दैलेखका पत्रकार डेकेन्द्रराज थापाका फरार अभियुक्त १६ वर्षपछि पक्राउ
नेपालबहस संवाददाता
माघ २६, २०७७ सोमबार १६:४९:२१
२६ माघ, दैलेख । द्वन्द्वकालमा तत्कालीन माओवादीबाट मारिएका दैलेखका पत्रकार डेकेन्द्रराज थापाको हत्यामा संलग्न फरार एक अभियुक्तलाई दैलेख प्रहरीले १६ वर्षपछि पक्राउ गरेको छ।
पत्रकार थापाको हत्यामा संलग्न रहेका महाँबु गाउँपालिका–६ दैलेखका ६८ बर्षीया जयबहादुर शाहीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएकाे हाे । उनलाई प्रहरीले शनिवार पक्राउ गरेको हो ।
जिल्ला अदालत दैलेखले पत्रकार थापाको हत्यामा संलग्न रहेको भन्दै उनलाई समेत दोषी ठहर गरेको थियो । अदालतको फैसला अनुसार शाहीले ४ महिना २९ दिन कैद सजाय भुक्तान गर्न बाँकी रहेको बताइएकाे छ ।
पक्राउ परेका शाहीलाई दैलेख जिल्ला अदालतमा उपस्थित गराई कैद भुक्तानीका लागि जिल्ला कारागार चलान गरिएको छ। तत्कालीन बिद्रोही नेकपा माओवादीले २०६१ साउन २७ गते पत्रकार थापाको हत्या गरेको थियो ।
द्वन्द्वकालमा तत्कालीन माओवादीले दैलेख बजारको खानेपानी लाइन काटिएपछि समस्या समाधान गर्ने भन्दै वार्ताका लागि गएका डेकेन्द्र थापालाई नौमुले गाउँपालिका वडा नं ३ साबिकको द्धारी गाविस–१ मा २०६१ साल साउन २७ गते हत्या गरिएको थियो ।
थापालाई नौमुलेबाट तत्कालीन माओवादीले अपहरण गरी ४५ दिनसम्म बन्दी बनाएर निर्मम तवरले मारिएका र उनको शव द्धारी जगंलमा गाडिएको अवस्थामा फेला परेको थियो । माओवादीले हत्या गरेपछि पत्रकार थापाकी श्रीमती लक्ष्मीले जिल्ला प्रहरी कार्यालय दैलेखमा २०६५ भदौ ५ गते ९ जनाविरुद्ध किटानी जाहेरी दिएकी थिइन। त्यसबेला प्रहरीले पाँच जनालाई पक्राउ गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशृङ्खलाबद्ध चोरी/डकैतीमा संलग्न गिरोह पक्राउ
मंसिर १४, २०८१ शुक्रबार
नक्कली यौनजन्य औषधि उत्पादन तथा विक्री वितरण गर्ने तीन जना पक्राउ
मंसिर १४, २०८१ शुक्रबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
माओवादी, रास्वपा र स्वतन्त्र गरी ६ जना उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
मंसिर १४, २०८१ शुक्रबार
बगरफाँट–भकिम्ली सडक: ‘ट्याक’ खुलेको १७ वर्षपछि स्तरोन्नति
मंसिर १५, २०८१ शनिबार
स्वास्थ्य बीमा भएका वडामा निःशुल्क भिडियो एक्सरे सेवा
मंसिर १५, २०८१ शनिबार
व्यापार घाटा तीन खर्ब ५२ अर्ब ३७ करोड
मंसिर १५, २०८१ शनिबार
भारतमा सबैभन्दा बढी कर तिर्ने पाँच सेलेब्रेटी, साउथ हिरो पनि परे
मंसिर १५, २०८१ शनिबार
महाराजगञ्जलगायतका स्थानमा आज बिजुली काटिने
मंसिर १५, २०८१ शनिबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर १५, २०८१ शनिबार