चैतेधान रोप्नमा व्यस्त कृषक
नेपालबहस संवाददाता
चैत ३, २०७७ मंगलबार १५:२०:२६
३ चैत,चितवन । जिल्लामा चैतेधान रोप्न कृषक व्यस्त छन् । पूर्वी चितवनको रत्ननगर, खैरहनी, राप्ती र कालिका नगरपालिका, पश्चिम चितवनको भरतपुर महानगरपालिका र माडी नगरपालिकाका कृषक यतिखेर चैतेधान रोप्न व्यस्त भएका हुन् ।
कृषि ज्ञान केन्द्र भरतपुरका प्रमुख राजन ढकालका अनुसार जिल्लामा सात हजार ५०० हेक्टर क्षेत्रफलमा चैतेधान खेती गरिन्छ । उक्त क्षेत्रफलमा गत वर्ष ३९ हजार मेट्रिक टन धान उत्पादन भएको उनले जानकारी दिए । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना चितवनका सूचना अधिकारी माधव पौडेलका अनुसार जिल्लामा १५ प्रतिशत चैतेधानको रोपाइँ सकिएको छ । विशेषगरी यो समयमा हर्दिनाथ–१, पिआर, चैते–५ लगायतका धान लगाइने गरिन्छ ।
फागुनको अन्तिम साताबाट चैतको तेस्रो सातासम्म चैतेधान रोपाइँ हुने उनले जानकारी दिए । अघिल्लो वर्ष धानमा घाँटी मोरुवा रोगको समस्या देखिएपछि अहिले कृषकले धानको बीउ परिवर्तन गरेको कार्यालयका प्रमुख मेघनाथ तिवारीले जानकारी दिए । उनले भने, “गत वर्ष हर्दिनाथ–१ मा घाँटी मरुवा रोग देखियो, यस वर्ष कृषकले चैते–५ धानको बीउ बढी प्रयोग गरेका छन् ।”
धान रोपाइँमा कृषकले आधुनिक मेसिनको प्रयोग गरेको कार्यालयले जनाएको छ । उनका अनुसार अहिले पूर्वी चितवनका दुईवटा सहकारीमा आबद्ध कृषकले मेसिनबाट धान रोपाइँ गरेका छन् । साना किसान कृषि सहकारी संस्था लिमिटेड खैरहनी कुमरोज र साना किसान कृषि सकहकारी संस्था बछौलीले मेसिनबाट धान रोपाइँ गरेका हुन् । मेसिनले १० बिघा क्षेत्रफलमा धान रोपाइँ गरिने उनले जानकारी दिए । चैतमा लगाइएको धान जेठको अन्तिम सातादेखि असारको पहिलो सातासम्म कृषकले थन्क्याइसक्छन् ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना धान जोनका संयोजक तेजप्रसाद बर्तौलाले अहिले नहरमा पर्याप्त पानी नहुँदा धान रोपाइँमा समस्या भएको बताए । परियोजनाले बछौलीमा १९, कुमरोजमा २८ र कठारमा तीनवटा मोटर अनुदानमा दिएको उनले जानकारी दिए । पचास प्रतिशत अनुदानमा आएका मोटरको सहायताले धान रोप्ने काम भइरहेको उनको भनाइ छ ।
धान रोप्नका लागि खेताला नपाउने समयमा मेसिनको प्रयोग प्रभावकारी भएको उनले बताए । उनले भने, “बीउ राख्नका लागि केही झन्झट भए पनि रोपाइँका लागि मेसिनले सहयोग गर्नेरहेछ ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगर्मीले अण्डा उत्पादन घट्दा लागत बढ्यो, किसान निरास
जेठ १०, २०८१ बिहिबार
कैलालीमा आलु उत्पादन ६ प्रतिशतले बढ्यो
जेठ ९, २०८१ बुधबार
तरकारी खेतीबाट वार्षिक रु आठ लाखको बचत
जेठ ८, २०८१ मंगलबार
अवैध नदीजन्य पदार्थ ओसारपसार गरिरहेका टिपर स्थानीयको नियन्त्रणमा
जेठ १०, २०८१ बिहिबार
यस्तो छ सहकारीको शिर, दलीय वर्चश्वमा एमाले !
जेठ १०, २०८१ बिहिबार
सीता एयरको जहाजमा ठोक्किएर घाइते भएका भामलाई नेपालगञ्ज लगियो
जेठ १०, २०८१ बिहिबार
पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु , तीनजनाको उद्धार
जेठ १०, २०८१ बिहिबार
‘आलुचिप्स’ का लागि उपयोगी हुने आलु खेती गरिँदै
जेठ १०, २०८१ बिहिबार
सार्वभौमिक समानताका आधारमा द्विपक्षीय सम्बन्ध : उपप्रधानमन्त्री श्रेष्ठ
जेठ १०, २०८१ बिहिबार
थाई एयरवेजद्वारा नेपालमा पुनः उडान सुरु
जेठ १०, २०८१ बिहिबार
सगरमथा दिवसको अवसरमा ललितपुरमा बाल क्लाईम्बिङ प्रतियोगीता सम्पन्न
जेठ १०, २०८१ बिहिबार
कार्यदलमा सहमतिको सकस , गोलमटोल कुराले छानबिन अगाडि बढ्न सक्दैन : कांग्रेस
जेठ १०, २०८१ बिहिबार