गोरखा दरबार दुई महिनासम्म सबै दिन खुल्ला
नेपालबहस संवाददाता
चैत ३, २०७७ मंगलबार १८:५३:७
३ चैत,गोरखा । आन्तरिक तथा बाह्य पर्यटकको चाप बढ्दै गएपछि गोरखा दरबार सङग्रहालय आगामी दुई महिनासम्म सबै दिन खुल्ला हुने भएको छ । सङ्ग्रहालय अवलोकनमा आउने पर्यटकको सुविधाका लागि पुरातत्व विभागको सहमतिमा हरेक मङ्गलबार तथा सार्वजनिक बिदाको दिन पनि खुल्ला गर्ने निर्णय गरिएको सङ्ग्रहालय प्रमुख नवराज अधिकारीले जानकारी दिए ।
“यसअघि हरेक हप्ताको मङ्गलबार र सार्वजनिक बिदाको दिनमा सङग्रहालय बन्द हुँदै आएको थियो”, उनले भने, “अब चैत र वैशाख महिनामा भने सबै दिन सङग्रहालय खुल्ला रहनेछ ।”
सङ्ग्रालयमा नेपाल एकीकरणका अभियन्ता तत्कालीन राजा पृथ्वीनारायण शाहको चिनादेखि विभिन्न शाह वंशका पालामा लडाइँ गर्दाका हातहतियार रहेको छ । पर्यटकले पुरातात्विक वस्तु, विभिन्न जातजातिका संस्कृति झल्कने सामग्री, पुराना सिक्का तथा भाँडावर्तन फोटो तथा पेन्टिङका साथै विभिन्न जातजातिका संस्कृति झल्कने आकृति सङ्ग्रहालयमा अवलोकन गर्न पाउँछन् ।
पर्यटकले सङग्रहालयभित्र रहेका तेल चित्रकक्ष, वंशावलीकक्ष, जन्मकुण्डलीकक्ष, दिव्यउपदेशकक्ष, हातहतियारकक्ष, धार्मिक परम्परागतकक्ष, जनजातिको झाँकीकक्ष, परिचात्मककक्ष, भडाँवर्तनकक्ष, श्रव्यदृश्यकक्ष, चैत्यकक्ष र हस्तलिखित गरी १२ वटा प्रदर्शनीकक्षको अवलोकन गर्न समेत पाउने छन् । विसं २०४३ मा गोरखा दरबार संरक्षित स्मारक क्षेत्रको घोषणा गरी सङग्रहालयलाई पृथ्वी स्मृति सङ्ग्रहालयको रुपमा विकास गर्ने योजना रहे पनि पछि पूरै जिल्लाको पहिचान दिने गरी गोरखा सङ्ग्रहालयका रुपमा विकास गरिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबुढापाकालाई गाउँको अस्तित्व मेटिने डर !
मंसिर १२, २०८१ बुधबार
गण्डकीमा डेङ्गी सङ्क्रमणबाट आठ जनाले ज्यान गुमाए
कात्तिक ३०, २०८१ शुक्रबार
स्याङ्जामा चालु वर्ष सुन्तालमा २० करोडको क्षति
कात्तिक २७, २०८१ मंगलबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
सहकारी ठगीमा रवि पत्नी निकिता पनि तानिने, जालसाजीमा अनुसन्धान गर्न सिफारिस
मंसिर १९, २०८१ बुधबार
महानगरको टोलीले भाटभटेनी सुपरमार्केटबाट निकाल्यो खान नमिल्ने नरिवल, ढुसी परीक्षण हुँदै
मंसिर १९, २०८१ बुधबार
भुटानका राजा र रानी शुक्रबार बिहान नेपाल आउने
मंसिर १९, २०८१ बुधबार
‘बीआरआई सहकार्य फ्रेमवर्क’ मा ‘छापामार’ शैलीको हस्ताक्षर
मंसिर १९, २०८१ बुधबार
विवाहपञ्चमी महामहोत्सवको चौथो दिन तिलकोत्सव विधि सम्पन्न
मंसिर १९, २०८१ बुधबार
‘विद्यालय शिक्षा ऐन ल्याउन जरूरी छ’
मंसिर १९, २०८१ बुधबार
कीर्तिपुरको परिणामले कांग्रेस सुदृढ हुँदैछ भन्ने सन्देश दिएको छ: प्रकाशमान सिंह
मंसिर १९, २०८१ बुधबार
प्रधानमन्त्रीबाट सङ्ग्रहालयको अवलोकन
मंसिर १९, २०८१ बुधबार
नुवाकोटबाट लागूऔषधसहित दुई जना पक्राउ
मंसिर १९, २०८१ बुधबार