कान्छो धौलागिरि दारेगौँडा पहाडमा नौ देशका झण्डा
नेपालबहस संवाददाता
फागुन २८, २०७७ शुक्रबार १८:२०:५०
२८ फागुन,बलेवा । ‘कान्छो धौलागिरि’ दारेगौँडा पहाडमा नौ देशका राष्ट्रिय झण्डा फहराइएको छ । बाग्लुङ, काठेखोला गाउँपालिका–२ भीमापोखरा, डोहेरी गाउँ नजीकैको सो पहाडमा पुग्ने स्वदेशी तथा विदेशीलाई आफ्नोपनको महसुस गराउने उद्देश्यले सार्कमुलुकसहित नौ देशका झण्डा फहराइएको हो ।
सोको प्रचारप्रसार र पूर्वाधार निर्माणका लागि स्थानीय युवाले समूह बनाएका छन् । युवाको सक्रियतामा पुष्पाञ्जलि ग्रामीण विकास केन्द्र स्थापना भएको छ । आन्तरिक र बाह्य पर्यटक आकर्षण गर्नका लागि राष्ट्रिय झण्डा फहराइएको केन्द्रका अध्यक्ष विक्रम शर्माले बताए । झण्डोत्तलनपछि अब सो क्षेत्र आन्तरिक र बाह्य पर्यटकका लागि थप आकर्षणमा पर्नेछ ।
छोटो पर्यटक पदमार्गमार्फत पुग्न सकिने र प्रकृतिसँग मज्जा लुट्न सकिने सो ठाउँमा पुग्न सार्वजनिक बिदा र छोटो फुर्सदको समय छुट्याए मात्रै पुग्छ । केन्द्रका निवर्तमान अध्यक्ष प्रेम केसीका अनुसार हिमालका आँगनमा बसेर मकै, भटमास खानेलाई सो ठाउँ स्वर्ग जस्तो लाग्छ ।
पहाड नजीकै सानो सुन्दर बस्ती छ । त्यही सुन्दर बस्तीमाथि सेताम्य हिमशृङ्खला हेर्न सकिने मनमोहक डाँडा दारेगौंडा छ । बुढापाकाले बस्ती धान्न प्रयोग गरेको सो डाँडा समुद्री सतहदेखि करीब दुई हजार ५०० मिटर अग्लाइमा छ । कान्छो धौलागिरिबाट दन्तलहरमा देखिने हिमाल हेर्न आउने युवाको चाप पनि बढ्दैछ । उच्च भागमा रहेको समथर भाग आफैँमा सुन्दर त छ नै, त्यसमाथि त्यहाँबाट देखिने करीब ११ जिल्लाका भूभाग अनि साविक धौलागिरिका तीन जिल्ला सदरमुकाम बाग्लुङ, बेनी र कुश्मा बजारको मनमोहहक दृष्य देखिन्छ । आँखै अगाडि देखिने धौलागिरि, अन्नपूर्ण, माछापुच्छ्रे, मानापाथीलगायत दर्जन हिमशृङ्खलाको त्यहाँबाट सजिलै अवलोकन गर्ने सकिन्छ । त्यहाँ पुग्ने प्रकृतिप्रेमी जो कोहीलाई पनि पहाडले तान्छ । हिम पहाडका लागि अत्युत्तम स्थान भएकाले नै दारेगौंडालाइ अहिलेका युवाले कान्छो धौलागिरिको उपमा दिएका हुन् ।
उनीहरुका अनुसार दारेगांैडालाई अव कान्छो धौलागिरिका नामबाट संसारभर चिनाइने तयारी थालिएको छ । जङ्गलका चराचुरुङ्गीको आवाज सुन्दै हिमशृङ्खलाको आँगनमा रमाउन चाहने पर्यटकको रोजाइमा यो ठाउँ पर्ने छ । प्राकृतिक छटाले परिपूर्ण सो क्षेत्र पर्यटन विकासमा पर्याप्त पूर्वाधार अभाव भए पनि आन्तरिक पर्यटकको रोजाइमा पर्न थालिसकेको छ ।
पर्यटनको प्रचूर सम्भावना बोकेको सो क्षेत्रको प्रचारप्रसार तथा पर्यटक आकर्षण गर्न स्थानीय पुष्पाञ्जलि ग्रामीण विकास केन्द्र लागिपरेको छ । यही क्लबले महाशिवरात्रिका अवसरमा सार्क राष्ट्रसहित नौ देशको झण्डा फहराएको छ । वडा कार्यालयको सहयोगमा नेपालसहित भारत, पाकिस्तान, भुटान, श्रीलङ्का, माल्दिभ, बङ्गलादेश, अफगानिस्तान र चीनको राष्ट्रिय झण्डा राखिएको केन्द्रका निवर्तमान अध्यक्ष प्रेम केसीले जानकारी दिए ।
बाग्लुङ सदरमुकामदेखि करीब २६ किलोमिटर सडक यातायातपछि करीब एक घण्टाको पैदल यात्रामार्फत कान्छो धौलागिरि पुग्न सकिन्छ । डोहेरी बस्तीसम्म कच्ची सडकले जोडिएको हुँदा जङ्गल क्षेत्रमा पर्यटन पदमार्गबाट पुग्न सकिन्छ । यहाँ व्यवस्थित पदमार्ग निर्माण गरेर म्याग्दी र बाग्लुङ जिल्लाको नयाँ गन्तव्यका रुपमा विकास गर्न सबै जुट्नुपर्ने स्थानीयवासीको माग छ । “यो कान्छो धौलागिरि नयाँ पर्यटन गन्तव्य हो, चिसो हावापानीमा अर्गानिक उत्पादनको स्वाद लिएर हिमशृङ्खलाको अवलोकन गर्न योभन्दा अर्को उपयुक्त क्षेत्र पहिचान हुन मुश्किल छ”, निवर्तमान अध्यक्ष केसीले भने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबुढापाकालाई गाउँको अस्तित्व मेटिने डर !
मंसिर १२, २०८१ बुधबार
गण्डकीमा डेङ्गी सङ्क्रमणबाट आठ जनाले ज्यान गुमाए
कात्तिक ३०, २०८१ शुक्रबार
स्याङ्जामा चालु वर्ष सुन्तालमा २० करोडको क्षति
कात्तिक २७, २०८१ मंगलबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
चीनले ५ अर्ब ६० करोड अनुदान दिने,थप नगद सहयोग समेत गर्ने
मंसिर १८, २०८१ मंगलबार
सहकारी ठगीमा रवि पत्नी निकिता पनि तानिने, जालसाजीमा अनुसन्धान गर्न सिफारिस
मंसिर १९, २०८१ बुधबार
साढे ५ किलो सुन तस्करी गर्ने तीन आरोपी पुर्पक्षका लागि कारागार पठाइए, ८ करोड बिगो दावी
मंसिर १८, २०८१ मंगलबार
महानगरको टोलीले भाटभटेनी सुपरमार्केटबाट निकाल्यो खान नमिल्ने नरिवल, ढुसी परिक्षण हुँदै
मंसिर १९, २०८१ बुधबार
विराटनगर किंग्स संग लुम्बिनी लायन्स २ विकेटले पराजित
मंसिर १९, २०८१ बुधबार
सुनसरीमा सरकारी नम्बर प्लेट राखेको गाडीबाट एक व्यक्तिसहित ६९० किलो गाँजा बरामद गरियो
मंसिर १९, २०८१ बुधबार
फ्रान्सका प्रधानमन्त्री बार्नियरले अविश्वासको प्रस्तावको सामना गर्ने
मंसिर १९, २०८१ बुधबार
सैन्य शासन घोषणापछि दक्षिण कोरियाका राष्ट्रपतिविरुद्ध महाभियोग लगाउने विपक्षीको निर्णय
मंसिर १९, २०८१ बुधबार
वीरगञ्जको सानो पाइला सहकारी ठगीमा रविलाई पक्राउ गरी अनुसन्धान गर्न अदालतले दियो अनुमती
मंसिर १९, २०८१ बुधबार