डा. शेखरको आगमनसँगै झापा कांग्रेसले आफ्नो अभिभावक भेट्टायो
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
फागुन २८, २०७७ शुक्रबार २०:४७:८
![](https://nepalbahas.prixacdn.net/media/albums/shekhar-1_1bOK5Qg6G3.jpg)
यज्ञप्रसाद भट्टराई
झापा जिल्ला राजनीतिक गतिविधि र देशका सबैभन्दा बढी नेता जन्माउने जिल्ला हो । त्यसमा पनि बिगतको इतिहास हेर्दा लामो समयसम्म गिरिजाबाबुको छहारीले ओतप्रोत भएको झापा कांग्रेस गिरिजाबाबुको अनुपस्थितिसँगै एक्लो र टुहुरो महशसु गरिरहेको थियो । अभिभावक बिहिन बनेका झापाली कांग्रेसजनले डा.शेखर कोइरालाको झापा जिल्ला आगमनले आफ्नो रानो भेट्टाएको अनुभुती गरेका छन् ।
झापा दौडाहाको क्रममा पार्टीका नेता तथा कार्यकर्तालाई भेट्ने, भावना बुझ्ने, घुलमिल हुने र आफ्ना भावी राजनीतिक एजेन्डामा छलफल गर्ने कार्यलाई कोइरालाले अगाडि बढाएका छन् । नेपाली कांग्रेसका प्रभावशाली नेता डा.शेखर कोइरालाले नेपाली कांग्रेसको चाधौं महाधिवेशनमा सभापति पदमा आफ्नो उम्मेद्वारी रहने स्पष्ट जानकारी गराएका छन् । आगामी महाधिवेशनलाई नेपाली कांग्रेसको एकता अधिवेशनको संज्ञा दिएका नेता डा. कोइरालाले पुर्वी नेपालको झापा जिल्लामा भएका विभिन्न कार्यक्रमहरुमा बोल्ने क्रममा आफु आगामी महाधिवेशनमा सभापतिको उम्मेद्वार रहने स्पष्ट पारेका छन् ।
नेपाली कांग्रेसलाई विचार प्रधान पार्टी बनाउने र आम युवा नेतृत्वलाई अबको पार्टी नेतृत्वमा ल्याउने पनि नेता डा.शेखर कोइरालाले बताएका छन् । गिरिजाबाबु, किसुनजी र गणेशमानजी झै थोरै बोल्ने, गहकिलो विचार प्रस्तुत गर्ने, बोल्ने क्रममा आक्रामक रुपमा विपक्षी दलको विरोध गर्ने भन्दा पनि शालिनताकासाथ नेपाली कांग्रेसलाई कसरी शसक्त बनाउने भन्ने योजनाबद्ध विचार प्रस्तुत गर्ने डा.कोइरालाले आफु नेपाली कांग्रेसको सभापतिको उम्मेदवार हुने र जित्ने समेत विश्वास व्यक्त गरेका छन् ।
यस पटकको महाधिवेशनबाट नयाँ नेतृत्वले नेपाली कांग्रेसलाई अगाडि लैजाने कुरामा समेत विश्वस्त रहेका डा. कोइरालाले जसमा युवाहरुको ठुलो भुमिका र जिम्मेवारी रहने समेत स्पष्ट पारेका छन् । मेरो अनुभव, मेरो इमान र मेरो क्षमताले नेपाली जनतामा राजनीतिक परिवर्तन र मुलुकको दिगो विकासमा आशा जगाउन सक्छु भन्ने मलाई विश्वास छ ।
अभिभावक बिहिन अवस्थामा रुमल्लिरहेका नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहर डा.शेखरको राजनीतिक सकृयतासँगै आफ्नो अभिभावक भेट्टाएको अनुभव गर्न थालेका छन् । सधै कम्युनिस्टहरुलाई गाली गरेर मात्रै असल कांग्रेस बन्न नसकिने कुरा बताउनु हुदै शेखरले नेपाली कांग्रेस आफ्ना असल नीति र कार्यक्रमहरुलाई लिएर जनतामाझ जानु पर्ने र जनताका भावनाहरु र चाहनाहरु बुझ्ने काम मात्रै गर्न सक्यौं भने पनि हामी नेपाली जनताको साथ र माया प्राप्त गर्न सक्छौ भन्दै जनताको साथ र समर्पणलाई जनताकै विकासमा खर्च गर्नुपर्ने समेत बताउनु भएको छ ।
देश अत्यन्तै राजनीतिक जटिलता तर्फ अघि बढिरहेको प्रति चिन्ता व्यक्त गर्दै कांग्रेसका प्रभावशाली नेता डा. कोइरालाले अब नेपाली कांग्रेस राजनीतिक अनिर्णयको बन्दी बन्न हुदैन भन्दै अब नेकपा माओवादी केन्द्रसँग पनि, जनता समाजवादी पार्टीसँग पनि घनिभुत छलफल गरेर अघि बढनु पर्छ भन्दै अहिलेको संसदको बनोटले के देखाउछ भने अब संसद चल्न सक्ने अवस्था छैन । यसको निकास भनेको निर्वाचन मात्रै हो ।
डा. कोइरालाले अगाडि भनेका छन् :– म अस्तिसम्म संसद पुनर्स्थापनाको पक्षमा थिए निर्वाचनको पक्षमा छदैथिईन किनकि हामीले अत्यन्तै दुस्ख गरेर बनाएको संविधान कोल्याप्स हुन्छ भन्ने अत्यन्तै ठुलो चिन्ता थियो । तर अब संसद पुनर्स्थापना भैसकेपछि निर्वाचनको विकल्प देखिदैन । ७६(१) को प्रधानमन्त्री ७६ (२) मा आईसक्यो भन्दै नेता कोइरालाले भने अब प्रधानमन्त्रीले संसदमा विश्वासको मत लिनै पर्दछ । माओवादी केन्द्रले विश्वासको मत फिर्ता लिने बित्तिकै यो सरकार अल्पमतमा परिहाल्यो भन्दै कोइरालाले अगाडि भने नेपाली कांग्रेस प्रमुख प्रतिपक्षी दल भएको नाताले सरकारको विपक्षमा मत हाल्नु पर्छ । यदि संसदमा वर्तमान सरकारका बिरुद्धमा कसैले अविश्वासको प्रस्ताव पेश गर्छ भने हामी त्यसको पक्षमा मतदान गर्छौ । यो नै संसदिय ब्यवस्थाको राजनीतिक धर्म हो ।
नेता डा.कोइरालाले बर्तमान राजनीतिक जोडघटाउको बिश्लेषण गर्दै भनेका छन् :– अब हामीले नेपाली कांग्रेसको नेतृत्वमा माओवादी केन्द्र र जनता समाजवादी पार्टीसँग मिलेर सरकार बनाए पनि त्यो सरकारले संसद चलाउन सक्ने अवस्था देखिदैन । संसद अनिर्णयको बन्दी मात्रै बन्दछ । त्यसकारण हामीले हाम्रो नेतृत्वमा सरकार बनाउदै निर्वाचनमा जानु नै अत्यन्तै उत्तम राजनीतिक निकास हुनसक्छ । मेरो चिन्ता के छ भने भदौ भित्रै हामीले हाम्रो पार्टीको अधिवेशन गर्न जरुरी छ किनकि हामी विधानले तोकेको समयसिमा समेत पार गरेर यहाँसम्म आईपुगि सकेका छौ भन्दै डा.शेखर कोइरालाले झापाका नेपाली कांग्रेसका सबै पार्टी नेतृत्वलाई महाधिवेशनको तिव्र तैयारी थाल्न आव्हान समेत गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराज्य संयन्त्रको केन्द्रमै भ्रष्टाचारः कस्तो सरकार, कस्ता दलहरू ?
असार ११, २०८१ मंगलबार
दाहालको दिनगन्ती सुरुः ‘जादुई नम्बर’मा छैन अब कुनै दम
असार ११, २०८१ मंगलबार
विद्यार्थीले कक्षा दशपछि के पढ्ने ?
असार ११, २०८१ मंगलबार
टेलिकमको बिलिङ प्रणालीमा अर्ब बढी हिनामिना आरोपमा मुद्दा चलाउने अख्तियारको तयारी
असार ११, २०८१ मंगलबार
विदेशबाट आएका कामतको होटलमा शङ्कास्पद मृत्यु, साथमा आएकी परस्त्री फरार
असार ११, २०८१ मंगलबार
मुख्यसचिवका दाबेदार गृहसचिव अर्याल ढुक्कै विदेश भ्रमणमा
असार ११, २०८१ मंगलबार
स्वस्तिमा र साम्राज्ञीको अभिव्यक्ति विवादमा, जसिता र अनमोलले के भने ?
असार १२, २०८१ बुधबार
नेपाल आइडल विजेता करण परियारलाई प्रधानमन्त्रीले दिए बधाई, गितार उपहार
असार १२, २०८१ बुधबार
एसइईको नतिजा आज सार्वजनिक गर्ने तयारी
असार १२, २०८१ बुधबार
कास्कीमा पहिरोमा परेर दुई बालबालिकाको मृत्यु, एक घाइते
असार १२, २०८१ बुधबार
केन्यामा कर बढाएको विरोधमा संसद भवनमा तोडफोड र आगजानी
असार १२, २०८१ बुधबार