घरमा खरका छाना विस्थापित गरी जस्तापाता लगाईदिदै नगरपालिका
नेपालबहस संवाददाता
माघ १८, २०७७ आइतबार १५:१६:५४
१८ माघ,काठमाडौं । कैलालीको टीकापुर नगरपालिकामा खरको छाना भएका घरमा नगरपालिकाले जस्तापाता लगाइदिने भएको छ । नगरपालिकाले खरको छाना विस्थापित गरी कर्कटपाता लगाउनका लागि यस वर्ष २९६ घर छनोट गरेको छ ।
वडाबाट आएका सिफारिसका आधारमा वडा नं १ मा ५१ घर, २ मा २१, ३ मा १२, ४ मा पाँच घरमा टिनको जस्तापाता लगाइने भएको छ । त्यस्तै वडा नं ५ मा ५४, ६ मा ३७, ७ मा ४५, ८ मा ४६ घर र ९ नं वडामा २४ घरमा जस्तापाता लगाइने भएको छ । नगरपालिकामा वडास्तरबाट खरको छाना विस्थापितका लागि ४०४ घर सिफारिस भएर आए पनि यस वर्ष २९६ घरलाई खरमुक्त गरिनेछ ।
“नगरभरि ४०४ घर खरको छाना भएका तथ्याङ्क पाएका छौँ, हामीले वडास्तरमा अनुगमन गर्न भनेका थियौँ”, नगरप्रमुख तपेन्द्रबहादुर रावलले भनेका छन् , “तीमध्येबाट एकल महिला, अपाङ्गता भएका तथा अतिविपन्न आयआर्जन नभएका परिवारलाई यस वर्ष प्राथमिकता दिएका छौँ । बढी समस्यामा रहेका परिवारका घर यस वर्ष खरमुक्त हुनेछन् ।”
उनले बाँकी घर आउँदो वर्ष खरमुक्त हुने बताएका छन् । “नगरपालिकाको योजनाअनुसार जस्तापाता लगाउनका लागि आवश्यक खर्च नगरपालिकाले व्योहोर्ने तयारी हो, तर म अनुगमनमा जाँदा एकल महिला, अपाङ्गता भएकाको घरमा जस्तापाता लगाइदिने मानिस छैन”, उनले भने, “यसबारे नगरपालिकाले कसरी सहयोग गर्ने भन्नेबारेमा समेत छलफल गरिरहेका छौँ । लगाउने विकल्प नभएकालाई नगरपालिकाले लगाइदिने विषयमा कार्यपालिकामा छलफल गर्छौँ ।”
एक घरको छानामा जस्तापाता लगाउन नगरपालिकाले रु ४८ हजारसम्म अनुदान दिनेछ । नगरपालिकाले जस्तापाता लगाउनका लागि शुरुमा ७० प्रतिशत रकम दिइने र टिन लगाइसकेपछि ३० प्रतिशत भुक्तानी दिने मापदण्ड तयार गरेको छ । सङ्घीय सरकारको सहयोगमा नगरपालिकाले खरको छाना भएकाहरुका घरमा टिनको छाना लगाउने कार्यक्रम अघि सारेको हो । नगरपालिकाले गत वर्ष पनि जनता आवास कार्यक्रमअन्र्तगत १५ घर निर्माण गरिदिएको थियो ।
नगरपालिकाले घरमा टिनको जस्तापाता लगाइदिने भएपछि वडा नं ७ की ज्येष्ठ नागरिक माता विक निकै खुशी भएकी छिन् । शनिबार अनुगमनमा माताको घर पुगेका नगरप्रमुख रावललाई उनले धन्यवाद दिएकी थिईन् । “नगरप्रमुख र वडाध्यक्ष आएर मेरो घर हेरेर गए, मेरो घर अब भत्कन मात्र बाँकी छ । यस वर्षको वर्षामा कहाँ जाउला भन्ने चिन्ता थियो”, ७५ वर्ष उमेर नाघेकी एकल महिला माताले भनीन्, “अब नगरपालिकाले टिन लगाइदिने भएपछि म पनि घामपानीबाट बच्ने भएँ । अब ढुक्कले घरभित्र सुत्न पाइएला भन्ने लागेको छ ।”
घरको छाना बन्ने भएपछि टीकापुरकै कौशीदेवी बुढा पनि खुशी भएका छन् । पाँच वर्षदेखि खर नपाएर मर्मत नभएको उनको घरले पनि अब कर्कटपाताको छाना पाउने भएको छ । “खर किन्ने पैसा नभएर पाँच वर्षदेखि पानी आउँदा चुहिने घरमा बस्न वाध्य थिएँ”, उनले भने, “अब घर मर्मत हुने भयो, किन खुशी नलागोस् ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘स्वास्थ्य क्षेत्र सुधारलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेका छौँ’
पुष २१, २०८१ आइतबार
टीकापुर क्षेत्रमा चिसो बढेपछि दाउरा वितरण
पुष १९, २०८१ शुक्रबार
पहिलो सुदूरपश्चिम मेयर सम्मेलन सोमबारदेखि सुरु हुँदै
पुष १४, २०८१ आइतबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
विराटनगर महानगरपालिकाको बजेट खर्च १९ दशमलव ८७ प्रतिशत मात्रै
पुष २१, २०८१ आइतबार
काठमाडौं ताराले सम्पन्न गर्यो क्लब भिजिटसहितको पिकनिक कार्यक्रम
पुष २१, २०८१ आइतबार
अर्थतन्त्र सुधारका लागि सरकारले विशेष जोड दिनुपर्छः महामन्त्री थापा
पुष २१, २०८१ आइतबार
‘स्वास्थ्य क्षेत्र सुधारलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेका छौँ’
पुष २१, २०८१ आइतबार
एकताका लागि संवाद गर्न लोसपाले बनायो समिति
पुष २१, २०८१ आइतबार