बैतडीमा घरबाहिर निस्किँदा अनिवार्य मास्क प्रयोग गर्न निर्देशन
नेपालबहस संवाददाता
चैत ११, २०७७ बुधबार १४:५२:३९
११ चैत, बैतडी । कोरोना भाइरस संक्रमणलाई मध्यनजर गर्दै बैतडीमा स्वास्थ्य सुरक्षा कडाइ गरिएको छ। जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरी आउँदै गरेको होली पर्व भीडभाड नगरी खेल्न आग्रह गरेको छ। यस्तै‚ घरबाहिर निस्किँदा अनिवार्य मास्क प्रयोग गर्न निर्देशन दिएको छ।
प्रशासकीय अधिकृत खगेन्द्र भारतीले जारी विज्ञप्तिमा प्रशासनको निर्देशन पालना नगरे संक्रामक रोग ऐनबमोजिम कारवाही गरिने जनाइएको छ। सूचनामा भीडभाड भएको ठाउँमा जानुपरे अनिवार्य मास्क प्रयोग गर्नुपर्ने‚ भौतिक दूरी कायम गर्नुपर्ने‚ सेनिटाइजर प्रयोग गर्न आग्रह गरिएको छ।
भारतसँग सीमा जोडिएकाले भारतबाट आउने नागरिकको एन्टिजोन विधिमार्फत परीक्षण गर्न थालिएको छ। स्वेदश आउनेको अभिलेख राखी आवतजावतलाई व्यवस्थित बनाउन थालिएको छ।
कोभिड १९ संक्रमणको सम्भावनालाई मध्यनजर गरी पहिले सञ्चालन आएका क्वारेन्टाइन‚ आइसोलेसनलाई तयारी अवस्थामा राखी स्वास्थ्य केन्द्र सेवालाई थप प्रभावकारी बनाउन आवश्यक तयारी थाल्न पनि स्थानीय तहलाई आग्रह गरिएको छ। यस्तै‚ विद्युतीय सञ्चारमाध्यमबाट कोभिडसम्बन्धी चेतनामुलक सन्देश प्रशारण गर्न भनिएको छ।
बैतडीमा हालसम्म ६४२ जनामा कोरोना पुष्टि हुँदा दुईजनाको मृत्यु भइसकेको छ। हालसम्म १६ हजार बढीलाई कोरोना भाइरसविरुद्धको खोपको पहिलो डोज दिइएको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘स्वास्थ्य क्षेत्र सुधारलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेका छौँ’
पुष २१, २०८१ आइतबार
टीकापुर क्षेत्रमा चिसो बढेपछि दाउरा वितरण
पुष १९, २०८१ शुक्रबार
पहिलो सुदूरपश्चिम मेयर सम्मेलन सोमबारदेखि सुरु हुँदै
पुष १४, २०८१ आइतबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
नेपालबहस संवाददाता
पुष २०, २०८१ शनिबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
नेपालबहस संवाददाता
पुष २२, २०८१ सोमबार
भूकम्पबाट सुरक्षित रहन प्रधानमन्त्रीको आग्रह
पुष २३, २०८१ मंगलबार
नेपालमा अहिलेसम्म क्षतिको विवरण आएको छैन, भूकम्प ७ म्याग्निच्युडको होकि ६.८ को ?
पुष २३, २०८१ मंगलबार
राष्ट्रपतिमा ट्रम्प निर्वाचित भएको संसदलाइ बल्ल दिइयो जानकारी
पुष २३, २०८१ मंगलबार
अदालतको अपहेलनासम्बन्धी मुद्दामा बार अध्यक्ष घिमिरेको विवादित अडिओ झिकाउन आदेश
पुष २३, २०८१ मंगलबार
के तपाईलाई अत्यधिक रिस उठ्छ ? त्यसो भए यी कुरा जान्नुहोस्
पुष २३, २०८१ मंगलबार
एमाले केन्द्रीय समिति बैठक सुरू
पुष २३, २०८१ मंगलबार
कुखुरा फार्ममा आगलागी हुँदा धनमाल जलेर नष्ट
पुष २३, २०८१ मंगलबार
विश्वकै शक्तिशाली भवन हिम आँधीको चपेटामा [ फोटो फिचर ]
पुष २३, २०८१ मंगलबार