्दी जारी गर्ने सरकारका स्वास्थ्य विभागका प्रवक्ताका निमोठिएका भाषाका कारण पनि जीवन र मृत्यूसँग पौठेजोरी खेलिरहेका सर्वसाधारण नागरिकमा पीडामाथि झन आक्रोस थपिदिएको देखिन्छ ।
वास्तवमै भन्नु पर्दा अहिले देशमा सरकार छ र ? भन्ने आभास आम नागरिकमा परिरहेको छ । शिक्षामा लुट, स्वास्थ्यमा लुट, खानेपानी र उपभोग्य वस्तुमा लुट, यातायातमा लुट, विकास निर्माणका काममा लुट, बाटोमा लुट, मान्छे मर्दा घाटमा लुट, तर राज्यसत्ता सञ्चालन गर्नेहरुलाई चाँहि छुटैछुटको व्यवस्था अब नागरिकहरुले कति दिन हेरेर बस्ने ?? जताततै लुटै लुटको ब्यापार फस्टाए पछि जनताले चाँहि के अब आफ्नाे मर्ने दिन मात्रै कुरेर बस्ने ?
सामान्य अवस्थामा नागरिकहरुको दैनिकी जसोतसो आफैले चलाईरहेका हुन्छन् । नेपाली समाजमा अहिले पनि सरकार भन्दा आफन्त र छरछिमेक नै मर्दा पर्दा सहयोगी बन्छन् । तर नागरिकले थेग्नै नसक्ने गरि महामारी नै फैलिएपछि नागरिकलाई उचित औषधोपचार गर्ने र नागरिक बचाउने जिम्मा सरकारको हैन र ? यदि नागरिकको जीवन बचाउन सक्दिन भन्ने लाग्छ भने, जनताको आशामा तुषारापात लाग्ने खालका अभिब्यक्ति स्वयं सरकार पक्षबाटै आउछ भने, देशमा रहेको सरकार अब फेल भयो, यस्तो सरकारबाट नागरिकले राहतको आश गर्ने दिन गयो, भनेर आम नेपाली जनताले भन्न पाउने कि नपाउने ?
फेल भएको सरकारलाई कक्षा चढाउने र दिनदिनै मान्छे मराउने, मरेका मान्छेको संख्या र संक्रमितको संख्याको जनगणना मात्रै सरकारी समाचार माध्यमबाट भन्न लगाउने हो भने किन सार्वजनिक गर्नु यस्तो जनतालाई नै भयभित पार्ने, जनतालाई नै आतंकित पार्ने तथ्यांकगत आँकडाहरु ??
हुन त अहिले देशको सरकार नै कोरोनाको महामारीको संक्रमणमा परेर स्वयं आईसोलेशनमा रहेको छ । जसोतसो नेपाली मनले टालेर राखेको भाइचारमा पनि बिस्तारै छिद्रैछिद्रा परेर गैरहेको छ । अब त जनताको सरकारप्रतिको आशा पनि बिस्तारै मर्दै गैरहेको छ । जनतालाई अति नै उकुसमुकुसको अवस्था सृजना भैरहेको छ ।
हे सरकारका सारथीहरु हो, सरकारी तलब खानेको र सरकारमा जानेको मात्रै उपचार राज्यले गराउने जस्तो निर्लज्जताको पराकाष्ठबाट बाहिर निस्कने चेष्टा गर । जनता अझै पनि बाँच्न चाहिरहेका छन् । देशमै केही गरेर भए पनि हाँस्न चाहिरहेका छन् । तिम्रा ब्यवहारका कारण र तिम्रा तुच्छ बचनका कारण गरिब नेपालीको मनमा घाउ नलागोस् । यो सरकार नेपाली ईतिहासकै निर्लज्ज सरकार बन्यो भन्ने दुर्गन्ध नचलोस् ।
बर्षौ मरेर चाडबाडमा हाँस्न लागेका ओठहरुमा हाँसो नहराओस्, जनताका आँखाबाट आँसु नझरोस् । हामीले तिम्रा मनगढन्ते उखान टुक्का धेरै सुनिसक्यौं । यो सरकारबाट अब नेपाली जनताले कुनै राहत पाउँदैनन् भनेर मनमा गुनिसक्यौं । अब जनता आक्रोशित भैसकेका छन् । जनता यो सरकारको विपक्षमा गैसकेका छन् ।
मरेको प्रतिपक्ष भएका कारण केही सुस्ताएका नागरिक आउनै लागेको महान चाड दशैं, तिहार र छठ पछाडि सडकमा आउने निश्चित छ ।त्यसको नेतृत्व कस्ले गर्छ ? अब जनता कस्को भर पर्छ ? भन्ने कुरा पनि अब त्यही आन्दोलनले गर्नेछ । हेर्दै जाउँ, त्यतिबेला सम्ममाको कहाँ पुग्नु पर्नेछ ??
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएनपिएल क्रिकेट : कोशेढुङ्गा बन्ने अपेक्षा
मंसिर १४, २०८१ शुक्रबार
नेपालमा स्की खेलको सम्भावना
मंसिर ११, २०८१ मंगलबार
भान्सामा नै छ बालबालिकाको पौष्टिक भोजन
मंसिर ११, २०८१ मंगलबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
माओवादी, रास्वपा र स्वतन्त्र गरी ६ जना उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
मंसिर १४, २०८१ शुक्रबार
अल्लु अर्जुनको फिल्म ‘पुष्पा २’ रिलिज अगावै अमेरिकामा बनायो रेकर्ड
मंसिर १५, २०८१ शनिबार
चिया बगानमा विस्फोटक पदार्थ राखेको आरोपमा दुई जना पक्राउ
मंसिर १५, २०८१ शनिबार
परराष्ट्रमन्त्री डा राणा आज स्वदेश फर्कदै
मंसिर १५, २०८१ शनिबार
जासुसी गरेको भन्दै चीनले पठायो पत्रकारलाइ ७ बर्षको जेल सजाय
मंसिर १५, २०८१ शनिबार
बगरफाँट–भकिम्ली सडक: ‘ट्याक’ खुलेको १७ वर्षपछि स्तरोन्नति
मंसिर १५, २०८१ शनिबार