लोकतन्त्रको स्टेरिङ्ग र मासु भातको राजनीति
नेपालबहस संवाददाता
माघ ५, २०७७ मंगलबार २:३६:२५
मुलुक अहिले राजनीतिक दलहरुको खिचातानीका कारण राजनीतिक विचलन र संवैधानिक “कु” गरिएको अवस्थामा गुज्रिरहेको छ । देशमा क्रियाशिल राजनीतिक दलहरु आपसी कलह र फुटको संघारमा उभिएका छन् । केही दलहरु फुटको अभिनयमा रमाईरहेका छन् भने केही बिस्तारै चोईटिने अवस्थामा पुगेका छन् ।
जनता माघको जाडोमा न्यानो कपडाको अभावमा सितलहर र तुषारोसँग लडिरहेका छन् । भोकमरी र उचित औषधोपचारको अभावमा छटपटिरहेका छन् । विद्यालयहरुको शैक्षिक गुणस्तरको कुरा अब गर्नै भएन, महामारीका कारण बर्षौसम्म कुनै पनि बालबालिका स्कूल जाँदै गएनन् । लाखौ बालबालिकाहरुको भविष्य अन्धकारमय भएको तर्फ नेपालका राजनीतिज्ञहरुको ध्यान कहिल्यै पनि जाँदै गएन ।
धन्न मान्नुपर्छ नेपाली मनलाई, छाराछोरीहरु स्कूल कलेज नगए पनि ईमान्दारितापूर्वक आम अभिभावकले महङ्गो शुल्क स्कूल कलेजलाई बुझाए । नेपाली नागरिकहरुलाई मान्नै पर्छ, आफु भोकै बसेर भएपनि स्कूल कलेजका शिक्षक प्राध्यापकहरुलाई दशै मनाउने अवसर जुटाए ।
मुलुकका राजमार्गहरुमा अहिले गाडी गुडदैनन्, आन्दोलनकारीहरुको भीडले भरिएको छ । बजार पसलमा व्यापार व्यवसाय ठप्प छ, जिन्दावाद र मुर्दावादको नाराबाजी गरेर हिँड्ने बेरोजगारहरुको भीडको रमिते बन्नु नै व्यापारीहरुको दिनचर्या बन्दै गैरहेको छ । देशमा कहिले काँही मात्रै जात्रा पर्व मनाईन्थ्यो, अहिले जताततै जात्रैजात्रा छ ।
हावादारी प्रधानमन्त्रीका भाषणै पिच्छे पोखरा, केरुंङ्ग र कुष्मामा स्टेशन भएको सपनाको रेल छ । सडकमा देखिने जुलुस र रंगमञ्चमा देखिने आमसभाहरुमा नागरिकका लागि पाकेका परिकारहरु पनि थरिथरीका छन् । हिउँदको जाडो याममा नेतालाई फरक–फरक कार्यक्रममा जानु पर्ने हतारो छ । मेलो सक्ला कि भन्ने आशा पनि के गर्नु र खैं ? हलगोरु कै चुँडिसकेको जोतारो छ ।
देश बनाउने कालीगढहरुसँग न त सीप छ, न त औजार नै । खाली हँसिया हथौडाका भरमा विकासको मूल फुटाउनु परेको छ । बुढो रुखले बाटो छेकेर ढल्किएको बर्षौ भैसक्यो । रुख पन्छाउने कि लडेको रुख उठाउने र टेको लगाउने भन्ने न कसैलाई पिर छ, न रुख मालिकलाई चिन्ता र दुःख छ । रुख मासेर फर्निचर बनाउनेहरुको भीडबाट भएको एउटा रुखलाई समेत जोगाउनु छ । कच्चा खेलाडीको जिम्मामा खेल मैदान छोडिएको छ । बेर्ना सर्नै नपाई जथाभावी गोडिएको छ । बिरुवालाई हल्लाईनु मात्र हैन जथाभावी मोडिएको छ । लोकतन्त्रको स्टेरिङ्ग गलत ड्राईभरको हातमा परेर हो कि सिकारुको जिम्मामा त्यसै छोडिएर हो ? सधैं दुर्घटनाको मात्रै पिर छ ।
बोलावाल र पहुँच हुनेलाई बालुवाटार र ललितानिवास सधैं खुल्ला छ । निमुखा र निरिह जनतालाई सधैं खोलाको तिर र पहाडको भिर छ । देशको अधोगति रोकिने भन्दा पनि कहाँ गएर कुन ठाउँमा कुन भड्खालो गएर जाकिने हो ? भन्ने पिर छ । पुषको जाडोमा खाली खुट्टा जिन्दावाद र मुर्दावादको नारा लगाई दिनै पर्ने समस्याले गरिब जनताको बेहाल छ ।
दलका नेतालाई कहिले चुनाव होला ? या संसद स्थापना होला ? भन्ने कुरामै अलमल छ । देशमा रहेको विद्यमान कानून मैं झेल छ । देशमा क्रियाशिल राजनीतिक दल भित्रै बेमेल छ । हावादारी प्रधानमन्त्रीका भाषणै पिच्छे पोखरा, केरुंङ्ग र कुष्मामा स्टेशन भएको सपनाको रेल छ । सडकमा देखिने जुलुस र रंगमञ्चमा देखिने आमसभाहरुमा नागरिकका लागि पाकेका परिकारहरु पनि थरिथरीका छन् । हिउँदको जाडो याममा नेतालाई फरक–फरक कार्यक्रममा जानु पर्ने हतारो छ । मेलो सक्ला कि भन्ने आशा पनि के गर्नु र खैं ? हलगोरु कै चुँडिसकेको जोतारो छ ।
कहिले गाई पार्टीले आन्दोलन भनेको छ, कहिले मधेशवादीले, कहिले नागरिक समाज भन्दै राज्यकोषबाट पहिल्यै घिउ चिउरा बजाई सकेर अहिले डकार्दै बसेकाहरुको जुलुस निस्कन्छ कहिले बेरोजगारहरुको हुल । वास्तवमा अहिले नेपाली नागरिकहरुलाई भ्याईनभ्याईको जात्रा छ । कस्ले ? कहिले ? कहाँ पुर्याएर ? कस्तो अवस्थामा छोडिदिने हुन ? कहाँ पुगेपछि आन्दोलनका बिषय मोडिदिने हुन ? न त आन्दोलनकारीलाई नै थाहा छ ? न त आन्दोलनमा सरिक हुने नेपाली नागरिकहरुलाई ?
जनताले के बुझ्ने ? कस्लाई बुझ्ने ? कसरी बुझ्ने ? कहिले सरकारमा भएको पार्टीले बोलाउँछ, त्यतै गयो । त्यसमा खासै समस्या छैन । केपी ओली जिन्दावाद भन्यो, मासुभात खायो, आयो । यो आन्दोलनमा जनतालाई पुलिसको डण्डा खाईएला, बिनाकारण गिरफ्तारीमा परिएला भन्ने पिर चिन्ता केही पनि हुँदैन । कुनै अश्लिल नारा लगाए पनि पक्राउ पर्ने डर हुँदैन ।
कहिले सरकार छाडेर सडकमा आएको भनाउँदाका अर्को पक्षको आन्दोलनमा गयो केपी ओली मुर्दावादको नारा लगायो । यो आन्दोलनमा अलिबढी चुरीफुरी गरे केपी ओलीका पुलिस र युवा संघको डण्डा खाईन्छ । यता पनि मासुभातको राम्रो प्रबन्ध छ तर टाउको जोगाएर घर आई पुगिन्छ कि पुगिदैन यो आफ्नै बहादुरी र चलाखीपनमा भर पर्छ ।
कहिले कांग्रेसले सडक मेरो भनेको छ, कहिले कम्यूनिष्टहरुले । अहिले दललाई सरकारमा जाने हतारो छैन्, चिन्ता छ त केवल सडकको ।सडकमा उपस्थित भै दिन नेपाली नागरिकको टाउको गनेर आन्दोलनको उपलब्धि मापन गर्ने, मञ्चमा उभिएर बिपक्षीको सत्तोसराप गर्ने नेताहरुका हाईब्रिड बिज अहिले प्रशस्तै बजारमा पाईन्छ । नेतालाई जनताको समस्याको बारेमा कुनै चासो र चिन्ता छैन्, केवल बोल्नलाई माईक्रोफोन र मञ्चमा बस्ने सोफा र खादा चाहिन्छ । नेपालको मौलिक लोकतन्त्रको असिम उपहार नै यही कुरालाई मानिन्छ ।
जनताको सास्ती र हुर्मत आफुलाई राष्ट्रियस्तरका भनाउने दलहरुले मात्रै लिएका छैनन्, बेनामे दल र काल्पनिक विचार बोकेर जनता उराल्दै हिँड्ने, आफैं भाडामा काम गर्नेहरु, सस्तोमा जनतालाई किन्नेहरुको समूहले भने अर्कै नारो बोकेको छ । कहिले गाई पार्टीले आन्दोलन भनेको छ, कहिले मधेशवादीले, कहिले नागरिक समाज भन्दै राज्यकोषबाट पहिल्यै घिउ चिउरा बजाई सकेर अहिले डकार्दै बसेकाहरुको जुलुस निस्कन्छ कहिले बेरोजगारहरुको हुल । वास्तवमा अहिले नेपाली नागरिकहरुलाई भ्याईनभ्याईको जात्रा छ । कस्ले ? कहिले ? कहाँ पुर्याएर ? कस्तो अवस्थामा छोडिदिने हुन ? कहाँ पुगेपछि आन्दोलनका बिषय मोडिदिने हुन ? न त आन्दोलनकारीलाई नै थाहा छ ? न त आन्दोलनमा सरिक हुने नेपाली नागरिकहरुलाई ?
कोही राष्ट्र निर्माता पृथ्वीनारायण शाहको मुर्तिमा फुल चढाउँदैछन् । कोही फुल चढाउने नागरिकका ढाँडमा कठबाँसका डण्डा बर्साउँदैछन् । तिनै डण्डा हान्ने सरकारको पक्षमा बहश गर्दै राजावादीहरु सर्बोच्चमा रमाउँदैछन्, यता राजावादी कार्यकर्ता पनि ओली सरकारको जयजयकारमा नारा लगाउँदैछन् । अचम्मको नेपाली राजनीतिको यस्तो परिदृष्य यस अघि कहि कतै देखिएको सुनिएको सायदै नहुन सक्छ ।
कोही सरकारको कदम असंवैधानिक भन्दै आन्दोलनमा होमिएको छ, कोही सर्बोच्च अदालतको फैसला नै मान्दैनौं भनेर डुक्रिएको छ । कोही खबरदार संसद पुर्नस्थापना भएन भने मैले जानेको छ, भन्दै सडकमा निस्किएको छ । जनता भने यी सबै आन्दोलनमा एउटै पनि नछोडिकन सरिक छन् ।
सबै सडक आन्दोलनमा जनता उही छन् मात्र नेता फरक छन् । भाषणका शैली फरक छन् । विचार र बहसको लागि हैनन् यी आन्दोलनहरु, मात्र तेश्रो दर्जाको गालीगलौचका धाराप्रवाह छन् । अझ रमाईलो पक्ष त यो छ कि वर्तमान राज्य ब्यवस्था ठिक छैन, नेपालमा राजसंस्था नै चाहिन्छ भनेर नागरिकहरुलाई उचालेर हिँड्नेहरुको जमात नै वर्तमान सरकारले गरेको भनिएको असंवैधानिक कदमको रखवाला देखिएको छ ।
सिधा भाषामा भन्नु पर्दा सरकारको पक्षमा सर्बोच्च अदालतमा वर्तमान प्रधानमन्त्रीका सबैभन्दा बढी विश्वासपात्र नै राजावादीहरुको आन्दोलन उचाल्नेहरु नै देखिएका छन् । आफुलाई वकिल बताउने राजाका खेतालाहरुले वर्तमान ओली सरकारलाई नै सघाउँदैछन् । सरकारमा रहेको नेकपाको सानो झुण्ड भन्दा बाहिरका सबै नेपालका राजनीतिक दल तथा नागरिक समाजले समेत वर्तमान सरकारको कदमलाई असंवैधानिक छ, सच्याउनु पर्छ भनिरहेका बेला वर्तमानमा देखिएका केही राजावादीहरु सरकारका पक्षमा बहस गर्दैछन् ।
नेपाली जनताहरु भने यस्ता बिकाउ खलपात्रहरुले नेपालमा राजसंस्था ल्याईदिन्छन् भनेर अझै पनि यिनकै भर पर्दैछन् । कि त वर्तमान सरकारको गलत कदममा साथ दिने वकिलहरु र वर्तमान सरकारका बीचमा अघोषित कार्यगत एकता छ, कि त स्वयं सरकारको पूर्व राजासित खोपीभित्रको अनैतिक तवरले हेलमेल छ ।
देशले वर्तमानका लागि पाएको सुनौलो उपहार भनेकै आन्दोलन हो । नेपाली कांग्रेसको आन्दोलन, नेकपा डबलको आन्दोलन, राप्रपा र समाजवादी फोरमको आन्दोलन, बामदेवको आन्दोलन, हामदेवको आन्दोलन, जङ्गलमा रहेको विप्लवदेखि शहरमा भेटिएको घिप्लव (खान पल्किएको) हरुसम्मको आन्दोलनको मुख्य एजेण्डा भने केही छैन । खाली जनताले जिन्दावाद र मुर्दावाद भन्दिउन, दर्शकले आजको बिरोध र्यालीमा यतिउति मान्छेको भीड थियो भनेर भन्दिउन, मिडियाले आन्दोलनको समाचार बजाओस्, ब्रासबैंण्ड पार्टीले अलिकति भए पनि दाम कमाओस्, झण्डा सिलाउने कामले निरन्तरता पाओस्, कार्यकर्ताले जाडोमा सुप सहितको मासुभात खाओस् । बस् यत्तिका लागि जनताले नेताका लागि सडक ततउाउँदैछन् । नेपाली जनताहरु भने आफु सबैतिर समर्थन जनाउँदै सडक भित्रै रमाउँदैछन् ।
आन्दोलनका चरणहरु पनि गज्जब–गज्जबका छन् । कोही राष्ट्र निर्माता पृथ्वीनारायण शाहको मुर्तिमा फुल चढाउँदैछन् । कोही फुल चढाउने नागरिकका ढाँडमा कठबाँसका डण्डा बर्साउँदैछन् । तिनै डण्डा हान्ने सरकारको पक्षमा बहश गर्दै राजावादीहरु सर्बोच्चमा रमाउँदैछन्, यता राजावादी कार्यकर्ता पनि ओली सरकारको जयजयकारमा नारा लगाउँदैछन् । अचम्मको नेपाली राजनीतिको यस्तो परिदृष्य यस अघि कहि कतै देखिएको सुनिएको सायदै नहुन सक्छ ।
हेर्न, बुझ्न, सम्मान अर्पण गर्न, र आफ्ना मानवीय भाव ब्यक्त गर्न नै नमिल्ने भए सरकारको आउने जाने मुलबाटोमै सालिक किन ठड्याएको ?बिडम्बना त यो छ कि पृथ्वीनारायण शाहको जन्मजयन्ति मनाउन पर्चा बाँडदै हिडने मान्छे त्यही सरकारको बचाउ गर्न किन पो सर्बोच्च अदालतसम्म मरिहत्ते गरेर धाएको ? दालमे कुछ काला है भनेर खै नेपाली जनताले अझै पनि थाहा पाएको ?
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएनपिएल क्रिकेट : कोशेढुङ्गा बन्ने अपेक्षा
मंसिर १४, २०८१ शुक्रबार
नेपालमा स्की खेलको सम्भावना
मंसिर ११, २०८१ मंगलबार
भान्सामा नै छ बालबालिकाको पौष्टिक भोजन
मंसिर ११, २०८१ मंगलबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
माओवादी, रास्वपा र स्वतन्त्र गरी ६ जना उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
मंसिर १४, २०८१ शुक्रबार
अल्लु अर्जुनको फिल्म ‘पुष्पा २’ रिलिज अगावै अमेरिकामा बनायो रेकर्ड
मंसिर १५, २०८१ शनिबार
चिया बगानमा विस्फोटक पदार्थ राखेको आरोपमा दुई जना पक्राउ
मंसिर १५, २०८१ शनिबार
परराष्ट्रमन्त्री डा राणा आज स्वदेश फर्कदै
मंसिर १५, २०८१ शनिबार
जासुसी गरेको भन्दै चीनले पठायो पत्रकारलाइ ७ बर्षको जेल सजाय
मंसिर १५, २०८१ शनिबार
बगरफाँट–भकिम्ली सडक: ‘ट्याक’ खुलेको १७ वर्षपछि स्तरोन्नति
मंसिर १५, २०८१ शनिबार