जनताको आव्हान, युवालाई मतदान
नेपालबहस संवाददाता
पुस ७, २०७७ मंगलबार ११:४५:३२
आफुले चालेका असल खराव कदमहरुलाई भरथेग गर्न र सत्ता टिकाउन पटक–पटक ल्याईएका अध्यादेशले समेत मुलुक नचल्ने अवस्था देखिए पछि अब मुलुक निर्वाचन तर्फ मोडिएको छ । जनताको अभिमतलाई शिरोपर गर्दै अब राजनैतिक दलहरुले आफ्नाे–आफ्नाे दलको कुम्लो कुटुरो बाँध्न शुरु गर्नु पर्छ । स्वेच्छिक राजनैतिक अबकासको बाटोलाई खुल्ला राख्दै अब नयाँ र युवाहरुलाई अवसर दिनु पर्छ । घरमा कमाउने छोरो भन्दा बुढो अभिभावक सम्मानित हुन्छ भन्ने कुरालाई पनि अब दलका नेताहरुले मनन गर्नुपर्छ ।
वर्तमानका राजनैतिक दलहरुका कार्यशैली र विचारहरुलाई आत्मसात गर्ने हो भने नत मुलुकले निकास पाउँछ, नत जनताले विकास पाउँछ । पाउँछ त केवल नेताका आसेपासे, झोले चम्चेले चुनावमा टिकट पाउँछ । यिनिहरुले जनतालाई फेरि पनि बलीको बोको बनाउँछन् । विचरा जनतालाई दुईचार दिन बैशाखको तातो घाँम तपाउँछन् । आफु जसरी पनि र जे तिकडम गरेर भए पनि चुनाव जित्छन् अनि राजधानीको बाटो तताउँछन् ।
त्यसैले अब जनता जाग्नु पर्छ । बर्षौको आफ्नाे लगानीको अब हिसाब किताब माग्नु पर्छ । फेरि पनि देश बनाउँछौ भनेर जनताका घर आँगनमा आउने वर्तमानका नेता भनाउँदा देशका गद्दारहरुलाई छानी–छानी भाटा हान्न सक्नु पर्छ । जनताले ३० बर्षसम्म लगातार यिनलाई निःस्वार्थ र निःशुल्क प्रदान गरेको मतदानको एक एक हिसाब किताब माग्नु पर्छ ।
सधैं बाटामा ढुंगा मात्रै हानेर नेता बन्ने सपना देख्नेहरुलाई पनि आगामी निर्वाचनमा जनताले चिन्न सक्नु पर्छ । देश बनाउँन सधैं सभासद्, मन्त्रि र प्रधानमन्त्रि नै हुन पर्छ भन्ने छैन, आफ्नाे घर अगाडिको खाल्डो पुर्न नगर पालिका र गाउँ पालिकाको मुख ताक्ने अवस्था रहेसम्म देश बिकासको मार्गमा अगाडि बढन पनि सक्दैन । आफ्नाे अनुकुल हुँदासम्म दुनो पनि सोझ्याउने अनि आफ्नाे प्रतिकुल हुने अवस्था आए टपरी नै घोप्ट्याउने नेताहरुको असली हैसियत समेत अब जनताले चिन्न सक्नु पर्छ ।
अब गाउँगाउँमा जनताले कठबाँसको डण्डा तैयार गरेर राखे हुन्छ । दलीय राजनीतिले थङ्गथिलो बनेको मुलुकलाई मल्हमपट्टी लगाउनसक्ने बहादुर र शाहसी युवाहरुले अब देश चलाउनु पर्छ । शिक्षित र योग्य व्यक्तिले पनि अब राजनीतिमा ठाउँ पाउनु पर्छ । जनताको फाटेको मन सिलाउन सक्ने, हिमाल, पहाड र तराई मिलाउन सक्ने, निमुखालाई न्याय दिलाउन सक्ने, मुलुकको बिग्रिएको राजनीतिलाई सही दिशामा हिँडाउन सक्ने, मुलुकलाई स्वदेशमा सक्षम र सवल बनाउँदै अन्तर्राष्ट्रिय जगतमा चिनाउन सक्ने, अपराधि र भ्रष्टाचारीलाई ठाउँको ठाउँ छिनाउन सक्ने(अन्यथा नलिनु होला, कानून सम्मत ढंगले) जुझारु युवाहरुले देशका प्रत्येक निर्वाचन क्षेत्रहरुबाट अब स्वतष्फुर्त रुपमा उम्मेद्वारी दिन सक्नु पर्छ । अबको सामुहिक चुनावी नारा नै “जनताको आव्हान युवालाई मतदान” भन्ने हुनुपर्दछ ।
अब बन्ने संसद र अब आउने सभासदले जनतालाई विश्वासमा लिएर जनताकै समर्थनमा जनताकै लागि जनताकै सकृय सहभागितामा देश बिकासका योजनाहरु बनाउनु पर्छ । देश बनाउन सक्ने व्यक्तिलाई मात्र जनताले निर्वाचित गराएर पठाउँनु पर्छ । नेता अघि लागेर जनताको साथ र सहयोग लिदैं देश बिकासको मार्गमा आफुलाई हिडाउनु पर्छ । सधैं बाटामा ढुंगा मात्रै हानेर नेता बन्ने सपना देख्नेहरुलाई पनि आगामी निर्वाचनमा जनताले चिन्न सक्नु पर्छ । देश बनाउँन सधैं सभासद्, मन्त्रि र प्रधानमन्त्रि नै हुन पर्छ भन्ने छैन, आफ्नाे घर अगाडिको खाल्डो पुर्न नगर पालिका र गाउँ पालिकाको मुख ताक्ने अवस्था रहेसम्म देश बिकासको मार्गमा अगाडि बढन पनि सक्दैन । आफ्नाे अनुकुल हुँदासम्म दुनो पनि सोझ्याउने अनि आफ्नाे प्रतिकुल हुने अवस्था आए टपरी नै घोप्ट्याउने नेताहरुको असली हैसियत समेत अब जनताले चिन्न सक्नु पर्छ ।
अब यिनी विदेशिको ईशारामा मुलुकलाई बर्बादीको दिशामा देशलाई पुर्याउने विदेशीका दलालहरुसँग नडराऔं, नतर्सौ, राजनैतिक दलले पटक पटक जनतासँग गरेका झुठा आश्वासन र फोश्रा भाषणको हिसाब किताब खोजौं । मेरो बिनम्र अनुरोध छ यसपटक सक्षम, ईमान्दार र राष्ट्रभक्त उम्मेद्वार नै रोजौं । यस पटकको निर्वाचन कच्चा राजनीतिज्ञ हैन सच्चा देशभक्तहरुलाई जिताउने शुअवसरका रुपमा उपयोग गरौं ।
न त देशको राजनीति बुझेका, न त विद्यालयको औपचारिक शिक्षामा छिरेका, न त आफ्नाे दर्बिलो तर्कले आफ्नै नेतालाई गलाउन सक्ने, न त आफ्नै दलका कार्यकर्तालाई आफ्नाे बिचारमा हिडाउन सक्ने, नाम मात्रका सभासद र हाम मात्रका नेता भए पछि मुलुकले यस्तो राजनैतिक दुर्दशा पटकपटक व्यहोर्नु नै पर्ने हुन्छ । आफ्नाे मात्रै स्वार्थ हेर्ने नेताले न त अरु कसैको कुरा सुन्छ ? न त देश बर्बादी हुँदा नै उसको मन रुन्छ ? जनताका रक्तमिश्रित आँसुले आफ्ना हात पखाल्न पल्किएका व्वाँसाहरुको जमातलाई परास्त नगरीकन अब मुलुकले त्राण पाउन सक्दैन ।
देशै भरी युवा उम्मेद्वारहरु उठेर धमिलिएको राजनीति सङ्ल्याउने बिषय अहिले जोडदार रुपमा उठन थालेको छ । जनताले बर्षैको जड्यौरी मिल्क्याएर नयाँ लुगा लगाउने अवसर समेत आएको छ । भ्रष्टहरुलाई ठाउँको ठाउँ ठेगान लगाउने समय आएको छ । देश बनाउन निस्किएका डाक्टरहरुले आफ्नै परिवार भित्रको बिरामीको सफल सल्यक्रिया गर्न नसके पछि अल्पायुमै निधन हुन पुगेको प्रतिनिधिसभाको शोक पुस्तिकामा हस्ताक्षर गर्दै अब बहादुर छोरो जन्माउन हिम्मत गर्नुपर्ने बेला आएको छ ।
न त देशको राजनीति बुझेका, न त विद्यालयको औपचारिक शिक्षामा छिरेका, न त आफ्नाे दर्बिलो तर्कले आफ्नै नेतालाई गलाउन सक्ने, न त आफ्नै दलका कार्यकर्तालाई आफ्नाे बिचारमा हिडाउन सक्ने, नाम मात्रका सभासद र हाम मात्रका नेता भए पछि मुलुकले यस्तो राजनैतिक दुर्दशा पटकपटक व्यहोर्नु नै पर्ने हुन्छ । आफ्नाे मात्रै स्वार्थ हेर्ने नेताले न त अरु कसैको कुरा सुन्छ ? न त देश बर्बादी हुँदा नै उसको मन रुन्छ ? जनताका रक्तमिश्रित आँसुले आफ्ना हात पखाल्न पल्किएका व्वाँसाहरुको जमातलाई परास्त नगरीकन अब मुलुकले त्राण पाउन सक्दैन । जनतामा परिवर्तनको भावना नपलाएसम्म गरीव जनताको पक्षमा काम गर्ने सरकार कहिल्यै पनि यो देशमा आउँदैन ।
पुषको ठण्डीमा नाङ्गा खुट्टाले आप्mनो परिश्रमको मुल्य खोज्न राजधानी उक्लिएका उखु किसानहरुको आन्दोलनपनि यहि राजनैतिक खिचातानीले ओझेलमा पारिदैछ । पुषको जाडोमा आफ्नाे आँङ्गसम्म छोप्ने औकात नभएका नेपालीहरुलाई न्यानो लुगा सिलाउनु पर्ने ठाउँमा यिनै गरीब जनताका अधिकारका लागि भन्दै अनि चुनावका लागि भन्दै लाखौको संख्यामा राजनैतिक दलका रक्तरंजित भण्डा तैयार पारिदैछ । कस्का लागि राजनीति गरिरहेका छौं ?? भनेर सामान्य पनि हेक्का राख्न नसक्नेहरुको दिशाहिन यात्राले फेरि पनि उहि किसान र मजदुर नै मारिदैछ । व्यापारी र उद्योगी नै हुन फेरि पनि चुनावमा राजनैतिक दलहरुलाई चन्दा दिने बबुरा किसान, मजदुर र निमुखा नागरिकहरुलाई अझै पनि रद्दिको टोकरीमा फाँलिदैछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअन्तर्राष्ट्रिय फोरमहरूमा नेपाल अझै पनि कमजोर बनिरहने ?
असोज १२, २०८१ शनिबार
जनताका सुख–दुःखलाई बेवास्ता गर्ने सरकार सञ्चालकहरूको कस्तो प्रवृत्ति हो ?
असोज ९, २०८१ बुधबार
बढ्दो महिला हिंसा, हत्या र रोकथामका उपाय
असोज ८, २०८१ मंगलबार
द्वन्द्वकालीन गम्भीर अपराधका घटनामा आममाफी दिइने छैन : प्रधानमन्त्री ओली
असोज १२, २०८१ शनिबार
शनिबार २ बजेसम्ममा देशभर ५० जनाको मृत्यु: १०५३ जनाको उद्धार, १२४४ घर डुबे
असोज १२, २०८१ शनिबार
क्यानडाविरुद्ध नेपालले टस जित्यो
असोज १२, २०८१ शनिबार
विपद् अपडेट : देशभर बाढी, पहिरो र डुबानबाट ८७ जनाको मृत्यु, ७२ बेपत्ता
असोज १२, २०८१ शनिबार
आपत्कालीन उपचारका लागि चौबिसै घण्टा तयार रहन स्वास्थ्यमन्त्री पौडेलको निर्देशन
असोज १२, २०८१ शनिबार
झ्याप्ले खोलामा पहिरोले पुरिएका २ सवारी साधनबाट १४ शव निकायो
असोज १२, २०८१ शनिबार
काठमाडौं उपत्यकामा वर्षाको ‘रेकर्ड ब्रेक’
असोज १२, २०८१ शनिबार