‘फायर हाइड्रेन्ट’ नहुदा आगलागीका घटनामा समस्या
नेपालबहस संवाददाता
चैत १, २०७७ आइतबार १८:४६:७
१ चैत,कावासोती । बजार क्षेत्रमा कुनै आगलागीका घटना घट्यो भने दमकललाई पानी खोज्दै खोलातिर जानुपर्ने बाध्यता रहेको छ । नजिकै पानी भर्न मिल्ने कुनै स्रोत नहुँदा समयमा आगलागी नियन्त्रण गर्न नसकी थप क्षति हुने खतरा रहेको छ । दमकललाई पानी भर्न मिल्ने गरी ‘फायर हाइड्रेन्ट’ नहुँदा आगलागीका कुनै घटना घटे समस्या पर्ने देखिएको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरका मुख्य बजार क्षेत्रमा ‘फायर हाइड्रेन्ट’ बनाइएको छैन ।
जिल्लाको सदरमुकामका रूपमा रहेको कावासोतीमा समेत फायर हाइड्रेन्ट छैन । यसअघि कावासोतीको फलफूल चोकमा एउटा ‘फायर हाइड्रेन्ट’ रहे पनि प्रयोगविहीन बनेको थियो । धेरै वर्षपहिले निर्माण गरिएकाले जीर्ण भएको उक्त ‘फायर हाइड्रेन्ट’ अहिले नारायणगढ–बुटवल सडक विस्तारका क्रममा बाटोमा पर्ने भएपछि उखालिएको छ ।
दमकललाई पानी भर्न मिल्ने गरी प्रविधि जडान गरिनुलाई ‘फायर हाइड्रेन्ट’ भनिन्छ । ‘फायर हाइड्रेन्ट’बाट दमकलका लागि सहजरूपमा पानी निकाल्न सकिने हुँदा बजार क्षेत्रमा कुनै आगलागीका घटना घटे समयमा निभाउन सकिन्छ । बजार क्षेत्रको नजिक कमै मात्र खुल्ला पानीका स्रोत हुन्छन् । यसकारण फायर हाइड्रेन्ट बनाउनु अति आवश्यक हुन्छ ।
कावासोतीमा चाँडै फायर हाइड्रेन्ट निर्माण गरिने कावासोती खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष भीमलाल कँडेलले बताए । खानेपानीले डिपीआर तयार गर्दै गरेको र बजार क्षेत्रमा कहाँकहाँ राख्न उपयुक्त देखिन्छ सो क्षेत्रमा फायर हाइड्रेन्ट राखिने अध्यक्ष कँडेलले बताए । “हामीले हाम्रो सामाजिक उत्तरदायित्वका रूपमा लिएका छौँ, कावासोतीमा करीब आठदेखि १० स्थानमा ‘फायर हाइड्रेन्ट’ बनाउने छौँ’ अध्यक्ष कँडेलले भने, “करीब छ महिनासम्ममा बनाउने योजना छ ।” कावासोती बजार क्षेत्रमा कुनै आगलागीका घटना घटे समयमा दमकलको सहायतामा पानी निकाली आगोबाट हुने क्षति न्यूनीकरण होस् भनेर यसको योजना बनाएको उनले बताए ।
प्रगतिनगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले देवचुलीका चार स्थानमा ‘फायर हाइड्रेन्ट’ निर्माण गरेको छ । दुई स्थामा बोरिङबाट सहजरूपमा पानी निकाल्न मिल्ने गरी ‘फायर हाइड्रेन्ट’का रूपमा विकास गरिएको संस्थाका अध्यक्ष खिमानन्द भुषालले बताए । फायर हाइड्रेन्ट निर्माणपछि प्रयोगमा समेत ल्याइएको र यसले आगलागीबाट हुने क्षति न्यूनीकरणमा सहयोग पुगेको उनको भनाइ छ । “फायर हाइड्रेन्ट नहुँदा दमकललाई खोलातिर पानी खोज्न जानुपथ्र्यो, अहिले यहीँ भएको छ, केही मिनेटमा चाँडै पानी भर्दासमेत धेरै क्षति न्यूनीकरणमा यसले सहयोग पु¥याउँछ”, उनले भने । राजमार्गसँग जोडिएका नवलपुरका धेरै बजार क्षेत्रमा अझै पनि फायर हाइड्रेन्ट बन्न सकेका छैनन् । यसमा स्थानीय तहलेसमेत चासो दिन आवश्यक रहेको बजार क्षेत्रका बासिन्दाको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबुढापाकालाई गाउँको अस्तित्व मेटिने डर !
मंसिर १२, २०८१ बुधबार
गण्डकीमा डेङ्गी सङ्क्रमणबाट आठ जनाले ज्यान गुमाए
कात्तिक ३०, २०८१ शुक्रबार
स्याङ्जामा चालु वर्ष सुन्तालमा २० करोडको क्षति
कात्तिक २७, २०८१ मंगलबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
सहकारी ठगीमा रवि पत्नी निकिता पनि तानिने, जालसाजीमा अनुसन्धान गर्न सिफारिस
मंसिर १९, २०८१ बुधबार
महानगरको टोलीले भाटभटेनी सुपरमार्केटबाट निकाल्यो खान नमिल्ने नरिवल, ढुसी परीक्षण हुँदै
मंसिर १९, २०८१ बुधबार
भुटानका राजा र रानी शुक्रबार बिहान नेपाल आउने
मंसिर १९, २०८१ बुधबार
‘बीआरआई सहकार्य फ्रेमवर्क’ मा ‘छापामार’ शैलीको हस्ताक्षर
मंसिर १९, २०८१ बुधबार
विवाहपञ्चमी महामहोत्सवको चौथो दिन तिलकोत्सव विधि सम्पन्न
मंसिर १९, २०८१ बुधबार
‘विद्यालय शिक्षा ऐन ल्याउन जरूरी छ’
मंसिर १९, २०८१ बुधबार
कीर्तिपुरको परिणामले कांग्रेस सुदृढ हुँदैछ भन्ने सन्देश दिएको छ: प्रकाशमान सिंह
मंसिर १९, २०८१ बुधबार
प्रधानमन्त्रीबाट सङ्ग्रहालयको अवलोकन
मंसिर १९, २०८१ बुधबार
नुवाकोटबाट लागूऔषधसहित दुई जना पक्राउ
मंसिर १९, २०८१ बुधबार