कांग्रेसको ढुलमुले प्रबृत्ति र ओलीका गिद्धे आँखा
नेपालबहस संवाददाता
माघ २८, २०७७ बुधबार १७:५३:५८
नेपाली कांग्रेसको वर्तमान नेतृत्वको अकर्मण्यताको कारण अहिले प्रतिगमनले बिस्तारै आफ्नो टाउको उठाउन र आफ्नो अभिष्ठ पुरा गर्ने तर्फ अग्रसर भैरहेको छ ।
जनतालाई भए–नभएका बनावटी आश्वासनका फुलबुट्टा भरेर देशलाई द्वन्द र राजनैतिक अस्थिरतातर्फ अगाडि बढाउन वर्तमान ओली सरकार अग्रसर छ भन्ने कुराको प्रमाण खोज्न अब आश्यकता पनि छैन । यस्तै बनावटी बेतुकका गफ र व्यवस्थामाथि नै गिद्धेदृष्टिले कतै नेपाली जनताको दिल भित्र नक्कली माया पिरती लगायो भने देशले अकल्पनिय दुर्घटना व्यहोर्नु पर्ने हुनसक्छ । अथवा भनौं, मुलुकले ठुलो राजनैतिक धोका खान सक्छ भन्ने कुरा अब बिस्तारै सतहमा आउन थालेका छन् ।
जुन असरले नेपाली समाजमा भर्खरै मात्रै क्रियाशिल हुन थालेको संघियता र सिंगो लोकतान्त्रिक व्यवस्था नै धरापमा पर्न सक्छ । क्षणिक फाईदाका लागि अहिले नेपाली कांग्रेसले आप्mनो बिगत र आउने भविष्य भुल्नु हुँदैन ।
नेकपा फुटदैमा नेपाली कांग्रेस शक्तिशाली पार्टी बन्यो भन्ने दिवाश्वप्न पाल्नु यो किमार्थ पनि सहि र सकारात्मक तर्क होईन । नेकपा फुटदा नेपाली कांग्रेस शक्तिसाली बन्छ भन्नु भनेको सिंगो ऐनाले भन्दा फुटेको ऐनाले बढी घाउ बनाउँछ भन्नु जस्तै हो । यो कुरा नेपाली कांग्रेसको वर्तमान नेतृत्वले पक्कै पनि राम्रोसँग बुझेको हुनुपर्छ ।
लोकतन्त्रको गला रेटेर पशुपतिनाथको मन्दिरमा बालिएका सवालाख बत्तिको बीचको नांटंकीका बीचमा कुनै तादम्यता देखिदैन । केवल जनता झुक्याउने प्रपञ्चका रुपमा राम मन्दिर र पशुपतिनाथको मन्दिरका बिषयहरुले अहिले बालुवाटारमा प्राथमिकतामा परिरहेको देखिन्छन् ।
कांग्रेसलाई चाँहि दुबै हातमा लड्डु हात लाग्ने र अरुले केहि पनि नपाउने भन्ने कुरा किमार्थ पनि होईन । त्यसैले नेपाली कांग्रेस यस बिषयमा अल्मलिनु, घोत्लिनु या पर्ख र हेर को अवस्थामा अल्मलिएर वर्तमान राजनीतिमा देखिएको अन्यौलतामा कुहिरोको काग जस्तो भएर दिशा बिहिन हुनुको कुनै तुक पनि छैन ।
नेपाली कांग्रेसले केहि पनि दायाँ–बायाँ नसोची एउटै मात्र शर्त र एजेण्डा संसद पुर्नस्थापनाको मुद्धा लिएर अब नेपाली कांग्रेस सडकमा जान ढिलाई गर्नु हुँदैन । समय छदैं आप्mनो राजनैतिक एजेण्डा तय गर्न नसकेर भविष्यमा अर्काको योजनाका पछि दगुर्दाको २०६२/०६३ को आन्दोलमा गणतन्त्रको भारी बोक्नु परेको तितो यथार्थतालाई पनि बुझेर अगाडि बढनु पर्ने आवश्यकता छ ।
सधैं अरुकै राजनैतिक एजेण्डाका पछि दर्गुन नेपाली कांग्रेस जस्तो महान प्रजातान्त्रिक पार्टीलाई सुहाउँदैन । यदि वर्तमान नेपाली कांग्रेसको नेतृत्व तहले वीपी, गणेशमान, कृष्णप्रसाद, शुवर्ण शमसेर र सरोज कोईराला जस्ता व्यक्तिहरुले विगतमा लिनुभएका राजनैतिक अडान र आन्दोलनलाई संझेर प्राप्त उपलब्धि गुम्ने कुरामा अत्यन्तै चनाखो रुपमा अगाडि बढनु पर्ने बेला आएको छ ।
कांग्रेसको वर्तमान नेतृत्वको यहि ढुलमुले चरित्रका कारण नै ओलीका गिद्धे आँखा लोकतन्त्र सिध्याउँदै राजतन्त्र स्थापनातर्फ मोडिएका देखिन्छन् । सिंगो नेपाली जनताले साथ र सहयोग दिंदा पनि नेपाली कांग्रेस जनताको त्यो साथ र भरोषालाई आत्मसात गर्न सकिरहेको छैन ।
मुलुकमा भएका जुनसुकै पनि राजनैतिक परिवर्तनको नेतृत्व नेपाली कांग्रेसले नै गर्नुपरेको बिगतको ईतिहाँसलाई पनि वर्तमान नेपाली कांग्रेसको नेतृत्व तहले बिर्सनु हुदैन । वर्तमान नेपाली कांग्रेसमा देखिएको झर्ला र खाँउला भन्ने प्रबृत्तिलाई पूर्णरुपमा निरुत्साहित गर्दै नेपाली कांग्रेस आफै आफ्नाे परिश्रम र मेहनतले झारेर मात्र खान्छ भन्ने सोचलाई अंगिकार गर्न सक्ने सफल नेतृत्वको आवश्यकता परिरहेको छ ।
म आफै कल्पना गर्छु वीपी, केपी, गणेशमान र गिरिजाबाबुहरु अहिले जिवित हुन्थे भने के नेपाली कांग्रेसमा देखिएको अहिलेको जस्तो फरक फरक धारणा आउँथे होलान र ? यस बिषयमा अब नेपाली कांग्रेसका असल र ईमान्दार नेता तथा कार्यकर्ताहरुले असाध्यै धेरै गहिरीएर सोच्ने बेला आएको छ ।
तपाई हामिले अहिले देखिरहेका छौं कि सडकमा बग्रेल्ती रुपमा छाडा साँढेहरु निस्कन थालिसककेका छन् । कोहि बीच सडकमै नानाथरीका हुँकार निकाल्दै डुक्रिन थालिसके, कतिले अर्काको बालीमा लामो जिब्रो तानी सके, कतिले बिगार मात्रै गर्ने सोचले अर्काको बालीमाथि आँखा लगाई सके । कति बेला यहि हो लामा हात गरि हालौं भन्ने दाउमा छन् ।
कतिलाई अब यो नै अन्तिम पटक हो जति सकिन्छ फुत्क्याईहालौ भनेर ज्यानै फालेर लुट्न लागि परेका छन्, कतिले बीच बाटोमै सिंगौरी नै खेल्न थालि सके, कतिले आफैले जन्माएका बाछाबाछी त्यत्तिकै अलपत्र पारेर भागिसके । कति यताका हुल उता देखिन्छन्, कति उताका हुल यता ठोकिन्छन् ।
आफ्ना र पराया छुट्याउनै नसक्दा बाली बिगार्ने र बाली सिध्याउनेलाई जरिवाना गर्न समेत समस्या परिरहेको छ । लाग्छ अचाक्ली खाएर यि मैमत्ता साँढेहरुको माथिल्लो पट्टीको सबै दाँतहरु नै झरेको छ । यस्तो असामान्य राजनैतिक अवस्था सृजना हुँदा समेत नेपाली कांग्रेस अदालतको फैसला मात्रै कुरेर बस्न आफ्नाे नैतिकताले नदिने कुरा हो । यस बिषयमा पनि नेपाली कांग्रेसको दर्बिलो र विश्वसनीय धारणा आम नेपाली नागरिक सामु आउन जरुरी छ ।
ओलीसँग मिल्न सके छोटो समयको गुलियो मुख बनाउन पाईहालिन्छ कि भने बालुवाटार तिर मुख फर्काएर बस्नेहरुको पनि कमि भने छैन । ओली बिरुद्ध, ओली प्रबृत्ति बिरुद्ध, लोकतन्त्रको निर्मम हत्याका बिरुद्ध, विधी र संबिधानको ठाडो उलंघनका बिरुद्ध सिंगो मुलकु, उनकै पार्टीका नेता तथा कार्यकर्ताहरु र आम नागरिक समाजका अगुवाहरु बिरुद्धमा निस्किसक्दा पनि अझै नेपाली कांग्रेसका केहि बरिष्ठ नेताहरु ओलीसँगै भागवण्डामा रुमलिए पछि र भागसान्तीमा रमाउन थालेपछि नेपाली कांग्रेस र लोकतन्त्रका मुल्य मान्याता माथि समेत प्रश्न उठन सक्ने अवस्था सृजना हुदै जान थालेको छ ।
नेपाली कांग्रेस आफुलाई सधैं बिधी र नियम मान्ने पार्टी हो भन्छ तर एउटै बिधी र नियम मान्ने पार्टीका नेताहरु ओलीले मुलुक डुबाउँदा समेत एकै स्वरमा सडकमा आउन सकिरहेका छैनन । पार्टी सभापति एकातिर ओलीले ठिकै गरे भन्ने बिषय उठाउँछन, अर्को तिर सरकारको असंबैधानिक कदमको बिरोध गर्नुपर्छ पनि भन्छन् । बरिष्ठ नेता रामचन्द्र पौडेल शुरु देखिनै संबिधान माथिको नांगो हस्तक्षेपका बिरुद्धमा आवाज उठाई रहेका छन् ।
नेपाली कांग्रेसका प्रभावशाली नेता डा.शेखर कोईराला वर्तमान ओली सरकारको असंंबैधानिक कदमको बिरुद्धमा आम नागरिकलाई गोलबद्ध गर्न सुदुर पूर्व र सुदुर पश्चिमको देश दौडाहामा छन् । यसको अर्थ नेपाली कांगे्रसको नेतृत्व तहमा अझै पनि एकैधारणा र एउटै कार्यक्रमका साथ अगाडि बढन सक्ने अवस्था सृजना भै नसकेको कुरा स्पष्ट हुदैन र ? तमाम नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरु अहिले नेपाली कांग्रेसले सबै काम छोडेर सरकारको असंबैधानिक कदमका बिरुद्धमा शशक्त रुपमा सडकमा जानु पर्ने बताईरहेका छन् ।
नेपाली कांग्रेसको वर्तमान नेतृत्वको यहि ढुलमुले चरित्रका कारण नै ओलीका गिद्धे आँखा लोकतन्त्र सिध्याउँदै राजतन्त्र स्थापनातर्फ मोडिएका देखिन्छन् । सिंगो नेपाली जनताले साथ र सहयोग दिंदा पनि नेपाली कांग्रेस जनताको त्यो साथ र भरोषालाई आत्मसात गर्न सकिरहेको छैन । जनताको सार्वभौम अधिकार सुनिश्चित गर्ने प्रतिनिधिसभा माथि वर्तमान सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा भित्रको नितान्त दलगत बेमेललाई आधार बनाएर बिघटन गर्दा समेत नेपाली कांग्रेसले यसलाई शशक्त रुपमा प्रतिकारात्मक र प्रतिरक्षात्मक कार्यक्रमहरु सञ्चालन गर्न सकिरहेको देखिदैन ।
ढुलमुले चरित्रले पार्टीलाई फाईदा नपुग्ने बुझेर नै नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोईराला अहिले पूर्वी नेपालका जिल्लाहरुको भ्रमणमा रहेका छन् । नेपाली कांग्रेसका नेता तथा स्थानीय कार्यकर्ताहरुको विचार र भावना बुझेर अबको आन्दोलनको खाका तयार गर्ने कुरामा थप सहयोगी हुने बुझेर नै डा. शेखर कोईराला जिल्ला दौडाहामा निस्किएका हुन् ।
हिजो राजाबादी हौं भनेर सडकमा नाराबाजी गर्दै निस्किएका जनताहरु नै अहिले ओलीले सञ्चालन गर्ने कार्यक्रममा रातो झण्डा बोकेर देखिनुले राजाबादीहरु र प्रधानमन्त्री ओली बिचमा गतिलै साँठगाँठ रहेको अनुमान स्वयं नेपाली कांग्रेसका प्रभावशाली नेताहरुले नै लगाउन थालिसके पछि अब पनि चुप लागेर बस्नु भनेको नेपाली कांग्रेसको कायरता हो, नेपाली कांग्रेसको मरेको दिन हो ।
हुन त नेपाली कांग्रेसका केहि अवसरबादी नेताहरु ओलीसँग मिल्न सके छोटो समयको गुलियो मुख बनाउन पाईहालिन्छ कि भने बालुवाटार तिर मुख फर्काएर बस्नेहरुको पनि कमि भने छैन । ओली बिरुद्ध, ओली प्रबृत्ति बिरुद्ध, लोकतन्त्रको निर्मम हत्याका बिरुद्ध, विधी र संबिधानको ठाडो उलंघनका बिरुद्ध सिंगो मुलकु, उनकै पार्टीका नेता तथा कार्यकर्ताहरु र आम नागरिक समाजका अगुवाहरु बिरुद्धमा निस्किसक्दा पनि अझै नेपाली कांग्रेसका केहि बरिष्ठ नेताहरु ओलीसँगै भागवण्डामा रुमलिए पछि र भागसान्तीमा रमाउन थालेपछि नेपाली कांग्रेस र लोकतन्त्रका मुल्य मान्याता माथि समेत प्रश्न उठन सक्ने अवस्था सृजना हुदै जान थालेको छ ।
केन्द्रमा देखिएको यस्तो ढुलमुले चरित्रले पार्टीलाई फाईदा नपुग्ने बुझेर नै नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोईराला अहिले पूर्वी नेपालका जिल्लाहरुको भ्रमणमा रहेका छन् । नेपाली कांग्रेसका नेता तथा स्थानीय कार्यकर्ताहरुको विचार र भावना बुझेर अबको आन्दोलनको खाका तयार गर्ने कुरामा थप सहयोगी हुने बुझेर नै डा. शेखर कोईराला जिल्ला दौडाहामा निस्किएका हुन् । कोईरालाको जिल्ला भ्रमण पछि पक्कै पनि नेपाली कांग्रेसले फरक र शशक्त आन्दोलनको कार्यक्रमहरु ल्याएर वर्तमान सरकारले गरेको असंबैधानिक कदम सच्याउन सहयोगी शिद्ध हुनेछ भनेर हामीले आशाबादी हुनुभन्दा अरु के नै पो गर्न सकिन्छ र ??
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएनपिएल क्रिकेट : कोशेढुङ्गा बन्ने अपेक्षा
मंसिर १४, २०८१ शुक्रबार
नेपालमा स्की खेलको सम्भावना
मंसिर ११, २०८१ मंगलबार
भान्सामा नै छ बालबालिकाको पौष्टिक भोजन
मंसिर ११, २०८१ मंगलबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
माओवादी, रास्वपा र स्वतन्त्र गरी ६ जना उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
मंसिर १४, २०८१ शुक्रबार
अल्लु अर्जुनको फिल्म ‘पुष्पा २’ रिलिज अगावै अमेरिकामा बनायो रेकर्ड
मंसिर १५, २०८१ शनिबार
चिया बगानमा विस्फोटक पदार्थ राखेको आरोपमा दुई जना पक्राउ
मंसिर १५, २०८१ शनिबार
परराष्ट्रमन्त्री डा राणा आज स्वदेश फर्कदै
मंसिर १५, २०८१ शनिबार
जासुसी गरेको भन्दै चीनले पठायो पत्रकारलाइ ७ बर्षको जेल सजाय
मंसिर १५, २०८१ शनिबार
बगरफाँट–भकिम्ली सडक: ‘ट्याक’ खुलेको १७ वर्षपछि स्तरोन्नति
मंसिर १५, २०८१ शनिबार