अनिश्चितकालका लागि राष्ट्रपति रनिङ शिल्ड स्थगित
नेपालबहस संवाददाता
चैत १४, २०७७ शनिबार २३:३५:३३
१४ चैत, बैतडी । बैतडीका स्थानीय तहमा सञ्चालन हुने भनिएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता स्थगन भएको छ । कोरोना भाइरस सङ्क्रमणको जोखिम बढेको भन्दै यहाँका स्थानीय तहले उक्त प्रतियोगिता अनिश्चितकालका लागि स्थगन भएको जनाएका छन् । जिल्ला सदरमुकाममा रहेको दशरथचन्द नगरपालिका, मेलौली नगरपालिका र दोगडाकेदार गाउँपालिकाले सूचना जारी गर्दै उक्त प्रतियोगिता स्थगन भएको जनाएका हुन् ।
जिल्लास्तरीय विपद् व्यवस्थापन समितिको बैठकको निर्णयले छिमेकी मुलुक भारतमा कोभिड–१९ को दोस्रो चरण फैलिसकेकाले त्यसको पनि प्रभाव नेपालमा पनि पर्ने सम्भावना रहेकाले कुनै पनि भिडभाड हुने कुनै पनि क्रियाकलाप नगर्न भनेकाले प्रतियोगिता स्थगन गरिएको सूचनामा उल्लेख गरिएको छ । यसअघि प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले सङ्क्रमण फैलन सक्ने भन्दै सतर्कता अपनाउनका लागि १० बुँदे आदेश जारी गरे ।
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता दशरथचन्द नगरपालिका र दोगडाकेदार गाउँपालिकामा चैत १८ गतेदेखि, मेलौली नगरपालिकामा चैत २१ गतेदेखि सञ्चालन हुने तय भएको थियो । जिल्ला खेलकूद विकास समितिले यसअघि जिल्लाका स्थानीय तहलाई चैत २५ गतेभित्र उक्त प्रतियोगिता सम्पन्न गरिसक्नु पर्ने भन्दै पत्राचार गरेको थियो । सोहीअनुसार यहाँका स्थानीय तहले प्रतियोगिताको मिति तय गरेका थिए ।
राष्ट्रिय खेलकूद परिषद् काठमाडौंबाट प्राप्त जानकारीअनुसार १२औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता चैत मसान्तभित्र सक्न निर्देशन दिइएकाले स्थानीय तहमा २५ गतेसम्म सम्पन्न गर्न भनिएको थियो । प्रतियोगितामा सम्बन्धित स्थानीय तहका माध्यमिक तहमा नियमितरुपमा अध्ययनरत १८ वर्षमुनिका छात्रछात्राले सहभागी हुन पाउँछन् । यसमा छात्रछात्रा भलिबल, कबडी, एथ्लेटिक्स, कराँते, तेक्वान्दो र उसो गरी छ खेलमा प्रतिस्पर्धा गराइन्छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘स्वास्थ्य क्षेत्र सुधारलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेका छौँ’
पुष २१, २०८१ आइतबार
टीकापुर क्षेत्रमा चिसो बढेपछि दाउरा वितरण
पुष १९, २०८१ शुक्रबार
पहिलो सुदूरपश्चिम मेयर सम्मेलन सोमबारदेखि सुरु हुँदै
पुष १४, २०८१ आइतबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
काठमाडौं ताराले सम्पन्न गर्यो क्लब भिजिटसहितको पिकनिक कार्यक्रम
पुष २१, २०८१ आइतबार
अर्थतन्त्र सुधारका लागि सरकारले विशेष जोड दिनुपर्छः महामन्त्री थापा
पुष २१, २०८१ आइतबार
‘स्वास्थ्य क्षेत्र सुधारलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेका छौँ’
पुष २१, २०८१ आइतबार
एकताका लागि संवाद गर्न लोसपाले बनायो समिति
पुष २१, २०८१ आइतबार
हेलिकोप्टरबाट सुत्केरीको उद्धार
पुष २१, २०८१ आइतबार