वालिङमा ‘डिजिटल प्रविधि’ बाट जग्गा नापजाँच शुरु
नेपालबहस संवाददाता
पुस १४, २०७७ मंगलबार २३:४२:४६
१४ पुष, स्याङ्जा । स्याङ्जाको वालिङमा ‘डिजिटल प्रविधि’ बाट जग्गा नापजाँच कार्य शुरुवात भएको छ । विशेष नापी कार्यालय पाल्पाको ७ नं. टोलीका चार जना प्राविधिकहरुद्वारा ‘डिजिटल प्रविधि’ बाट जग्गाको नापजाँच र साँध सँधियार छुट्टयाउने कामको शुरुवात गरिएको हो ।
‘डिजिटल प्रविधि’ को प्रयोगले जग्गा नापी कार्य थप वैज्ञानिक, यथार्थ, तथ्यपरक र पारदर्शी हुने, ब्यक्तिका फरक–फरक रहेका टुक्राटुक्री जग्गाहरुको तथ्याङ्क एउटै पद्धतिमा रहने भएकाले पनि यो विधि प्रभावकारी हुने नापी टोलीका प्रमुख ज्योति शाहले बताईन् ।
”यस अघि फिता लिएर जग्गा जमीनमै पुग्नुपर्ने बाध्यता थियो, उक्त विधिप्रति विवाद पनि देखिन्थ्यो” टोली प्रमुख शाहले भनिन्, “‘डिजिटल प्रविधि’ को प्रयोगले साँध सँधियारहरुले हचुवाका भरमा देखाएको भरमा साँध लगाउने र चार किल्ला तोक्ने प्रवृत्तिको अन्त्य हुने छ ।” जग्गा नापीका क्रममा पहिले देखिएका विवादहरु ‘डिजिटल प्रविधि’ को प्रयोगसँगै हराउँदै जाने विश्वास शाहले गरिन ।
वालिङ नगरपालिका १ बाट शुरु गरिएको नापजाँच कार्यलाई जिल्लाका अन्य तहहरुमा पनि पु¥याईने बताईएको छ । जग्गामा नापजाँचका क्रममा कहीँकतै विवादहरु देखिएमा भूमि ब्यवस्था ऐन तथा नियम अनुसार निरुपण गर्दै अगाडि बढ्ने टोली प्रमुख शाहले सुनाईन् ।
‘डिजिटल प्रविधि’ बाट जग्गा नापजाँच गर्दा जग्गाको यथार्थ विवरण आउने विवादरहित हुने भएकाले यो विधि प्रभावकारी हुने वालिङ नगर प्रमुख दिलीपप्रताप खाँणले बताए । जमीनको वैज्ञानिक कर तथा सेवाग्राहीको आवश्यकता अनुसार अनलाईन प्रणालीबाट विवरणहरु लिन सकिने भएकाले पनि यो प्रविधिमैत्री र अहिलेको समयको माग अनुसार अगाडि बढेको उनले बताए ।
“विगतमा फिता लिएर जग्गा नापी गर्दा शतप्रतिशत प्रभावकारी हुन सक्दैनथ्यो, त्रुटिहरु हुनसक्थे” नगर प्रमुख खाँणले भने, “ब्यक्तिगत तथा सार्वजनिक जग्गाहरुको यथार्थ स्थिति पत्ता लगाउन र विश्वसनियता तथा साँध सँधियारबीच विवादरहित बनाउनका लागि यो विधि अझ बढी प्रभावकारी हुने देखिन्छ ।” विशेष नापी टोलीले जग्गा नापजाँचको क्रममा विवादहरु आईपरेमा सहजीकरण गर्ने नगर प्रमुख खाँणले बताए ।
‘डिजिटल प्रविधि’ मार्फत सेवा प्रबाह गर्दा सेवाग्राहीबीच हुने विवादहरु अन्त्य हुने नगर उप–प्रमुख कल्पना तिवारीले बताईन् । जग्गाको नापजाँच पनि बैज्ञानिक हुने र जग्गाकै कारण समाजमा हुने ठूला तथा साना विवादहरु अन्त्य हुने तिवारीको जिकिर थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबुढापाकालाई गाउँको अस्तित्व मेटिने डर !
मंसिर १२, २०८१ बुधबार
गण्डकीमा डेङ्गी सङ्क्रमणबाट आठ जनाले ज्यान गुमाए
कात्तिक ३०, २०८१ शुक्रबार
स्याङ्जामा चालु वर्ष सुन्तालमा २० करोडको क्षति
कात्तिक २७, २०८१ मंगलबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
डीआईजी सरुवाको तयारी: कांग्रेस एमाले गठबन्धनमा रवि लामिछानेका विश्वास पात्रको तीव्र चलखेल
मंसिर १८, २०८१ मंगलबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
मंसिर १८, २०८१ मंगलबार
अपाङ्गता भएका व्यक्तिको अधिकार संरक्षण गर्न आग्रह
मंसिर १८, २०८१ मंगलबार
टिकटकले हटायो छ हजार ७८ भिडियो
मंसिर १८, २०८१ मंगलबार
दक्षिण कोरियामा सैन्य शासन घोषणा
मंसिर १८, २०८१ मंगलबार
कीर्ते कागजात पेश गरी लाखौँ रुपैयाँ हिनामिना गर्ने हेडमास्टर पक्राउ
मंसिर १८, २०८१ मंगलबार
अछामबाट भरुवा बन्दुकसहित एक जना पक्राउ
मंसिर १८, २०८१ मंगलबार
मुलुकमा राजनीतिक स्थायित्व कायम गर्न गठबन्धन सरकार: नेता डा कोइराला
मंसिर १८, २०८१ मंगलबार