ओलीकै कारण देउवालाई डर !
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
चैत ११, २०७७ बिहिबार ०:३५:४५
![](https://nepalbahas.prixacdn.net/media/albums/oli-deuba_JVDzZ1TCYo.jpg)
कुनै समय आफुलाई ज्योतिषिले ७ पटकसम्म प्रधानमन्त्री बन्छस् भनेको हुनाले म फेरि पनि प्रधानमन्त्री बन्छु भनेर दौरा सुरुवाल सिलाएर बसेका नेपाली कांग्रेसका वर्तमान सभापति तथा नेपाली कांग्रेसका संसदीय दलका नेता शेरबहादुर देउवा अहिले भने सत्तामा जान हतारिन नहुने अडान लिएर बसेका छन् ।
देशमा देखिएको अलोकतान्त्रिक र असंबैधानिक कदमका बिरुद्धमा ओलीको नेकपा एमाले बाहेकका देशमा सम्पूर्ण दलहरु लागिरहेको अवस्थामा देखिएको देउवाको मौनता र बोल्दा पनि देखिएको नैराष्यताले अनेकौ कुतर्कहरु उब्जाईरहेको छ ।
देश अहिले अत्यन्तै तरल राजनीतिक अवस्थाबाट गुज्रिरहेको कुरामा स्वयं देउवा पनि अनभिज्ञ छैनन् । उनलाई पनि राजनीतिक जोड घटाउ गर्न राम्रोसँग आउछ तर किन मौन ब्रतमा छन् सभापति देउवा ?
आज सबै नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुको चासो र चिन्ताको बिषय बनेको छ । देशमा यत्रो राजनैतिक संकट आउँदा पनि कानमा तेल हालेर बसेका देउवालाई स्वयं उनकै अघिपछि हिडने नेताहरुले समेत संझाउन सकिरहेका छैनन या संझाएर पनि नीच मारेर बसेका छन् यो आफैमा अनौठो बिषय बनेको छ ।
देउवा र ओलीबीच अनैतिक साँठगाँठ छ । यहि साँठगाँठका कारण देउवा ओली सरकारका बिरुद्धमा खुलेर बोल्न सकिरहेका छैनन् । सरकारका गलत कामका बिरुद्धमा आगो बाल्न सक्ने नेपाली कांग्रेसका युवा नेतृत्वहरु समेत सभापति देउवाको मौनताका कारण बिलखबन्दमा परेका छन् ।
नेपाली कांग्रेसका युवा पुस्तामा अहिले देश हाँक्ने जोस र त्यसलाई पुरा गर्न सक्ने जाँगर पलाएको देखिन्छ । युवा नेताहरुमा पलाएको यो अग्रसरताले निभ्न लागेको कांग्रेसमा बर्तनको काम गरिरहेको छ तर सिंगो दियो नै ढुलमुल भैदिदा बर्तन र बातीले राम्रोसँग बल्न पाएको छैन ।
युवा पुस्ताले देखाउने गरी नेतृत्वदायी भूमिकामा आउन सकेको छैन । जय नेपालको नारा समेत नेपाली जनताले खुलेर लाउन सकेको छैन । देश भित्र के कस्ता गतिबिधिहरु भैरहेका छन् भनेर सिंगो नेपाली कांग्रेसको नेतृत्व पंङ्गती मुलुक घुमेर आउन सकेको छैन । नागरिकमा देखिएको राजनैतिक बितृष्णाको ओखती गर्न सक्ने डाक्टर या बैद्य पाउन सकिएको छैन ।
अहिले नेपाली कांग्रेसले माधव नेपाल जत्तिको समेत उपस्थिति देखाउन नसकेको देख्दा लाग्छ देउवा ठूलै समस्यामा परेका छन् या ओलीले उनलाई बोल्नै नसक्ने अवस्थामा पारिसकेका छन् । ओलीकै डरका कारण देउवा अहिले मलिन मुहारमा कार्यकर्तामाझ कांग्रेस प्रतिपक्ष मै बस्न ठिक छ भनेर भन्न थालेका छन् ।
धेरैले अनुमान काटिरहेका छन् कि देउवा र ओलीबीच अनैतिक साँठगाँठ छ । यहि साँठगाँठका कारण देउवा ओली सरकारका बिरुद्धमा खुलेर बोल्न सकिरहेका छैनन् । सरकारका गलत कामका बिरुद्धमा आगो बाल्न सक्ने नेपाली कांग्रेसका युवा नेतृत्वहरु समेत सभापति देउवाको मौनताका कारण बिलखबन्दमा परेका छन् ।
नेकपा माओबादी केन्द्र र जनता समाजबादी पार्टी प्रधानमन्त्रीको किस्ती लिएर बुढानिलकण्ठ पुग्दा समेत देउवाले प्रधानमन्त्री बन्ने बिषयमा कुनै चासो देखाएनन् । यसले नेपाली कांग्रेसकै नेताहरु पनि अहिले आएर देउवा देखि शशंकित हुन थालेका छन् । अहिले नेपाली कांग्रेसले माधव नेपाल जत्तिको समेत उपस्थिति देखाउन नसकेको देख्दा लाग्छ देउवा ठूलै समस्यामा परेका छन् या ओलीले उनलाई बोल्नै नसक्ने अवस्थामा पारिसकेका छन् । ओलीकै डरका कारण देउवा अहिले मलिन मुहारमा कार्यकर्तामाझ कांग्रेस प्रतिपक्ष मै बस्न ठिक छ भनेर भन्न थालेका छन् ।
अहिले बजारमा देउवा पत्नि आरजु राणाको नाममा करिब २ अर्ब बराबरको श्रोत नखुलेको सम्पत्ति रहेको भन्ने समाचारले समेत देउवा अहिले बढी तनावमा देखिएका छन् । समाचार श्रोतका अनुसार देउवा पत्नि तथा नेपाली कांग्रेसकी पूर्व सांसद आरजु राणाका नाममा कहाँबाट यत्तिका सम्पत्ति आयो भन्ने कुनै प्रमाण अहिलेसम्म फेला पार्न नसकिएको श्रोतको दाबी छ ।
आरजु राणा देउवा अहिले पनि विभिन्न एन.जि.ओ./आई.एन.जि.ओ हरुमा संलग्न रहेकि छन् । आरजुका नाममा विभिन्न व्यवसायहरु समेत सञ्चालनमा रहेको जानकारी पनि आएका छन् । तर सम्पत्ति आर्जनको श्रोत भने नखुलेको भन्दै सम्पत्ति शुद्धिकरणमा राणा बिरुद्ध परेको उजुरीका आधारमा उक्त सम्पत्ति श्रोत नखुलेको आधार फेला पारिएको आजका बिभिन्न अनलाईन खबरहरुमा आईरहेका छन् । यसले पनि शेरबहादुर देउवालाई विगत देखिनै चिन्ता बढाई रहेको हुनुपर्छ ।
नेपाली कांग्रेसका संस्थापक तथा समाजबादी चिन्तक महामानव विश्वेश्वर प्रसाद कोइरालाले निर्माण गरेको पार्टीमा बसेर वीपीकै चाहना अनुसार सबै नेपालीले निशुल्क र सर्वशुलभ रुपमा शिक्षा प्राप्त गर्ने अवसर प्रदान गर्नुपर्ने समयमा उनै वीपी कोईरालाको बिचार बिपरित नेपाली जनतालाई ढाड सेक्ने गरिको शुल्क उठाउने गरि खोलिएको खुमलटार स्थित युलेन्स स्कूल तथा क्याम्पस सञ्चालन गर्नु आफैमा आफ्नै पार्टीको नीति र शिद्धान्त बिपरित कुरा हो तर हामीकहाँ शिद्धान्त र ब्यबहारमा सामन्जस्यता नमिल्नु सामान्य कुरा भित्र पर्दछन् ।
स्कूल कलेजमा मात्र हैन राणाको शेयर बजार, घरजग्गा, थापाथली स्थित सेन्ट्रल बिजिनेश पार्क र हाईड्रोपावरमा पनि उल्लेख्य लगानी पाईएको सम्पत्ति शुद्धिकरण बिभागले जनाएको भनेर समाचार आईरहदा पनि शेर बहादुर देउवा र आरजु राणा देउवाबाट कुनै प्रकारको प्रतिक्रिया नआउनुमा श्याल पनि कराउनु र घोर्ली पनि हराउनु जस्तै त हैन ? आम नेपाली नागरिकहरुले अत्यन्तै शुक्ष्म रुपमा बिश्लेषण गरिरहेका छन् ।
भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ५० अनुसार सार्वजनिक पद धारण गरेको व्यक्तिले त्यस्तो पद धारण गरेको ६० दिन भित्र आफ्नो वा आफ्नो परिवारको नाममा रहेको सम्पत्ति, सम्पत्तिको श्रोत वा निस्सा सहितको विवरण पेश गर्नुपर्ने कानूनी बाध्यता छ । त्यस्तै भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १६ ले सम्पत्ति विवरण पेश गर्दा झुट्टा विवरण दिन नहुने समेत उल्लेख छ ।
यसै गरी आरजुसँग निर्वाचनताका कैलालीमा किनेको भनिएको घरको समेत सम्पत्तिको श्रोत नखुलेको बताएको जनाईएको छ । यसरी देशमा पटक–पटक प्रधानमन्त्री भैसकेका ब्यक्ति र परिवारसँग जोडिएर आउने यस्ता आर्थिक अपचलनका समाचारहरुले उनिहरुको कद घटाईरहेको हुन्छ । यस्ता समाचारहरुलाई निरुत्साहित गर्न या सत्यतथ्य बाहिर ल्याउन अब स्वयं शेर बहादुर देउवाले नै अग्रसरता लिनु पर्ने देखिन्छ र आफ्नाे राजनैतिक करियर बिगार्ने गरी आएका यस्ता कपोलकल्पित समाचारहरुलाई खण्डन गर्न सक्नु पर्दछ भन्ने आम नेपाली नागरिकहरुको भनाई रहेको छ ।
भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ५० अनुसार सार्वजनिक पद धारण गरेको व्यक्तिले त्यस्तो पद धारण गरेको ६० दिन भित्र आफ्नो वा आफ्नो परिवारको नाममा रहेको सम्पत्ति, सम्पत्तिको श्रोत वा निस्सा सहितको विवरण पेश गर्नुपर्ने कानूनी बाध्यता छ । त्यस्तै भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १६ ले सम्पत्ति विवरण पेश गर्दा झुट्टा विवरण दिन नहुने समेत उल्लेख छ ।
ऐनमा यदि कुनै विवरण झुट्टा दिएमा, वा सो सम्बन्धि झुट्टा प्रमाणपत्र पेश गरेमा निजलाई कसुरको मात्रा अनुसार ६ महिलनादेखि एक बर्षसम्म कैद र दश हजार देखि बिस हजार रुपैयाँसम्म जपरवाना हुने ब्यवस्था छ । दफा १६ को उपदफा २ मा सम्पत्ति विवरण बुझाउँदा आफ्नो नाममा वा अंश हक लाग्ने वा एकासँगोलको परिवारको नाममा रहेको वास्तविक सम्पत्तिभन्दा बढाई वा भए रहेको सम्पत्ति लुकाई छिपाई झुट्टा विवरण दिएमा निजलाई एक महिनादेखि तिन महिनासम्म कैद र दशहजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।
यसरी आफैले बनाएको कानून आफैले लत्याउदै शेर बहादुर देउवा प्रधानमन्त्री हुँदा आरजु राणाको नाममा कुनै पनि सम्पत्ति रहेको विवरण पेश नगर्नु आफैमा कानून बिपरित कार्य हैन र ? के यस्तो गलत कार्य कुनै सामान्य नागरिकले गरेको भए के क्षमादान पाउन सक्थ्यो ?
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराज्य संयन्त्रको केन्द्रमै भ्रष्टाचारः कस्तो सरकार, कस्ता दलहरू ?
असार ११, २०८१ मंगलबार
दाहालको दिनगन्ती सुरुः ‘जादुई नम्बर’मा छैन अब कुनै दम
असार ११, २०८१ मंगलबार
विद्यार्थीले कक्षा दशपछि के पढ्ने ?
असार ११, २०८१ मंगलबार
टेलिकमको बिलिङ प्रणालीमा अर्ब बढी हिनामिना आरोपमा मुद्दा चलाउने अख्तियारको तयारी
असार ११, २०८१ मंगलबार
विदेशबाट आएका कामतको होटलमा शङ्कास्पद मृत्यु, साथमा आएकी परस्त्री फरार
असार ११, २०८१ मंगलबार
मुख्यसचिवका दाबेदार गृहसचिव अर्याल ढुक्कै विदेश भ्रमणमा
असार ११, २०८१ मंगलबार
नेपाल आइडल विजेता करण परियारलाई प्रधानमन्त्रीले दिए बधाई, गितार उपहार
असार १२, २०८१ बुधबार
एसइईको नतिजा आज सार्वजनिक गर्ने तयारी
असार १२, २०८१ बुधबार
कास्कीमा पहिरोमा परेर दुई बालबालिकाको मृत्यु, एक घाइते
असार १२, २०८१ बुधबार
केन्यामा कर बढाएको विरोधमा संसद भवनमा तोडफोड र आगजानी
असार १२, २०८१ बुधबार
युरोकप : नेदरल्याण्डसलाई हराउँदै अस्ट्रिया नक आउट चरणमा
असार १२, २०८१ बुधबार
लमजुङमा पहिरोले ३ घर पुरिँदा ४ जना बेपत्ता
असार १२, २०८१ बुधबार