बिचौलियाको चक्रब्यूहमा ओली
नेपालबहस संवाददाता
मंसिर ११, २०७७ शुक्रबार १:५:६
नेकपाको आन्तरिक द्धन्द्ध घटदो क्रममा भन्दा पनि निरन्तर बढदो क्रममा छ । पार्टी एकताका पक्षमा पार्टीका दोश्रो पुस्ताका नेता तथा कार्यकर्ताहरु देखिए पनि नेतृत्व तहका नेताहरु पार्टी बिभाजनमै आफ्नो भविष्य देख्न थालेका छन् । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीले पार्टी र सरकारमा एकछत्र राज गर्न थालेपछि अन्य वरिष्ठ नेताहरु लगायत पार्टीमा अवसरबाट बञ्चित कार्यकर्ताहरु पनि प्रधानमन्त्रीका बिरुद्धमा गोलबद्ध हुँदै गैरहेका छन् ।
धेरै आशा र जनअपेक्षाका साथ एकाकार भएको नेकपा माओवादी केन्द्र र नेकपा एमाले छोटो समयमै टुक्रिने या चोईटिने अवस्थामा पुगेको देखिदैछ । जनताका तमाम आशा र भरोषामा तुषारापात हुने गरि पार्टी र सरकारमा देखिएको वर्तमान द्धन्द्धले सिंगो मुलुकलाई नै घाटा पुर्याईरहेको देखिन्छ ।
नेतृत्वमा रहेकाहरुको दम्भ र नेतृत्वमा नपुगेकाहरुको पदलोलुपता नै नेकपा भित्रको विवादको केन्द्र भएको अनुमान लगाउन सकिन्छ । नेतृत्वलाई सहि मार्ग निर्देशन गर्न सक्ने आधारहरु समेत निरन्तर क्षयीकरण हुँदै गएपछि अब फुटेको ऐनालाई जोडेर हेर्नु हुँदैन भन्ने नेपाली उखान चरितार्थ हुने आधारहरु भने प्रशस्त रुपमा तैयार भैरहेका छन् ।
जीवनका प्रारब्धमा भोगेको आर्थिक अभावलाई वर्तमानमा प्राप्त भएको भौतिक उपलब्धिलाई जीवनको उत्तरार्धमा उपभोग गर्ने नीतिका कारण पनि प्रधानमन्त्री ओलीका वर्तमानहरु बिगत भन्दा अझ धेरै बदनाम बन्दै गैरहेका छन् । प्रधानमन्त्री ओलीको राजनैतिक उचाईलाई उनकै द्रब्यमोहका कारण क्रमशः स्खलित बनाउँदै लगिरहेको कुरामा भने उनी आफै पनि अनभिज्ञ रहनु आफैमा लाजमर्दो कुरा बनेको छ ।
शुरुका दिनमा देश र राष्ट्रप्रति अत्यन्तै उदार र समर्पित ओली पछिल्ला दिनमा बिचौलिया, दलाल, भ्रष्ट र ब्यापारीहरुको चक्रब्यूहमा फँसेका देखिन्छन् । पार्टीका आधिकारिक समितिहरुको बैठक बसाउने, पार्टीमा देखिएका आन्तरिक असंन्तुष्टिहरुलाई छलफलको माध्यमबाट निराकरण गर्ने, सरकारका भावी योजना र जनकेन्द्रित बिकासका अवधारणाहरुलाई पार्टीकाे तल्लो तहसम्म लैजाने, जनताले अनुभूति गर्न सक्ने र छिटो प्रतिफल निस्कने विकास कार्यक्रमहरु सञ्चालन गर्ने कुराहरुमा सरकारको ध्यान जान नसक्नु, सरकार सञ्चालनमा यसअघि नै बदनाम भैसकेका ब्यक्तिहरु, भ्रष्टाचारको आरोपमा नाम संलग्न भैसकेका नेतृत्वहरुलाई अझै पनि काखी च्यापेर हिडनुले पनि प्रधानमन्त्रीको आफ्नाे कद निरन्तर रुपमा घटाउँदै गएको देखिन्छ ।
जीवनका प्रारब्धमा भोगेको आर्थिक अभावलाई वर्तमानमा प्राप्त भएको भौतिक उपलब्धिलाई जीवनको उत्तरार्धमा उपभोग गर्ने नीतिका कारण पनि प्रधानमन्त्री ओलीका वर्तमानहरु बिगत भन्दा अझ धेरै बदनाम बन्दै गैरहेका छन् । प्रधानमन्त्री ओलीको राजनैतिक उचाईलाई उनकै द्रब्यमोहका कारण क्रमशः स्खलित बनाउँदै लगिरहेको कुरामा भने उनी आफै पनि अनभिज्ञ रहनु आफैमा लाजमर्दो कुरा बनेको छ ।
भ्रष्टहरुलाई कार्यबाहीको घेरामा ल्याउने भनेर प्रधानमन्त्रीको शपथ खाएर बालुवाटार छिरेका ओलीले प्रधानमन्त्री बनेको ३ बर्ष बितिसक्दा पनि स्वयं भ्रष्टहरुलाई संरक्षण र छहारी प्रदान गर्दै आफ्नै वरिपरीको चौघेरामा राखी राख्नाले पनि उनकै सहयोगीहरु क्रमशः उनीबाट टाढिदै गएका देखिन्छन् ।
आफ्नै पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड समूहसँग सिंगो नेकपा र ओली सरकार किन डरायो ? भन्ने बिषयमा पनि अब प्रधानमन्त्रि ओलीले मनन गर्नुपर्ने अवस्था आईसकेको छ ।
कुनैबेला एकल राष्ट्रवादीको उपाधि गुथ्न सफल भएका वर्तमान प्रधानमन्त्री ओली अहिले किन बदनामको घेरा भित्र साघुँरिए ? सधैं बालुवाटारलाई आफ्नै पुख्र्यौली घर संझिने बानीले पनि प्रधानमन्त्री ओलीलाई बलुवाटार बाहिर आफ्नो बिषयमा के के खिचडी पाकिरहेको छ ? भन्ने बिषयमा कुनै जानकारी नभएको हो या भएर पनि यस्ता बिषयहरुलाई एक दुई वटा उखान टुक्काले बिट मार्छु भन्ने सोच राखेर हो ? उनी त्यति गम्भिर भएको पनि देखिएन ।
उनी प्रधानमन्त्री बनिसकेपछि हिजोको जस्तो उनको एकल राष्ट्रवादको बिरगाथा पनि नेपाली राजनैतिक आकाशमा देखिएन् । उनका समर्थनमा अहिलेसम्म कुनै पनि राम्रो कामको समाचारहरु नेपाली सञ्चार माध्यममा लेखिएन । सधैं अर्कालाई खुईल्याएर आफु महान बन्ने सपना बोकेका ओलीलाई जब आफ्नै नेता तथा कार्यकर्ताहरुले एक पछि अर्को लाञ्छना लगाउँदै मौखिक तथा लिखित टिकाप्पिणीहरु गर्न थाले पछि भने प्रधानमन्त्री ओलीका नौनारी बिस्तारै गल्दै जान थालेको आभाष भने देखिदै जान थालेको छ ।
देशकै सरकार प्रमूखका बिषयमा यसरी निरन्तरका टिकाटिप्पणीहरु समाचार माध्यमहरुले कोट्याउन थालेपछि, यस्ता बिषयहरु बजारमा छ्यासछ्यास्ती आउन थालेपछि उनकै सल्लाहकारहरुले यस्ता बिषयहरुमा स्वयं प्रधानमन्त्रीसँग ब्यापक छलफल गर्नु पर्ने बिषय होईनन् र ?
सधैं गोकुल र ईश्वर पोखरेलहरुसँग मात्रै रमाउने, भ्यागुत्ताको कथा सुनाएर देशका पढेलेखेका बुद्धिजीवीहरुको मानमर्दन गर्नमै सक्रिय रहेका प्रधानमन्त्री देश बिकासको लागि निर्माण कार्यको जिम्मा लिएर पनि बर्षौसम्म काम नसकी प्रधानमन्त्रीकै वरिपरी घुमिरहने देशका धमिराहरुलाई मात्रै आफ्ना सहोदर साथी संझनाले पनि वर्तमान प्रधानमन्त्री अत्यधिक रुपमा बदनाम बन्दै गएको कुरालाई अब नेकपाका नेता तथा कार्यकर्ताहरुले मात्र हैन सिंगो देशबासीहरुले स्पष्ट रुपमा बुझिसकेका छन् ।
कसैले सामान्य कुरा उठान गर्दा पनि तत्काल उखानटुक्कामा प्रतिउत्तर दिनसक्ने खुबी भएका प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओलीलाई अहिले आएर आफ्नै पार्टीका अध्यक्षद्धारा लगाईएका आरोप तथा बदनामका पगरीहरुको स्पष्ट र सटिक जवाफ दिनै नसक्ने अवस्थामा प्रधानमन्त्री ओलीलाई कस्ले र किन पुर्यायो ? आफ्नै पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड समूहसँग सिंगो नेकपा र ओली सरकार किन डरायो ? भन्ने बिषयमा पनि अब प्रधानमन्त्री ओलीले मनन गर्नुपर्ने अवस्था आईसकेको छ ।
सधैं भ्रष्टहरुको चौघेरामा मात्रै रमाउने, ओम्नी, यति लगायतका बदनाम कमाएका समूहहरुसँग जन्मोत्सव मात्रै मनाउने, देश बिकासको मूल अभियानलाई बीच बाटोमै थाती राखेर गोबरग्याँसको उदघाटनमा रमाउने, पानीजहाज र रेलका कुरा सुनाएर सरकार आफै औषधिमा ब्रम्हलुट हुनेगरी कमाउने, सधैं गोकुल र ईश्वर पोखरेलहरुसँग मात्रै रमाउने, भ्यागुत्ताको कथा सुनाएर देशका पढेलेखेका बुद्धिजीवीहरुको मानमर्दन गर्नमै सक्रिय रहेका प्रधानमन्त्री देश बिकासको लागि निर्माण कार्यको जिम्मा लिएर पनि बर्षौसम्म काम नसकी प्रधानमन्त्रीकै वरिपरी घुमिरहने देशका धमिराहरुलाई मात्रै आफ्ना सहोदर साथी संझनाले पनि वर्तमान प्रधानमन्त्री अत्यधिक रुपमा बदनाम बन्दै गएको कुरालाई अब नेकपाका नेता तथा कार्यकर्ताहरुले मात्र हैन सिंगो देशबासीहरुले स्पष्ट रुपमा बुझिसकेका छन् ।
यसर्थ प्रधानमन्त्री ओलीले आफ्ना बिगतका कमीकमजोरीहरुलाई ईमान्दारिताका साथ आत्मसाथ गर्दै, सरकार परिवर्तन गर्न आफ्नाे दल भित्र देखिएका असमझदारीहरुलाई आन्तरिक रुपमा निरुपण गर्दै सरकार परिवर्तनका हल्ला गर्दै जनादेशको अबमुल्यन गर्नुभन्दा पनि यहि सरकारलाई बाँकी कार्यकाल अझै प्रभावकारी रुपमा अगाडि बढाउनु नै ओलीको बुद्धिमानी हुने देखिन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएनपिएल क्रिकेट : कोशेढुङ्गा बन्ने अपेक्षा
मंसिर १४, २०८१ शुक्रबार
नेपालमा स्की खेलको सम्भावना
मंसिर ११, २०८१ मंगलबार
भान्सामा नै छ बालबालिकाको पौष्टिक भोजन
मंसिर ११, २०८१ मंगलबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
माओवादी, रास्वपा र स्वतन्त्र गरी ६ जना उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
मंसिर १४, २०८१ शुक्रबार
अल्लु अर्जुनको फिल्म ‘पुष्पा २’ रिलिज अगावै अमेरिकामा बनायो रेकर्ड
मंसिर १५, २०८१ शनिबार
चिया बगानमा विस्फोटक पदार्थ राखेको आरोपमा दुई जना पक्राउ
मंसिर १५, २०८१ शनिबार
परराष्ट्रमन्त्री डा राणा आज स्वदेश फर्कदै
मंसिर १५, २०८१ शनिबार
जासुसी गरेको भन्दै चीनले पठायो पत्रकारलाइ ७ बर्षको जेल सजाय
मंसिर १५, २०८१ शनिबार
बगरफाँट–भकिम्ली सडक: ‘ट्याक’ खुलेको १७ वर्षपछि स्तरोन्नति
मंसिर १५, २०८१ शनिबार