अन्तरराष्ट्रिय छनोटमा विष्टले खिंचेका सात तस्वीर
नेपालबहस संवाददाता
फागुन २५, २०७७ मंगलबार २२:३७:३९
२५ फागुन,टिस्टुङ । नेपालका फोटो जर्नालिष्ट गणेश विष्टले खिंचेका सात तस्वीर अन्तरराष्ट्रिय छनोटमा परेका छन् । अन्तरराष्ट्रिय श्रमिक महिला दिवस–२०२१ का अवसरमा हेल्प एज इन्टरनेशनलले ज्येष्ठ महिलाको आर्थिक अधिकार र न्यायलाई केन्द्रीय विषय मानेर अन्तरराष्ट्रिय रुपमा तस्वीर आह्वान गरेको थियो ।
मकवानपुर, थाहा नगरपालिका–३ का बासिन्दा विष्टले आफूले पठाएका तस्वीरमध्ये सात छनोटमा परेको जानकारी दिए । विश्वका १० देशले सहभागिता जनाएको सो प्रतिस्पर्धामा नेपालबाट एजिङ नेपालमा आबद्ध विष्टले खिंचेका सात तस्वीर प्रारम्भिक छनोटमा परेका हुन् । ‘ज्येष्ठ महिलाको आर्थिक अधिकार र न्याय अभियानमा मेरो समर्थन छ’ भन्ने जनाउन एउटा हातमाथि उठाएर खिंचिएको तस्वीर विष्ट थाहाबाट प्रकाशन हुने ‘विकास खबरपत्रिका’ साप्ताहिक र ‘थाहा टाइम्स’ अनलाइनमा फोटो जर्नालिष्टका रुपमा कार्यरत विष्टले प्रतिस्पर्धाका लागि पठाएका थिए ।
अन्तरराष्ट्रिय छनोटमा परेका तस्वीरमध्ये सबैभन्दा बढी ९सात० नेपालकै छन् । त्यसपछि कम्बोडिया, फिलिपिन्स र जोर्डनका पाँचपाँच, भियतनाम, केन्या र इथियोपियाका चारचार, अर्जेन्टिना र किर्गिस्तानका तीनतीन तथा थाइल्याण्डका एक तस्वीर प्रारम्भिक छनोटमा परेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचितवन कारागारका ६० जना कैदीबन्दी स्थानान्तरण
जेठ ९, २०८१ बुधबार
बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम जेठ १४ गते प्रस्तुत हुने
जेठ ८, २०८१ मंगलबार
घर, समाज र टोलका विवाद मिलाउन ‘न्याय चौतारी’
जेठ ८, २०८१ मंगलबार
अवैध नदीजन्य पदार्थ ओसारपसार गरिरहेका टिपर स्थानीयको नियन्त्रणमा
जेठ १०, २०८१ बिहिबार
यस्तो छ सहकारीको शिर, दलीय वर्चश्वमा एमाले !
जेठ १०, २०८१ बिहिबार
सीता एयरको जहाजमा ठोक्किएर घाइते भएका भामलाई नेपालगञ्ज लगियो
जेठ १०, २०८१ बिहिबार
पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु , तीनजनाको उद्धार
जेठ १०, २०८१ बिहिबार
‘आलुचिप्स’ का लागि उपयोगी हुने आलु खेती गरिँदै
जेठ १०, २०८१ बिहिबार
सार्वभौमिक समानताका आधारमा द्विपक्षीय सम्बन्ध : उपप्रधानमन्त्री श्रेष्ठ
जेठ १०, २०८१ बिहिबार
थाई एयरवेजद्वारा नेपालमा पुनः उडान सुरु
जेठ १०, २०८१ बिहिबार
सगरमथा दिवसको अवसरमा ललितपुरमा बाल क्लाईम्बिङ प्रतियोगीता सम्पन्न
जेठ १०, २०८१ बिहिबार
कार्यदलमा सहमतिको सकस , गोलमटोल कुराले छानबिन अगाडि बढ्न सक्दैन : कांग्रेस
जेठ १०, २०८१ बिहिबार