समयमै काम नहुँदा दिनहुँ वडा धाउँछन नागरिक
नेपालबहस संवाददाता
फागुन २३, २०७७ आइतबार १८:१३:३१
२३ फागुन,भजनी । टीकापुर नरगपालिका–१ एकतानगर शिविरका टेकबहादुर दमाइँ हप्ता दिनदेखि वडा कार्यालय धाउँदै आएका छन् । छोराको नागरिकताको सिफारिसका लागि वडा कार्यालय पुगेका टेकबहादुर शुक्रबार पनि लाइनमै देखिए ।
उनको धेरै ठूलो काम पनि थिएन । सबै प्रक्रिया पूरा भई सिफारिस मात्रै लिनुपर्ने भए पनि तीन दिनदेखि त्यही सिफारिसको पछाडि टेकबहादुृर दौडिरहे । “वडाबाट हुने सबै काम भएको भए पनि सिफारिस पत्र नपाउँदा दैनिकी वडा कार्यालयमै बिताउनु परेको छ”, टेकबहादुरले भने, “अझै कति समय लाग्ने हो थाहा छैन, दिनभर लाइनमा बस्यो, साँझसम्म काम बन्दैन, रित्तो घर फर्कनुपर्छ ।”
त्यस्तै बाढीपीडित शिविरका जनक विक पनि तीन दिनदेखि वडा कार्यालय धाउँदै आएका छन् । जन्म दर्ताका लागि वडा कार्यालय पुगेका जनकको निवेदनले कार्यालयभित्र प्रवेश पहिलो दिनमै गरेको थियो । तीन दिन हुँदासम्म त्यो निवेदनको परिणाम जनकले पाउन सकेका छैनन् । “सबैभन्दा बढी भीड मालपोत कि प्रशासन हुन्छ भन्थे, त्योभन्दा बढी वडामा पनि रहेछ”, जनकले भने, “जनताबाट निर्वाचित भई आएका जनप्रतिनिधिले नागरिकको सेवा छिटोछरितोका लागि पहल गर्नुपर्ने हो, त्यो भएन, परिणाम नागरिकले दुःख पाउन थाले ।”
टेकबहादुर र जनक वडा कार्यालयमा सेवा लिन आएका दुई उदाहरणमात्रै हुन् । दैनिक सयौंको सङ्ख्यामा वडा कार्यालयमा सेवाग्राही आउँछन् । अधिकांश सेवाग्राहीको काम पहिलो दिनमा हुने कुनै सम्भावना नै हुँदैन । किनभने, पहिलो दिनकै सेवाग्राहीका फाइल कर्मचारीका टेबलमा भरिएका हुन्छन् । अहिले त सेवाग्राही पनि फाइल दिने र घर फर्कने गरेका छन् ।
वडा कार्यालयको यो भीडभाड व्यवस्थित गरी सेवाग्राहीलाई सहजरुपमा सेवा दिनका लागि वडा विभाजनको विकल्प नरहेको वडासचिव चक्रबहादुर रावलले बताए । “मैले २०६३ सालदेखि वडा कार्यालयको वडा सचिवको रुपमा काम गर्दै आएको छु, अहिलेको मात्र होइन, यस्तो सेवाग्राहीको यो भीडभाड जहिले पनि उस्तै हो”, वडा सचिव रावलले भने, “वडामा चाहिने आवश्यक कर्मचारी थप हुँदै आएको छ, तर पनि सेवाग्राहीको काम सहज रुपमा हुन सकेको छैन, हामी कर्मचारीलाई पनि धेरै अप्ठ्यारो महसुस हुँदै आएको छ ।”
उनले वडा विभाजन भएपछि सेवाग्राहीसँगै कर्मचारीलाई पनि सहज हुने भन्दै वडा विभाजन नै वडा नं १ को विकल्प हुनसक्ने बताए । वडा सचिव रावलले कार्यालय व्यवस्थापन भएपश्चात् केही सहज भए पनि सेवाग्राहीलाई थेग्न सक्ने अवस्था नरहेको बताए । सेवाग्राहीलाई सेवा लिन सास्ती भएकै कारण गत पुस २६ गते शुरु भएको नगरपालिकाको नगरसभा वडा विभाजनको विषयमा सहमति जुटाउन नसक्दा निष्कर्षविहीन भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकलिला बालबालिका चिसोमा छानोमुनि पढ्न बाध्य
मंसिर १३, २०८१ बिहिबार
तारजालीको छेकबारले मानव–वन्यजन्तुबीचको द्वन्द्वमा कमी
मंसिर ९, २०८१ आइतबार
जिसस कैलालीको प्रमुखमा कांग्रेसकी चौधरी निर्वाचित
मंसिर ५, २०८१ बुधबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
डीआईजी सरुवाको तयारी: कांग्रेस एमाले गठबन्धनमा रवि लामिछानेका विश्वास पात्रको तीव्र चलखेल
मंसिर १८, २०८१ मंगलबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
मंसिर १८, २०८१ मंगलबार
अपाङ्गता भएका व्यक्तिको अधिकार संरक्षण गर्न आग्रह
मंसिर १८, २०८१ मंगलबार
टिकटकले हटायो छ हजार ७८ भिडियो
मंसिर १८, २०८१ मंगलबार
दक्षिण कोरियामा सैन्य शासन घोषणा
मंसिर १८, २०८१ मंगलबार
कीर्ते कागजात पेश गरी लाखौँ रुपैयाँ हिनामिना गर्ने हेडमास्टर पक्राउ
मंसिर १८, २०८१ मंगलबार
अछामबाट भरुवा बन्दुकसहित एक जना पक्राउ
मंसिर १८, २०८१ मंगलबार
मुलुकमा राजनीतिक स्थायित्व कायम गर्न गठबन्धन सरकार: नेता डा कोइराला
मंसिर १८, २०८१ मंगलबार