व्यवसायीका लागि प्रदेश सरकारको जीवन रक्षा कोष
नेपालबहस संवाददाता
फागुन २८, २०७७ शुक्रबार २१:१४:२५
२८ फागुन,पोखरा । कोभिड–१९ का कारण प्रभावित व्यवसायीका लागि गण्डकी प्रदेश सरकारले ल्याएको जीवन रक्षा कोषका लागि चार हजार १६६ ले निवेदन दिएका छन् । पुनः दोस्रोपल्ट पनि निवेदनका लागि आह्वान गरिएको छ ।
प्रदेश सरकारको आर्थिक वर्ष २०७७÷७८ को वार्षिक नीति तथा कार्यक्रम र बजेटमा कोभिड–१९ बाट प्रभावित पर्यटन, यातायात, कृषि, सेवा क्षेत्रका उद्यमी व्यवसायीलाई जीवन्त राख्न व्यवसाय जीवन रक्षा कोषको व्यवस्था गरिएको थियो । सो कार्यक्रमको कार्यान्वयनका लागि व्यवसाय जीवन रक्षा कोष ९सञ्चालन० कार्यविधि, २०७७ बमोजिम उद्यमी र व्यवसायीलाई बिनाब्याज कर्जा उपलब्ध गराउन यही फागुन ८ गते प्रथम पटक सूचना प्रकाशन गरिएको थियो ।
वार्षिक रु ५० लाख वा सोभन्दा कम कारोवार भएका उद्यमी व्यवसायीले सम्बन्धित ‘क’ वर्गका वाणिज्य बैंकमा तोकिएका कागजात संलग्न गरी निवेदन पेश गर्न आह्वान गरिएकामा चार हजार १६६ ले निवेदन दिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव मुक्तिनारायण भण्डारीले जानकारी दिए । उनका अनुसार विभिन्न क्षेत्रका व्यवसायीबाट थप समयको माग भएकाले पुनः आगामी चैत ६ गतेसम्म निवेदन दिने समय थप गरिएको हो । उनले प्रदेशका १८ वाणिज्य बैंकलाई राष्ट्र बैंकले छनोट गरेको र कार्यविधिअनुसार नै प्रक्रिया अघि बढेको जानकारी दिए ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराई प्रदेश सरकारले जुन उद्देश्यअनुरुप रु एक अर्बको व्यवसायी पुनकर्जा कोषको शुभारम्भ ग¥यो तर कोभिडबाट प्रभावित व्यवसायीले त्यो कर्जा लिएर व्यवसाय सञ्चालन गर्ने अझै सहज वातावरण नबनेको बताए । उनले ट्राभल्स र मनि चेञ्जरलगायत अन्य केही साना व्यवसायीलाई सरकारको नीतिगत व्यवधानका कारण यस कर्जाको सुविधा लिनबाट वञ्चित गराएको जनाए ।
ट्राभल्स र मनि चेञ्जरमा रु ५० लाखभन्दा माथि ट्रान्जेक्सन देखिनु स्वभाविक भएकाले उनीहरु र अन्यको समस्यालाई पनि बुभेर जीवन रक्षा कोषबाट कर्जा प्रदान गर्नुपर्ने उनको माग छ । उनले यस विषयमा सम्बन्धित निकायमा जानकारी गराइएको र माग सम्बोधन हुने भनेर जवाफसमेत पाएकाले आशावादी भएको बताए ।
नेपाल राष्ट्र बैंकका पोखरा शाखा प्रमुख ईश्वरी भट्टराईले व्यवसायीका मागलाई मध्यनजर गरेर सहज र सरल प्रक्रियाबाट नै अगाडि बढेको बताए । व्यवसायीबाट गुनासो आए आफूहरुले त्यस विषयलाई पनि ध्यान दिने उनको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबुढापाकालाई गाउँको अस्तित्व मेटिने डर !
मंसिर १२, २०८१ बुधबार
गण्डकीमा डेङ्गी सङ्क्रमणबाट आठ जनाले ज्यान गुमाए
कात्तिक ३०, २०८१ शुक्रबार
स्याङ्जामा चालु वर्ष सुन्तालमा २० करोडको क्षति
कात्तिक २७, २०८१ मंगलबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
डीआईजी सरुवाको तयारी: कांग्रेस एमाले गठबन्धनमा रवि लामिछानेका विश्वास पात्रको तीव्र चलखेल
मंसिर १८, २०८१ मंगलबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
मंसिर १८, २०८१ मंगलबार
अपाङ्गता भएका व्यक्तिको अधिकार संरक्षण गर्न आग्रह
मंसिर १८, २०८१ मंगलबार
टिकटकले हटायो छ हजार ७८ भिडियो
मंसिर १८, २०८१ मंगलबार
दक्षिण कोरियामा सैन्य शासन घोषणा
मंसिर १८, २०८१ मंगलबार
कीर्ते कागजात पेश गरी लाखौँ रुपैयाँ हिनामिना गर्ने हेडमास्टर पक्राउ
मंसिर १८, २०८१ मंगलबार
अछामबाट भरुवा बन्दुकसहित एक जना पक्राउ
मंसिर १८, २०८१ मंगलबार
मुलुकमा राजनीतिक स्थायित्व कायम गर्न गठबन्धन सरकार: नेता डा कोइराला
मंसिर १८, २०८१ मंगलबार