लामो समयदेखि नाका बन्द हुँदा सीमा क्षेत्रका व्यापारी पलायन
नेपालबहस संवाददाता
माघ १७, २०७७ शनिबार १७:८:३१
१७ माघ, बैतडी । कोरोना कहरको असर सबै क्षेत्रमा परेको छ । महाकारीका बेला गरिएको बन्दाबन्दीका कारण धेरैले रोजगारी गुमाए भने व्यापारसमेत गर्न पाएनन् । लामो समयदेखि सीमानाका बन्द हुँदा सीमा क्षेत्रका व्यापारी पलायन हुन थालेका छन् । कोरोना कहरका कारणले व्यापार व्यवसाय चौपट बनेपछि भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाटका व्यापारी पलायन हुन थालेका हुन् ।
झुलाघाटका कतिपय व्यापारीले आफूहरु पलायन भएको बताएका छन् । सीमानाका नखुल्दा पलायन हुनुपरेको स्थानीय व्यापारी तोयनाथ जोशी बताउछन । लामो समयसम्म झुलाघाटमा आफ्नो व्यापार कोरोना कहरले ठप्प भएपछि सो ठाउँबाट सरेर हाल दार्चुलाको गोकुलेश्वर पुगेको उनको भनाइ छ । उनले भने, “नाका बन्द हुँदा व्यापार चौपट भयो, हाल यतै सानोतिनो व्यापार गर्दैछु ।”
झुलाघाट बजारका व्यापारीको विगतमा भने राम्रो व्यापार चलेको थियो । सीमावर्ती बजार भएकाले भारतको पिथौरागढ जिल्लाका ग्राहक नेपाली सामान किन्न आउने गरेका थिए तर अहिले सीमानाका बन्द भएकाले व्यापारी सङ्कटमा परेका हुन् । गएको चैतदेखि सीमानाका बन्द भएसँगै भारतीय ग्राहकमा निर्भर रहेको झुलाघाट बजार पूर्णरुपमा बन्द रहेको झुलाघाट बजार व्यवस्थापन समितिका अध्यक्ष लवदेव जोशी बताउछन । उनले भने, “नेपाली सामग्री किन्नका लागि भारतको पिथौरागढबाट समेत ग्राहक आउने गरेका थिए तर कोरोनाको महामारीले नाका बन्द भएपछि ग्राहक आउन सकेका छैनन् ।”
नाका बन्द भएपछि झुलाघाटमा ४० भन्दा बढी व्यापारीको व्यापार व्यवसाय चौपट भएको छ । चैतदेखि नै पसल बन्द गरेर घरमा बस्नुपरेको व्यापारी डम्मर जोशीले गुनासो सुनाए । उनले भने, “तयारी कपडा किन्नका लागि भारतीय ग्राहक आउने गर्दथे । खास गरेर हिउँदको समयमा धेरै ग्राहक आउने गर्दथे । अहिले सीमानाका बन्द भएपछि व्यवसाय पूरै खस्किएको छ ।”
सीमानाका खुला भएको समयमा नेपाली भारतीय बजारमा जाने र भारतीय नेपाली बजारमा आउने गरेका छन् तर नाका बन्द भएपछि दुवैतिरको व्यापार व्यवसाय ठप्प छ । भारतीय व्यापारीको मुख्य बजार नेपालको क्षेत्र भएकाले यो झुलाघाट बजारसमेत सुनसान बनेको भारतीय पत्रकार प्रमोद भट्ट बताउछन । उनले भने, “सीमावर्ती दुवै देशका व्यापारीलाई निकै समस्या रहेको छ । सीमानाका बन्द हुँदा व्यापार व्यवसाय चौपट भएको छ ।”
सीमानाका खोल्नुपर्ने माग गर्दै भारतीय व्यापारीले आन्दोलनसमेत गर्दै आएका छन् । केही दिनअघि उनीहरुले सीमा पुलमै धर्ना दिएर आन्दोलन गरेका थिए । झुलाघाट नाका खोल्ने निर्णय नेपाल सरकारले गरेको भए पनि भारतीय पक्षले शुक्रबारसम्म सहमति जनाएको छैन । नेपाल सरकारले नाका खोलेको भए पनि भारतीय पक्ष भने नाका खोल्न सहमत नरहेको बैतडीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिए ।
उनले भने, “नाका खोल्ने विषयमा हामीले नेपाल सरकारको निर्णयसहित जानकारी गराइसकेका छौँ । नेपाल सरकारले नाका खुला गरेको भए पनि यसमा भारतीय पक्ष सहमत भएको छैन ।” लामो समयदेखि नाका बन्द हुँदा सीमावर्ती बजारका व्यापारीले भने व्यवसायबाट पलायन हुनुपर्ने अवस्था आएको बताएका छन् ।
नाका नियमित खुल्ने
नेपाल सरकारले भारतसँग सीमा जोडिएका सुदूरपश्चिम प्रदेशको बैतडीको झुलाघाट नाकासहित कैलालीको गौरीफण्टा, कञ्चनपुरको गड्डाचौकी र दार्चुलाको खलङ्गा गरी चार नाका खोल्ने निर्णय गरिसकेको छ । यसअघि झुलाघाट नाकामा अत्यावश्यक काम परेकाका लागि सोमबार र शुक्रबार हप्ताको दुई दिन आवतजावत गर्न दिइएको थियो । अब भने नियमितरुपमा सञ्चालनमा आउने जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ ।
कोरोनाको जोखिमबाट जोगिन स्वास्थ्य सुरक्षा सतर्कताका मापदण्ड अपनाई सीमानाकामा आवतजावत गर्न दिइने भएको हो । तर भारत सरकारले भने यसअघि पनि नाका खोल्न सहमत नदेखिएकाले अझै पनि कहिले सहमत हुने भन्ने टुङ्गो नलागेको प्रमुख जिल्ला अधिकारी जोशीको भनाइ छ ।
उनले भने, “नेपाल सरकारले गरेको निर्णयसहित भारतीय पक्षलाई पत्राचार गर्छौं, भारतले सहमति जनाएको दिनदेखि नै नाका नियमित सञ्चालनमा आउँछ ।” नाका पुनः सञ्चालनमा आएपछि सीमावर्ती बजारको व्यापारले गति लिने उद्योग वाणिज्य संघ बैतडीका अध्यक्ष नरबहादुर चन्द बताउछन । उनले भने, “नाका बन्द हुँदा खस्किएको व्यापार व्यवसाय नाका नियमितरुपमा सञ्चालनमा आएपछि सहज हुने विश्वासमा छौँ ।”
लयमा फर्किदै जिल्लाको व्यापार व्यवसाय
कोरोना महामारीका कारण ठप्प रहेको जिल्लाभित्रको व्यापार व्यवसाय पछिल्लो समय लयमा फर्किदै गएको छ । कोरोनाको जोखिम हुन नदिन सरकारले गएको चैत महीनादेखि बन्दाबन्दी घोषणा गरेसँगे बैतडीमा पनि सबै व्यापारिक कारोवार प्रायः ठप्प रहेको थियो । पहिल्ला केही महीनादेखि बन्दाबन्दी खुकुलो गर्दै व्यापार व्यवसाय यातायात खोल्ने सरकारको निर्णयपछि भने यहाँको बजार पनि खुलेका हुन् । बजार खुलेसँगै व्यापार व्यवसाय पनि लयमा फर्किन थालेको बताइएको छ ।
“कोरोना कहरले गर्दा निकै घाटा व्यहोरेका यहाँका व्यापारीको व्यापारिक कारोवार बल्ल ठीक ठाउँमा आउँदैछ, संघका अध्यक्ष चन्दले भने, “व्यापार व्यवसायले पनि गति लिँदै गएको छ हाल बजार क्षेत्रमा पनि किनमेल गर्नेको भीडभाड विस्तारै बढ्दै गएको छ ।” सीमानाका सञ्चालनको बेला दुवै देशका नागरिक वारिपारि सामग्री किनमेल गर्न आवतजावत गर्ने गर्दर्थे ।
पहिले व्यापारिक प्रयोजनका लागि हार्डवेयरका सामग्री यो नाकाबाट आयात हुने गरेकामा केही वर्षदेखि भने यी सामग्रीको आयात घट्दै गएको छ । यो नाका हुँदै बैतडीलगायतका जिल्लामा उत्पादन हुने ठूलो परिमाणको घ्यू भारत निर्यात हुने गरेकामा पछिल्ला वर्षमा गाईभैँसी पाल्ने घट्दै जाँदा घ्यूको निर्यात पनि निकै कम परिमाणमा हुने गरेको जनाइएको छ । यस्तै नेपालमा उत्पादित तरकारीलगायतका कृषिउपज पनि यो नाका हुँदै भारत जाने गरेको छ । भारतीय ग्राहक भने चिनीयाँ र कोरियाका सामग्री किन्न यहाँ आउने गर्दथे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘स्वास्थ्य क्षेत्र सुधारलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेका छौँ’
पुष २१, २०८१ आइतबार
टीकापुर क्षेत्रमा चिसो बढेपछि दाउरा वितरण
पुष १९, २०८१ शुक्रबार
पहिलो सुदूरपश्चिम मेयर सम्मेलन सोमबारदेखि सुरु हुँदै
पुष १४, २०८१ आइतबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
नेपालबहस संवाददाता
पुष २०, २०८१ शनिबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
नेपालबहस संवाददाता
पुष २२, २०८१ सोमबार
भूकम्पबाट सुरक्षित रहन प्रधानमन्त्रीको आग्रह
पुष २३, २०८१ मंगलबार
नेपालमा अहिलेसम्म क्षतिको विवरण आएको छैन, भूकम्प ७ म्याग्निच्युडको होकि ६.८ को ?
पुष २३, २०८१ मंगलबार
सार्वजनिक यातायात : सरकार भाडा दर मात्र बढाउँछ छैन सुधारका योजना [ फोटो फिचर ]
पुष २३, २०८१ मंगलबार
भारतले ‘स्पेस डकिङ’ प्रयोगमा ढिलाइ गर्यो
पुष २३, २०८१ मंगलबार
चीनमा भूकम्पपछि माउन्ट कोमोलाङ्मा क्षेत्र बन्द
पुष २३, २०८१ मंगलबार
जर्मनीमा विद्युतीय कार बिक्री २७.४ प्रतिशतले घट्यो
पुष २३, २०८१ मंगलबार
मंगलबार बिहानको भूकम्पले नेपालमा पुर्याएको क्षति बुझ्न सशस्त्रले खटायो २५०० जनशक्ति
पुष २३, २०८१ मंगलबार
राष्ट्रपतिमा ट्रम्प निर्वाचित भएको संसदलाइ बल्ल दिइयो जानकारी
पुष २३, २०८१ मंगलबार