प्रधानमन्त्री ज्यु, जेट विमानलाई सफल अवतरण गराउनु हुन्न ?
नेपालबहस संवाददाता
माघ १०, २०७७ आइतबार १:५२:५५
आज सम्माननिय प्रधानमन्त्री ज्युलाई यी मेरा एक दुई शब्दहरू कोरिरहँदा अँध्यारो रात छिप्पिदै छ । अनि छिप्पिँदो रातमा मेरो निराशाका आँधीबेहेरी पनि मनमा उत्तिकै सलबलाई रहेको छ । लेख्नुपर्ने कुराहरु धेरै थिए तर सबै कुरा लेखेर साध्य छैन् । केही कुराहरु लेखी पठाउने प्रयास गरेको छु, अर्थको अनर्थ नलागोस प्रधानमन्त्री ज्यु ! त्यसैपनि एउटै शब्दको धेरै अर्थ लाउन सक्ने क्षमताका खानी हुनुहुन्छ । प्रधानमन्त्री ज्युले मेरो अवस्था र मेरो बारे सोध्न चाहनु भयो भने संक्षिप्तमा भन्दा तपाईहरुले उडान भर्नु भएको जेटविमान भित्र सवार एक अभागी यात्रु हुँ ।
म यहाँहरुले उडान भर्नु भएको पिके २०७३ नम्बरको जेट विमानबाट समाजवाद हुँदै साम्यवादसम्मको यात्राको लागि जेटविमान चढेको थिए । म मात्र हैन लाखौं यात्रुहरु बिमानमा सवार छौं र गन्तव्य पनि उही । आजभोलि यात्रा सफल नहुने कुराले मात्र हैन, तपाईहरु क्याप्टेनद्वयको शक्तिसंघर्षले गर्दा जानी बुझी विमान दुर्घटना गराएर हाम्रो बलि चढाउँदै हुनुहुन्छ रे ! यो खबर पाउँदा साह्रै दुख लागेको छ । अझ भन्ने हो भने हामी यात्रुहरुले केही सोच्न सकेका छैनौं । हामी सबैको कामना छ यो कुरा झुटो साबित होस् । आग्रह छ, पाईलटको समस्या भए पुन अवतरण गरेर अर्को पाईलट फेरौं तर यो जानी जानी दुर्घटना गराउने छुट तपाईहरुलाई छैन् ।
प्रधानमन्त्री ज्यु ! तपाईलाई थाहा छ ? हिजाे बिपरित ध्रुबका बिमानका यात्रुहरुलाई एउटै बिमानमा यात्रा गराउनु भएको ? फरक बिमानका यात्रुहरुले एकआपसमा फरक रङगका फरक सस्कारका यात्रुहरू एकआपसमा स्वीकार गर्न नसक्दा धेरै यात्रुहरु पछाडी नै छुट्नु भयो । त्यसको हिसाबकिताब छ ? पलायन भएर जाने यात्रुहरुको पनि उत्तिकै महत्त्व र आवश्यकता अतुलनीय थियो । हामीले पनि धेरै समयपछि बल्ल बल्ल एक अर्कालाई स्वीकार्ने अवस्थामा थियौ ।
फेरि हामी बीचमा नमेटिएको घाउ बल्झाउने मात्र हैन्, हाम्रो अस्तित्व नै समाप्त गर्ने दिशामा जहाज लादै हुनुहुन्छ । यसो हुँदै गर्दा मैले ढुक्कसङ्गले भन्न पाउछु होला यसको मुलकारण तपाईहरुको सत्ता र कुर्चीको लडाई हो । अनि तपाईहरु आफ्नो स्वार्थको लागि हाम्रो बलि दिएर खुशी हुने अनि हामीले तपाईहरुलाई क्याप्टेन किन मान्ने ? एउटा जहाज टेकअफ गरेर ल्यान्ड गर्न बुद्धि थिएन भने जान्ने भएर किन विमान उडाउने ?
तपाईहरुलाई थाहा छैन् होला, जहाज उडान भर्दा के बोल्नु भएको थियो तर हामीले प्रत्येक कुरा मन मस्तिष्कमा राखेका छौं । यत्ति मात्र हैन हामी यसको हिसाबकिताब माग्न आउछौं । त्यो बेला हामीलाई तपाईहरुको ककपिटको बारले छेक्न सक्ने तागत राख्दैन । तपाईहरुले भन्नू भएको होइन ? हामी ट्याम्पोमा यात्रा गर्दैनौं, हामीले पछाडि फर्कने ठाउँ नराखी पुल भत्कायौ अनि जहाजमा यात्रा गराउँदै छौ ।
आज जहाज दुर्घटना गराएर फेरि त्यही ट्याम्पो चढेर पछाडी फर्कन त्यो पुल नहुँदा कस्को ढाडमा टेकेर फर्कदै हुनुहुन्छ जवाफ छ ? अनि ५ वर्षको लागि बहुमतको जनादेश लिएर उडेको जहाजमा कि आधा बाटो मै फ्युल सिद्धिएको हो ? हामी यात्रुहरुमाथि यत्रो धोका ? होइन भने पाईलटहरुले जवाफ दिनुपर्छ विमान सुरक्षित अवतरणपछि यात्रु परिवर्तन गर्ने, यात्रुहरुको कुरा सुन्ने संसद किन विघटन हुँदैछ ? या कसले अधिकार दियो विघटन गर्ने ? आज सार्बजनिक रुपमा बहस भैइरहेको संसद विघटन संबैधानिक होस या असंबैधानिक यो कानुनको कुरा होला हामी केही भन्दैनौ तर मानौ यो संबैधानिक नै भएछ भने पनि कोरोना कहरले पिल्सिएको नेपालको स्थिति के २० अर्व खर्च गरेर तत्काल निर्वाचन गर्न सक्ने अवस्था हो ? यो ब्यय भार कसले बेहोर्ने ?
कोरोनाको भ्याक्सिनको लागि २५ अर्व ऋण खोज्दैछ सरकार अनि त्यो २५ अर्वको भ्याक्सिन किन्न नसक्ने सरकारको त्यत्रो अर्को निर्वाचन गर्ने हिम्मत ? त्यसरी देशलाई लुट्न मिल्छ ? यी यस्ता धेरै कुराको जवाफ त क्याप्टेनद्वयले दिनैपर्छ अन्यथा यो झन्झटबाट मुक्त हुन आजै संसद पुनर्थापना गरियोस अझै हामी झिनो आशामा छौ । भोलि देश दुर्घटनामा गयो या संसद पुनर्थापना भएन भने मैले त तपाईलाई क्याप्टेनको दर्जाबाट हटाउछु नै, धेरै नेपालीले हटाउने छन् नै ।
त्यो बेला म यो कुराले रत्तिभर नि दुखी हुने छैन कि मैले मेरो क्याप्टेन गुमाए, तर दुखी त त्यो कुराले मात्र हुनेछु हामी निर्दोष यात्रुहरुले तपाई जस्तो नालायक क्याप्टेन पायौ जसले जहाजसङ्गै देशलाई नै दुर्घटनामा पार्नु भयो । अनि यात्रु र ईतिहासले तपाईलाई सोध्ने छ कि तपाईं क्याप्टेनको लाईसेन्स लिन १४ वर्षको कोर्ष पूरा गर्नु भयो तर आज जानी जानी यात्रुसवार जहाज दुर्घटना गराउँदा अलिकति पनि तपाईको हात कामेन ?
ईतिहासले अझै मौका दिएको छ । यात्रुहरुको भाग्य र भविश्यमाथि खेलवाड नगरियोस् । संसद पुन: स्र्थापना गरि देश दुर्घटना हुनबाट जोगाउन पुन विमानको सहज अवतरण गरियोस् । हामी यात्रु र देशको भविश्यप्रति जिम्मेवार भै दिन हामी सम्पुर्ण यात्रुहरु हार्दिक अपिल गर्दछौ । क्याप्टेनको जो बिचार धन्यवाद !
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएनपिएल क्रिकेट : कोशेढुङ्गा बन्ने अपेक्षा
मंसिर १४, २०८१ शुक्रबार
नेपालमा स्की खेलको सम्भावना
मंसिर ११, २०८१ मंगलबार
भान्सामा नै छ बालबालिकाको पौष्टिक भोजन
मंसिर ११, २०८१ मंगलबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
माओवादी, रास्वपा र स्वतन्त्र गरी ६ जना उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
मंसिर १४, २०८१ शुक्रबार
बगरफाँट–भकिम्ली सडक: ‘ट्याक’ खुलेको १७ वर्षपछि स्तरोन्नति
मंसिर १५, २०८१ शनिबार
स्वास्थ्य बीमा भएका वडामा निःशुल्क भिडियो एक्सरे सेवा
मंसिर १५, २०८१ शनिबार
व्यापार घाटा तीन खर्ब ५२ अर्ब ३७ करोड
मंसिर १५, २०८१ शनिबार
भारतमा सबैभन्दा बढी कर तिर्ने पाँच सेलेब्रेटी, साउथ हिरो पनि परे
मंसिर १५, २०८१ शनिबार
महाराजगञ्जलगायतका स्थानमा आज बिजुली काटिने
मंसिर १५, २०८१ शनिबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर १५, २०८१ शनिबार