पूर्व माओवादी – गोब्रे च्याउदेखि महाझ्याउसम्म
नेपालबहस संवाददाता
मंसिर ३०, २०७७ मंगलबार २३:१३:३३
नेपालका वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली उमेरले नेटो काटे पनि बोली र व्यवहारमा ठट्यौले पाराकै देखिन्छन् । जतिसुकै ठूलो समस्या र अप्ठ्यारो परिस्थित भएपनि उनी आफ्ना प्रतिद्वन्द्वीलाई उखान टुक्काको माध्यमले कठोर प्रहार मात्र गर्दैनन् ,खुत्रुक्कै पार्न र शेखी झार्न समेत बाँकी राख्दैनन् ।
चाहे पार्टीको जिम्मेवार पदमा आसिन हुँदा होस् या सरकार प्रमूखको जिम्मेवारी सम्हाल्दा नै किन नहोस्, उनमा यस्ता पद र जिम्मेवारीका कुराहरुले खाँसै फरकसमेत पारेको देखिदैन् । उखान टुक्का मात्रै फुर्नु पर्छ, कुन बिषयमा, कहाँ, कसरी, कुन परिस्थितिमा उपस्थित भएको छु भन्ने समेत उनलाई हेक्का हुँदैन कि भन्ने आशंका पनि कहिलेकाँही आम नागरिकहरुलाई पर्ने गरेको देखिन्छ ।
२०६२/०६३ को राजनीतिक परिवर्तनपछि उनमा झनै बढी उखान टुक्काको भण्डार खुलेको देखिन्छ । जब उनले माओवादीसँग निर्वाचनमा पराजय भोगे, जब नेपालमा नेकपा माओवादी केन्द्रले सबैभन्दा ठूलो पार्टीका साथ सरकार बनायो, तब उनलाई ठूलो राजनीतिक धक्का लाग्यो । त्यस पछि त के उनमा उखान टुक्काको उभार उर्लियो, त्यो उभार मात्रै माओवादीमा गएर ठोक्कियो, छछल्कियो अनि पोखियो ।
झुसिलेबाटै पुतली बन्ने भए पनि झुसिलेलाई पुतली भनिदैन । झुसिले झुसिले नै हो, पुतली पुतली नै हो । हामी माओवादीलाई पुतली बनाएर छोडछौ अनि पुतली भनौंला । अहिले झुसिले हो माओवादी, पुतली होईन । बास्तवमा अहिलेको नेकपाको आन्तरिक द्वन्द हेर्दा लाग्छ, पुतली र झुसिल्कीराको समिश्रम नै गलत समयको संयोग त थिएन ?
माओवादीलाई प्रहार गर्दै उखान हाने– माओवादी भनेको छत्रेच्याउ मात्रै हो, भदौको ठूलो थोप्ला पानीले नै ठेगान लगाउँछ । उनले यत्तिमै मात्रै चित्त बुझाएनन् अथवा भनौ उनको मन भित्र लागेको आगो यत्तिमै मात्रै निभेन अनि थपे– बनमाराको झाडीमा पीपलको बिरुवा छोपियो भनेर पीपल हरायो भन्न मिल्दैन । एमाले पीपलको विरुवा हो, माओवादी बनमाराको झाडी । पीपल रुख बनेपछि बनमारा आफै खुईलिएर जान्छ । आफुलाई पीपलसँग तुलना गर्दै जसलाई उनले बनमारासँग तुलना गरें अन्त्यमा त्यही बनमारासँग पीपलको बिबाह समेत गराई दिए ।
उखानटुक्काका बादशाह मानिने ओलीले नेकपा एमालेलाई हात्ती र माओवादीलाई मुसासँग तुलना गर्दै भन्थे, हात्ती दुब्लाएर बोरामा पस्दैन, मुसो मोटाएर हात्ती पनि हुँदैन । सधैं अरुलाई सानो र आफुलाई रानो सम्झने एमालेले माआवादीलाई यहाँसम्म ल्याएकै हो । उसलाई सुधार्न एमालेले गरेको आलोचनलाई बिरोध नसम्झोस् । किनकी छोराको तिघ्रा बढे पनि बाबुलाई अभिभावक होईन भन्न मिल्दैन । उनको यो अभिव्यक्तिले पूर्व माओवादीको भरणपोषण र लालनपालन सबै पूर्व एमालेले नै गरेको हो भन्ने स्पष्ट रुपमा झल्किन्छ ।
पहिलो संबिधानसभाको निर्वाचनमा पूर्व माओवादीसँग नराम्ररी पछारिएका ओलीलाई धेरै समयसम्म राति निन्द्रा लाग्दैनथ्यो भनेर उनका आफ्नै नजिकैका सहयोगीहरु बताउने गर्दथे । त्यसैको परिणाम ओलीले मञ्च भेट्टायो कि बर्बराउन थालिहाल्थे, झुसिलेबाटै पुतली बन्ने भए पनि झुसिलेलाई पुतली भनिदैन । झुसिले झुसिले नै हो, पुतली पुतली नै हो । हामी माओवादीलाई पुतली बनाएर छोडछौ अनि पुतली भनौंला । अहिले झुसिले हो माओवादी, पुतली होईन । बास्तवमा अहिलेको नेकपाको आन्तरिक द्वन्द हेर्दा लाग्छ, पुतली र झुसिल्कीराको समिश्रम नै गलत समयको संयोग त थिएन ?
उनको बाक चातुर्यतालाई हेर्दा लाग्छ, उनी पहिले पनि माओवादीलाई बामपन्थी भन्दैनथे, उग्रबामपन्थी भन्थे । उनले भनेका छन्, पछि बामपन्थी बनाउँछौ भनेर उग्रबामपन्थी माओवादीलाई अहिले नै बामपन्थी भन्न मिल्दैन । जुन दिन हामी उसलाई रुपान्तरण गरेर बामपन्थी बनाउन सक्छौं, त्यहि दिन बामपन्थी भनौंला । हाललाई माओवादी बामपन्थी होईन ।
माओवादीलाई सुधार्नु अप्ठ्यारो काम रहेछ । औषधि खुवायो निल्दैन, एकछिन मुखमै राख्छ, यताउती हेरेर ओकलिहाल्छ । अनि हामी के गर्नु त ? जति जति उनले माओवादीको खैरो खनेर रमाए, आखिर पछि तिनै माओवादीसँग बाँहा जोडेर मित लगाए ।
उनको यो भनाईको आशयबाट स्पष्ट हुन्छ, नेपालमा बाम एकताका लागि र दर्बिलो कम्युनिष्ट पार्टी बनाउनका लागि एमाले र माओवादीको एकिकरण भएकै थिएन । ओलीकै भाषामा बुझ्ने हो भने उग्रबामपन्थीलाई बामपन्थीमा रुपान्तरण गर्ने एक अभियान थियो । तर उनको यो अभियानले कति किलोमिटरको दुरी पार गरिसक्यो भन्ने चाँहि उनैलाई मात्रै थाहा हुने कुरा रह्यो ।
सिनेमाको कहानीसँग जोडिएको ओलीको अर्को रमाईलो तुक्का सिनेमामा हिरो हिरोईनको जस्तो सम्बन्ध भो, एमाले र माओवादीको भन्ने तुक्काले पनि केही दिन बजार तताएको थियो । माओवादीसँगको सहकार्यमा सरकार बनाउँदा पनि माओवादीलाई छेड हान्न छोडेनन ओलीले, भने माओवादीको नेतृत्वमा सरकार बनाउँन साथ दियौं, सल्लाह गरेर काम गर्न सुझाव दियौं, नउफ्री, नढल, नकुद्, जमिन हेर भन्दाभन्दै मानेन, आफ्नै खुट्टामा अल्झेर लड्यो ।
माओवादीप्रति सुबिचार भन्दा बढी कुबिचार ओकल्ने ओलीले माओवादीलाई त्यतिमा मात्रै चित्त बुझाएनन् अनि थपे हावा भरिएको बेलुन जस्तो आकार मात्र ठूलो भएर हुँदैन, तौल पनि चाहिन्छ । रुक्मांगत नामको छेस्कोले के घोचेको थियो फ्यास्स हावा खुस्कियो ।
झुम्के बुलाकी दिउँला, कण्ठे तिलहरी दिउँला भनेर फकाएर ल्याएको होईन, माओवादीप्रति उनको रोष र आक्रोश अन्य राजनीतिक दलभन्दा बढी आक्रामक र बेलगाम देखिन्थ्यो । हुन त मधेश आन्दोलनप्रति पनि ओलीले कटाक्ष नगरेका होईनन् । उनले भनेका थिए, एउटा झोला किन्दे भनेर कसैले भन्यो भने झोला किनिदिन सकिन्छ, त्यतिले पुगेन, एउटा हात्ती पनि किनिदे भन्ला त्यो पनि किनिदिन सकिएला, लौ अब त्यो हात्ती यो झोलामा हालिदे भनेर निहुँ खोज्यो भने के गर्ने ?
माओवादी पार्टी संसदमा सबैभन्दा ठूलो हुनुको पीडा ओलीलाई भन्दा बढी अरु कसैलाई भएन होला उ बेलामा । उनी आफै उखानटुक्कामा हराउँथे, आफै माओवादीसँग डराउँथे अनि कोही दुईचार जना मान्छे भेट्टायो कि टुक्का शुरु गरि हाल्थे–दुई माना दूध उम्लेर एक पाथी जाने डेक्ची भरिए जस्तै हो माओवादी, दुई मानालाई एक पाथीको भ्रम परेछ । पछि त्यही दुईमाना नमिसाई नेकपा पाथी नपुग्ने भएपछि दुबैलाई एकै ठाउँमा समाहित गराए ।
माओवादीलाई सुधार्न ओलीले निक्कै मेहनत गरेको कुरालाई समेत उनले आम नेपाली नागरिकलाई उखान टुक्का मै जानकारी गराएका थिए ।माओवादीलाई सुधार्नु अप्ठ्यारो काम रहेछ । औषधि खुवायो निल्दैन, एकछिन मुखमै राख्छ, यताउती हेरेर ओकलिहाल्छ । अनि हामी के गर्नु त ? जति जति उनले माओवादीको खैरो खनेर रमाए, आखिर पछि तिनै माओवादीसँग बाँहा जोडेर मित लगाए ।
माओवादीलाई शान्ति प्रक्रियामा ल्याउँदा झुम्के बुलाकी दिउँला, कण्ठे तिलहरी दिउँला भनेर फकाएर ल्याएको होईन, माओवादीप्रति उनको रोष र आक्रोश अन्य राजनीतिक दलभन्दा बढी आक्रामक र बेलगाम देखिन्थ्यो । हुन त मधेश आन्दोलनप्रति पनि ओलीले कटाक्ष नगरेका होईनन्। उनले भनेका थिए, एउटा झोला किन्दे भनेर कसैले भन्यो भने झोला किनिदिन सकिन्छ, त्यतिले पुगेन एउटा हात्ती पनि किनिदे भन्ला त्यो पनि किनिदिन सकिएला, लौ अब त्यो हात्ती यो झोलामा हालिदे भनेर निहुँ खोज्यो भने के गर्ने ? मधेशको माग भनेको यस्तै हो ।
समग्रमा हेर्दा ओलीले असाध्यै प्रहार र असाध्यै अंकमाल गरेको पार्टी भनेकै माओवादी पार्टी नै हो । उनलाई ब्यङ्ग्यबाण प्रहार गर्न र हातेमालो गर्न दुबै कुरा राम्ररी आउँछ । त्यही भएर त उनी देश बनाउने भन्दा नेतालाई आफ्नाे बनाउनेमा नै आफ्नाे अधिकांश समय खर्च गर्छन् । उनको जिउहजुरी गर्ने नेताहरु नै उनका नजरमा नम्बरी कम्यूनिष्ट बन्छन् । अझै अहिले कहिलेकाँही कताकता बिप्लव माओवादीसँग पनि सहकार्यको कुरा हुँदै गरेको चर्चा परिचर्चा मिडियाहरुमा आउँछन् ।
पहिलाको अंकमाल नै अहिले उनलाई महाझ्याउ भएको उनका अहिलेका अभिब्यक्ति र उनलार्ई गरिएका पूर्व माओवादी समूह र पुरानो आफ्नै दल एमालेका वरिष्ठ नेताहरुको घेराबन्दीले सहजै अनुमान गर्न सकिन्छ । पहिला पहिला उखानटुक्कामा रमाउने ओली अहिले भने कमेडी र टिकटक पनि औधी रुचाउँछन् । बालुवाटारबाट बाहिर निस्किनै नपर्ने देशका प्रधानमन्त्री अब कहिले प्रधानमन्त्रीको कार्यालय सिंहदरबार जान्छन् ? सूचनामा आफुलाई असाध्यै अब्बल ठान्ने उनी भन्छन्–गाडी र प्लेन भन्दा छिटो हिडेर यी मिडियाले चार मिनेटमै कसरी पुरै देशको समाचार थाहाँ पाउँछन् ???
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएनपिएल क्रिकेट : कोशेढुङ्गा बन्ने अपेक्षा
मंसिर १४, २०८१ शुक्रबार
नेपालमा स्की खेलको सम्भावना
मंसिर ११, २०८१ मंगलबार
भान्सामा नै छ बालबालिकाको पौष्टिक भोजन
मंसिर ११, २०८१ मंगलबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
माओवादी, रास्वपा र स्वतन्त्र गरी ६ जना उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
मंसिर १४, २०८१ शुक्रबार
अल्लु अर्जुनको फिल्म ‘पुष्पा २’ रिलिज अगावै अमेरिकामा बनायो रेकर्ड
मंसिर १५, २०८१ शनिबार
चिया बगानमा विस्फोटक पदार्थ राखेको आरोपमा दुई जना पक्राउ
मंसिर १५, २०८१ शनिबार
परराष्ट्रमन्त्री डा राणा आज स्वदेश फर्कदै
मंसिर १५, २०८१ शनिबार
जासुसी गरेको भन्दै चीनले पठायो पत्रकारलाइ ७ बर्षको जेल सजाय
मंसिर १५, २०८१ शनिबार
बगरफाँट–भकिम्ली सडक: ‘ट्याक’ खुलेको १७ वर्षपछि स्तरोन्नति
मंसिर १५, २०८१ शनिबार