मर्ने बेलामा पलाएको कमिलाको प्वाँख र ओलीका हर्कतहरु
नेपालबहस संवाददाता
चैत २, २०७७ सोमबार २०:१८:५८
नेपाली कम्युनिष्ट आन्दोलनमा विभिन्न अनुहारहरु उदाए र अस्ताए, तर वर्तमान कम्युनिष्ट पार्टीका नेताजस्ता अनुहार, व्यवहार र सोच भएका नेताहरु यस अघि भेट्टाईएकाे थिएन् ।
नेपाली जनताको असाध्यै ठूलो विश्वास र समर्थनलाई नेपालका कम्युनिष्ट नाम गरेका दलका नेताहरुले धज्जी मात्र उडाएका छैनन्, नेपाली जनतालाई धुरुधुरु रुवाएका पनि छन् । वर्तमानमा नेपाली राजनीतिको केन्द्रबिन्दूमा रहेको नेपाली कम्युनिष्ट आन्दोलनले ५ बर्ष पनि सरकार चलाउन नसक्ने स्थिति सिर्जना गरिदिएको छ । जनताको विश्वास माथिको यो खेलबाडले नेपाली जनताको मन भित्रैदेखि अमिलो भएको आभाष पाईएको छ ।
वर्तमान प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सिंगो कम्युनिष्ट आन्दोलनको नेतृत्व गर्न सक्दैनन भन्ने कुरा अब पुष्टि भैसकेको छ । हावादारी गफ र व्यक्तिगत कुण्ठाका कारण नेपाली कम्युनिष्ट आन्दोलन केपी शर्मा ओलीकै कारण पूर्णबिराम लाग्ने अवस्थातर्फ अगाडि बढीरहेको छ ।
जनताबाट प्राप्त विश्वास र राज्यसत्ताको सही सदुपयोग गर्दै नागरिकका समस्या र विकासमा केन्द्रीत हुनुपर्ने वर्तमान सरकार आफ्नै पार्टी फुटाउने र आफ्नै कार्यकर्ता एक आपसमा भिडाएर आफु बार्दलीमा बसेर रमिता हेर्ने अवस्थामा आईपुगेको छ । यसले भोलीका दिनमा कम्युनिष्ट पार्टीमा रहेर राजनीति गर्ने भावी पुस्तालाई समेत धरासायी बनाउदै लगिरहेको छ । एउटा बिराउने साखा पिराउने भन्ने नेपाली उखान अहिले निवर्तमान नेकपा र वर्तमानका दुबै शक्तिशाली कम्युनिष्ट पार्टीहरु एमाले र माओवादी केन्द्रसँग मिल्न जाने देखिन्छ ।
ओलीलाई अब कुनै दल बलियो या कमजोर बन्दैमा कुनै तात्विक फरक नपर्ने धारणा राख्छन् । उनिहरुको तर्क छ ओलीमा आफु पछि नेपालमा कुनै पनि कम्युनिष्ट प्रधानमन्त्री नबनोस् र नेपालको राजनैतिक ईतिहासमा ओली नै अन्तिम कम्यूनिष्ट प्रधानमन्त्री हुन भनेर ईतिहासमा नाम लेखाउने धोको रहेको हुनसक्ने आशंका समेत ब्यक्त गर्न थालेका छन् ।
नेकपा एमाले भित्रका अडानबिहिन नेताहरुलाई बिरालोले मुसा खेलाए झैं खेलाउन माहिर प्रधानमन्त्री ओलीले केही समय माओवादी केन्द्र नामको कम्युनिष्ट पार्टीका नेताहरुलाई पनि आफ्नै वरिपरी नचाएर देखाई दिएका छन् । सांगठनिक रुपमा कम्युनिष्ट पार्टीलाई दर्बिलो र सशक्त बनाउन नसक्ने एमाले अध्यक्ष ओली केवल नेकपा एमाले भित्रका केही हरुवाचरुवाहरुको गोठालो चाँहि राम्रसँग गर्न सक्छन् भन्ने कुराको पुष्टि भैसकेको छ ।
कसैले दुःख गरेर जोरजाम गरिदिएको नेकपा नामको कटेरोलाई एकै लात्ताले भत्काउन सफल भएका ओलीलाई देश, आफ्नाे दल, देशमा बिद्यमान दलीय व्यवस्था, दलीय व्यवस्था भित्रका नियम र परिधि केही कुराको क्लेश पनि प्रवाह भएको भने देखिदैन । सर्बोच्च अदालतको फैसलासँगै नेकपा बिभाजित भैसकेर आधा आधा अस्तित्वमा पुग्दा मात्र हैन अहिले आएर स्वयं आफैले नेतृत्व गरिरहेको नेकपा एमाले समेत पुनः विभाजनको संघारमा उभिदाँ पनि प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष ओली आफ्नाे घमण्ड र दम्भमा टसको मस भएको देखिदैन् । नेकपा विभाजनले न त उनलाई कुनै अप्ठ्यारो र असहज भएको अनुभूति नै भएको छ ।
केही राजनीतिक बिश्वलेषकहरुका अनुसार वर्तमान प्रधानमन्त्री ओलीलाई अब कुनै दल बलियो या कमजोर बन्दैमा कुनै तात्विक फरक नपर्ने धारणा राख्छन् । उनीहरुको तर्क छ, ओलीमा आफु पछि नेपालमा कुनै पनि कम्युनिष्ट प्रधानमन्त्री नबनोस् र नेपालको राजनीतिक इतिहासमा ओली नै अन्तिम कम्यूनिष्ट प्रधानमन्त्री हुन भनेर इतिहासमा नाम लेखाउने धोको रहेको हुनसक्ने आशंका समेत ब्यक्त गर्न थालेका छन् ।आफुसँग भएका वा उपहारमा पाएका कुनै पनि पदहरु फिर्ता गर्न या समान रुपमा उपयोग गर्न कहिल्यै नरुचाउने ओलीको बानी हैन प्रबृत्ति नै रहेको बाम बुद्धिजीवीहरुको ठम्याई रहेको छ ।
खोक्रो राष्ट्रवादको नारा लगाएर एक छाक मासुभातमा बिक्ने झोले कार्यकर्ताहरु, एक दुई लिटर पेट्रोलमा सती जाने अन्धोभक्त समर्थकहरु र देशको ढुकुटीको चरम दुरुपयोग गर्दै पालिएका साईबर सेनाहरुलाई भने ओलीले मज्जैले मख्ख पार्न भ्याएका छन् । त्यही भएर हुँदाखाँदाको पार्टी तीन टुक्रा भएर फुटिसक्दा पनि ओली बा भनेर उखानेश्वर महादेवको जयजयकार गर्दैछन् ।
वर्तमान कम्युनिष्टहरुको व्यवहारबाट आजित भएका बामपन्थी मित्रहरु कम्युनिष्ट पार्टीलाई म्याद गुज्रिसकेको दबाईको रुपमा व्याख्या गर्न थालेका छन् । औषधिको म्याद रहुञ्जेल त्यसले बिरामीलाई निको पार्न सहयोग गर्ने भएता पनि म्याद गुज्रिएको औषधिले उपचारमा सहयोग हैन बिरामीलाई उल्टो असर गर्ने भएकोले कम्युनिष्ट पार्टीप्रति बिस्तारै नेपाली जनताको आस्था र विश्वास समेत घटदै गैरहेको देखिदैछ ।
वर्तमान प्रधानमन्त्रीकै कारण जनताको अथक प्रयत्न र प्रयासले एकताबद्ध भएको नेकपाको बहुमत प्राप्त दल पुनः दुई टुक्रा भयो । आफुसँगै रहनुपर्ने माधव, झलनाथ, बामदेव, भीम रावल, लगायतका वरिष्ठ नेताहरु अहिले घरका न घाटका बनाईएका छन् । सरकार सञ्चालनका ३ बर्षमा एशियाकै भ्रष्टाचारी सरकारको पगरी गुथ्न सफल सरकारको लागि यो भन्दा ठूलो समृद्धिको छलाङ्ग अरु के नै पो हुन सक्छ र ?
आफ्नाे समयमा हिरण्यकश्यप पनि कसैका लागि अति प्रियपात्र थिए होलान, हिटलर पनि कसैका लागि प्रिय नै थियो होला, अरु देशको के कुरा गर्नु नेपाली माटोमा जन्मिएर नेपाली जनतालाई १०४ बर्षसम्म जहानियाँ शासनको भार बोकाउने जङ्गबहादुर राणा पनि कतिलाई अति प्रिय नै लाग्दथ्यो । यसको मतलब सबैले यस्ता पात्रहरुको जयजयकार मनाउनै पर्छ भन्ने हैन ।
वास्तवमा ओली नेपालको कम्युनिष्ट राजनीतिमा सधैं असफल तर कटु बोलीबाणमा सफल नेताका रुपमा आफुलाई स्थापित गराउन सफल भएका जस्ता देखिएका छन् । झण्डै दुई तिहाईको शक्तिशाली सरकारको सफल नेतृत्व गर्न नसकेर अहिले नेकपा तीनटुक्रामा परिणत हुँदैछ । खोक्रो राष्ट्रवादको नारा लगाएर एक छाक मासुभातमा बिक्ने झोले कार्यकर्ताहरु, एक दुई लिटर पेट्रोलमा सती जाने अन्धोभक्त समर्थकहरु र देशको ढुकुटीको चरम दुरुपयोग गर्दै पालिएका साईबर सेनाहरुलाई भने ओलीले मज्जैले मख्ख पार्न भ्याएका छन् । त्यहि भएर हुँदाखाँदाको पार्टी तीनटुक्रा भएर फुटिसक्दा पनि ओली बा भनेर उखानेश्वर महादेवको जयजयकार गर्दैछन् ।
आफ्नाे समयमा हिरण्यकश्यप पनि कसैका लागि अति प्रिय पात्र थिए होलान, हिटलर पनि कसैका लागि प्रिय नै थियो होला, अरु देशको के कुरा गर्नु नेपाली माटोमा जन्मिएर नेपाली जनतालाई १०४ बर्षसम्म जहानियाँ शासनको भार बोकाउने जङ्गबहादुर राणा पनि कतिलाई अति प्रिय नै लाग्दथ्यो । यसको मतलब सबैले यस्ता पात्रहरुको जयजयकार मनाउनै पर्छ भन्ने हैन ।
वर्तमान नेपाली राजनीतिमा पनि यस्तै पात्रका रुपमा वर्तमान प्रधानमन्त्री ओली आफुलाई उभ्याउँदैछन् । केही भजन मण्डलीका वरिपरी बसेर सिंगो मन्दिरको भगवान बन्न खोज्ने दिवाश्वप्न पनि क्षणभरमै खरानी बन्ने संभावना देखिदैछ । आफ्नै घर भित्रको फोहोर सफा गर्न नसक्नेले अर्काको घरको माकुराको जालोको कुरा गर्न कत्ति सुहाउँछ ? तर प्रधानमन्त्री ओलीका वर्तमानका हर्कतहरुले कमिलाको प्वाँख आएको कुराको स्पष्ट दिशानिर्देश मात्रै गरेको देखिन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएनपिएल क्रिकेट : कोशेढुङ्गा बन्ने अपेक्षा
मंसिर १४, २०८१ शुक्रबार
नेपालमा स्की खेलको सम्भावना
मंसिर ११, २०८१ मंगलबार
भान्सामा नै छ बालबालिकाको पौष्टिक भोजन
मंसिर ११, २०८१ मंगलबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
माओवादी, रास्वपा र स्वतन्त्र गरी ६ जना उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
मंसिर १४, २०८१ शुक्रबार
महाराजगञ्जलगायतका स्थानमा आज बिजुली काटिने
मंसिर १५, २०८१ शनिबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर १५, २०८१ शनिबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १५, २०८१ शनिबार
उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपात हुने, पर्वतारोहणमा जानेहरुलाई सतर्कता अपनाउन आग्रह
मंसिर १५, २०८१ शनिबार
एनपिएलको पहिलो संस्करण आजबाट सुरू, उद्घाटन खेलमा विराटनगर र जनकपुर खेल्दै
मंसिर १५, २०८१ शनिबार
भारतको आर्थिक वृद्धिदर सेप्टेम्बरमा ५.४ प्रतिशतमा झर्यो
मंसिर १४, २०८१ शुक्रबार