नेपाली कांग्रेसमा डा.शेखर कोइरालाको खोजी
नेपालबहस संवाददाता
फागुन १, २०७७ शनिबार १९:१७:३९
देशमा देखिएको अन्यौलग्रस्त वर्तमान राजनीतिक घटनाक्रममा नेपाली कांग्रेसको वर्तमान नेतृत्वमा देखिएको ढुलमुले प्रवृत्तिका कारण तल्लो तहका नेता तथा कार्यकर्ताहरु आक्रोशित हुनुका साथै नेतृत्व तहको खुलेर विरोध गर्न थालेका छन् ।
नेपाली कांग्रेस आफै वर्तमान सरकारले गरेका असंवैधानिक र अलोकतान्त्रिक कदमको विरोधमा सडकमा आन्दोलन गरिरहेको बेला आफ्नै दलको नेतृत्वपङ्ति भने वर्तमान कामचलाउ सरकारका प्रधानमन्त्री केपी ओलीसँग कुममा कुम जोडेर राजनीतिक नियुक्तिकाे भागवण्डाका लागि रोईलो गर्न बालुवाटार दगुर्ने नेपाली कांग्रेसको वर्तमान नेतृत्व ओलीसँग नजिकिए पनि आम कांग्रेस कार्यकर्ता माझ भने टाडिदै जान थालेको छ ।
अहिले नेपाली कांग्रेस ईतिहासकै अत्यन्तै कठिन मोडमा आएर उभिएको छ । आम नागरिकले नेपाली कांग्रेसलाई दुबै हातमा लड्डु देखिरहे पनि स्वयं नेपाली कांग्रेसका काँधमा भने ईतिहासकै अत्यन्तै ठुलो जिम्मेवारी बोक्नु पर्ने अवस्था देखिदैछ । ओत लाग्ने घर नै आगो लगाउने काममा उद्दत फटाहाहरुको पञ्जाबाट घरमा बसोबास गरिरहेका परिवारका सदस्यहरु कसरी बचाउने ? छँदाखाँदाको आफ्नै विग्रिन लागेको घर कसरी जोगाउने ? भन्ने गहन जिम्मेवारी पनि नेपाली कांग्रेसले बोक्नु परेको छ ।
डा. शेखरको यो सकृयताले सिङ्गो नेपाली कांग्रेसमा पुन एकपटक रक्तसञ्चार पैदा गराएको छ । सुशुप्त अवस्थामा रहेका पुराना तथा त्यागी नेताहरुसँगै युवा तथा जुझारु कार्यकर्ताहरु पनि अब नेपाली कांग्रेस सक्षम, सवल, सशक्त र शक्तिशाली बन्ने आशाका साथ डा. शेखर कोइरालासँगै गोलबन्द बन्दै गैरहेका छन् ।
देशमा चलिरहेको कम्युनिस्टको तल्लाेस्तरकाे जुहारीले दुईजना जड्याहा छुट्याउन खोज्दा दुबै जड्याहाको मुक्का खानु पर्ने अवस्था पनि अहिले टुल्टुल्ती देखिदैछ । वर्तमान नेपाली कांग्रेसको नेतृत्व अहिले अत्यन्तै सुविधाभोगी र लोभलालचमा लिप्त भएका कारण आम नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरु बिस्तारै वर्तमान नेतृत्वको विकल्प खोज्न थालेका छन् ।
आम नेपाली नागरिकहरु राजनीतिमा स्वच्छ छवि भएका, पार्टीको विधि र पद्धतिका लागि कसैसित कुनै पनि प्रकारको सम्झौता नगर्ने, आफ्ना आफन्त र नातागोताका लागि कहिल्यै र्याल नचुहाउने, नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुको भावना र चाहनाको सधैं कदर गर्ने, पार्टीको बिधान बमोजिम पार्टीभित्र सामुहिक निर्णयलाई बढावा दिन सधै प्रयत्नशील रहने, मुलुकका प्रजातान्त्रिक आन्दोलनका निडर र साहसी योद्धा, नेपाली जनजनका मुटुका ढुकढुकी डा. शेखर कोइरालाप्रति अहिले अत्यन्तै धेरै आशावादी देखिएका छन् । जसलाई डा. कोइरालाले बुझेर नै अहिले देश दौदाहामा निस्किएका छन् ।
डा. कोइरालाको राजनीतिक सकृयतासँगै उनले प्रस्तुत गरिरहेका राष्ट्रप्रेम र लोकतन्त्रप्रतिका प्रतिवद्धतापुर्ण भनाईहरु, लोकतन्त्रमाथिको नाङ्गो हस्तक्षेपका विरुद्धमा उनले लिएका अडानहरु, लोकतन्त्रको हत्यारा कम्युनिस्टहरूसँग नेपाली कांग्रेस जस्तो लोकतान्त्रिक पार्टीले सहकार्य गर्नै नसक्ने, नेपाली कांग्रेसलाई देशमा कुनै पनि दल र संगठनले कमजोर बनाउनै नसक्ने भन्दै कांग्रेसलाई कमजोर बनाउन कांग्रेस नै लाग्न सक्ने खतरातर्फ सचेत रहनु पर्ने कुरामा डा. कोइरालाले पटक पटक सचेत गराउँदै आईरहनु भएको छ ।
डा. शेखरको यो सकृयताले सिङ्गो नेपाली कांग्रेसमा पुन एकपटक रक्तसञ्चार पैदा गराएको छ । सुशुप्त अवस्थामा रहेका पुराना तथा त्यागी नेताहरुसँगै युवा तथा जुझारु कार्यकर्ताहरु पनि अब नेपाली कांग्रेस सक्षम, सवल, सशक्त र शक्तिशाली बन्ने आशाका साथ डा. शेखर कोइरालासँगै गोलबन्द बन्दै गैरहेका छन् ।
देशब्यापी रुपमा डा.शेखर कोइरालाको पक्षमा अहिले देखिएको समर्थन र सम्मानले निकट भविष्यमा सम्पन्न हुन गैरहेको नेपाली कांग्रेसको चौधौं महाधिवेशनमा डा. शेखरको पक्षमा अत्यधिक मत प्राप्त हुने अनुमान गर्न थालिएको छ । आफुलाई खुलेर डा. शेखरको पक्षमा अहिल्यै बेला नभैसकेको बताउने जिल्लास्तरका नेताहरु समय आउनासाथ सबै कांग्रेसहरु एकजुट भएर डा. कोइरालालाई नेपाली कांग्रेसको सभापति बनाउन अग्रसर हुने बताउन थालिसकेका छन् ।
छिट्टै डा. कोईरालाको नेतृत्वमा लोकतन्त्रकाे रक्षा र वर्तमान सरकारको असंवैधानिक कदमका विरुद्धमा ब्यापक सडक आन्दोलनको तयारीमा जुटन र निंदाएर बसेको कांग्रेसलाई जगाउँदै गिरिजाबाबु झैं देशमा लोकतन्त्रको रक्षाको आन्दोलनको नेतृत्व गर्न उनलाई आम नेपाली नागरिकहरूको अनुरोध छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएनपिएल क्रिकेट : कोशेढुङ्गा बन्ने अपेक्षा
मंसिर १४, २०८१ शुक्रबार
नेपालमा स्की खेलको सम्भावना
मंसिर ११, २०८१ मंगलबार
भान्सामा नै छ बालबालिकाको पौष्टिक भोजन
मंसिर ११, २०८१ मंगलबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
माओवादी, रास्वपा र स्वतन्त्र गरी ६ जना उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
मंसिर १४, २०८१ शुक्रबार
अल्लु अर्जुनको फिल्म ‘पुष्पा २’ रिलिज अगावै अमेरिकामा बनायो रेकर्ड
मंसिर १५, २०८१ शनिबार
चिया बगानमा विस्फोटक पदार्थ राखेको आरोपमा दुई जना पक्राउ
मंसिर १५, २०८१ शनिबार
परराष्ट्रमन्त्री डा राणा आज स्वदेश फर्कदै
मंसिर १५, २०८१ शनिबार
जासुसी गरेको भन्दै चीनले पठायो पत्रकारलाइ ७ बर्षको जेल सजाय
मंसिर १५, २०८१ शनिबार
बगरफाँट–भकिम्ली सडक: ‘ट्याक’ खुलेको १७ वर्षपछि स्तरोन्नति
मंसिर १५, २०८१ शनिबार